Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

हुने बिरुवाको चिल्लो पात, राजनीतिक युवा हस्ती

प्रभातफेरी अनलाइन ११९२१ पटक पढिएको प्रकाशित मिति: २०७८ कार्तिक ९, मंगलबार (४ साल अघि)
हुने बिरुवाको चिल्लो पात, राजनीतिक युवा हस्ती

पनौती । यतिखेर नेपालका राजनीतिक पार्टीहरु संगठन सुदृढ र वडा अधिवेशनदेखि राष्ट्रिय अधिवेशनसम्मको चटारोमा लागिपरेका छन् ।
भर्खरै नेपाली कांग्रेस र नेकपा एमालेले देशभर आफ्ना वडा अधिवेशनहरु फरक फरक मितिमा एक साथ करिब सम्पन्न गरेका छन् । नेपाली कांग्रेसमा केही आन्तरिक छिनाझम्टी भएता पनि नेकपा एमालेले भने देशभर सर्वसम्मत रुपमा अधिवेशनहरु सम्पन्न भएका खबरहरु बाहिरिएका छन् । त्यसो त एमालेको वडा अधिवेशन कतिपय स्थानमा पूर्व निर्धारित मितिभन्दा अगाडि नै सम्पन्न भइसकेका छन् तर रणनैतिक हिसाबले देशभर एक साथ सम्पन्न भएको सन्देश प्रवाह गर्न पछि परेको छैन । जसको उद्घाटन केपी ओलिले भर्चुअल माध्यमबाट गरेर एक किसिमको सकारात्मक सन्देश प्रवाह गरेका छन् ।


विधिवत् रुपमा कम्युनिष्ट विचारधाराभित्र केन्द्रीयता लाग्छ नै । जसले जे भने पनि केन्द्रिकृत राज्यसत्ता नै कम्युनिष्टहरुको आधारशीला पनि हो । जसमा स्वतन्त्रताको सिमाना साँघुरो हुन्छ । यद्यपि सर्वत्र सर्वसम्मतको जुन सन्देश बाहिर आएको छ । त्यसले पनि केन्द्रीयताको पुष्टि गरेको छ । विचारधारामा विविधता, स्वतन्त्रताको अब्बल पक्षका रुपमा यि अधिवेशनलाई लिन सकिन्छ । एमालेको वडा अधिवेशन मात्र होइन, पालिका अधिवेशन पनि एक साथ सम्पन्न भएको छ । जसले कार्यकर्ता र जनमानसमा सकारात्मक सन्देश प्रवाह गर्न सफल भएको मानिन्छ ।
यहि विषय अन्तर्गत नेपाली कांग्रेसको बहुचर्चित महाधिवेशनतर्फ हेर्ने हो भने आकाशको फल आँखा तरि मर भने जस्तै त हुने होइन ? भन्ने आशंकाहरु बढिरहँदा कम्युनिष्ट पार्टीहरुको अधिवेशनको चर्चाले सिंगो मुलुक अहिले चलायमान भएको छ । यसैबिच नेकपा (माओवादी केन्द्र) स्थायी समितिको बैठकले संगठित सदस्यता नविकरण र सम्मेलन तालिका निम्न वमोजिम हेरफेर गरेको सार्वजनिक गरेको छ । जसअनुसार कार्तिक २५ गतेसम्म – पार्टी सदस्यता नविकरण, कात्तिक २७ गते – टोल सम्मेलन, मंसिर ४ गते – वडा सम्मेलन, मंसिर ११ गते – गाउँ÷नगरपालिकाको सम्मेलन, मंसिर २५ गते – प्रदेश सम्मेलन र पुस ११ देखि १३ गते – राष्ट्रिय सम्मेलन हुने भएको छ । कम्युनिष्ट पार्टीलाई अलोकतान्त्रिक चरित्रको संज्ञा दिइरहँदा आज कम्युनिष्ट पार्टीले बाहिर देखाएको लोकतान्त्रिक संस्कारलाई जनताले अनुमोदन गर्न सक्ने सम्भावना बढ्न थालेको छ । कांग्रेसले क्रियाशील सदस्यताको टुंगो आजका दिनसम्म लगाउन नसक्दा अझ पनि कतिपय जिल्लाका वडा अधिवेशन हुन सकिरहेका छैनन् । गाउँ, नगर अनि प्रदेश, क्षेत्र, जिल्ला र केन्द्रीय अधिवेशन सम्पन्न गर्न कांग्रेसका लागि फलामको चिउरा सावित भइरहँदा कम्युनिष्टहरुले सहज रुपमा अधिवेशनको तयारीमा जुट्नुले पक्कै पनि जनतामा सकारात्मक सन्देश प्रवाह हुनु सह्रानीय छ । यसैबिच कांग्रेसको वडा अधिवेशनबाट अत्यन्तै प्रतिस्पर्धा र चहलपहलका माझ प्रतिनिधित्व गर्न पुगेका महेश थापा, नेकपा एमालेका दिपक दाहाल र माओवादी केन्द्रका सुशिला सुवाल जस्ता प्रतिभावान्, लगनशील नेतृत्व पनौती नगरपालिका वडा नं. ४ ले पाउनु अहोभाग्यको रुपमा लिन सकिन्छ । नेपाली उक्तिलाई चरितार्थ गर्ने क्रममा हुने बिरुवाको चिल्लो पात भनेझैं नेपाली कांग्रेसबाट निर्वाचित वडा सभापति महेश थापाले वडाभित्रका समस्याहरुलाई एकमुष्ट रुपमा सम्बोधन गरेर वडावासीलाई सहज गरिदिएर एक किसिमको वाहवाही प्राप्त गरेका छन् ।
यससँग सम्बन्धित सरोकारवाला विश्लेषकहरुका अनुसार सामाजिक दायित्व अन्तर्गत लागत मूल्यांकन गर्ने हो भने झण्डै–झण्डै १२/१५ लाख रुपैयाँ बराबरको लगानी गरेर वडावासीहरुको पिडामा मलमपट्टि लगाउने काम गरेको विश्लेषकहरुले दाबी गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0