Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ७, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

काँचो कागज

प्रभातफेरी अनलाइन १८२९ पटक पढिएको प्रकाशित मिति: २०७८ कार्तिक ९, मंगलबार (४ साल अघि)
काँचो कागज

प्रदीप सापकोटा
पनौती–१, काभ्रे

नेपाली साहित्यको भण्डारमा धेरै पुस्तकहरुले पाइला राखेका छन्। त्यस्तै एउटा पुस्तक विधाको हिसाबले आख्यान जुन चर्चामै रहेको छ ‘काँचो कागज’। यो साहित्यकार गोपी सापकोटाद्धारा लिखित उपन्यास हो । चितवनका गोपी सापकोटा हाल वेलायतमा छन्। विगत तीन दशकदेखि नेपाली भाषा साहित्यमा निरन्तर क्रियाशिल गोपीका हालसम्म चार वटा नाटक संग्रह,तीन वटा कविता संग्रह,एउटा बालकथा संग्रह प्रकाशित भैसकेको छ भने उपन्यासको रुपमा यो उनको पहिलो कृति हो।
यस उपन्यासमा मानिसको मनभित्र रहेका धार्मिक,अध्यात्म,प्रेम प्रसंग लगायतका विषयबस्तु समेटिएको छ ।मान्छेको चेतन र अबचेतन दुवै पाटाहरुभित्रका प्रेम र आशक्तिबीचको द्धन्द्धलाई यसले आफ्नो कथा बनाएको छ।नितान्त फरक धारमा लेखिएको यो उपन्यासमा प्रेममा असफल भएर अध्यात्मको बाटो रोजेको पात्रको कथा छ यसमा । कुनैपनि मान्छे धर्म,अध्यात्म तथा विज्ञानबाट समेत प्रभावित भएको हुन्छ।मानिस कुनैपनि कुरामा असफल भएपछि उसले रोज्ने बाटो भनेको अध्यात्मको बाटो हो भन्ने कुरा पनि यस उपन्यासले दर्शाएको छ।
सर्सती हेर्दा यस आख्यानमा प्रेमले अध्यात्मको बाटो अंगालेको देखिएता पनि कहिले प्रेम अध्यात्ममाथि हावी देखिन्छ त कहिले अध्यात्म प्रेम माथि।यसका मुख्य पात्र चिरायु र कादम्बिनी,सन्ध्या र सारिका हुन्। ति मध्येको चिरायुलाई अन्य तीन पात्रले जहिल्यै चाहिरहेका देखिन्छ। तर ति प्रेमिल आत्माहरुको मिलन सदैव नहुँदा आध्यात्मको बाटो रोज्न बाध्य भएको देखाइएको छ। मूल पात्र चिरायु आध्यात्मिक चिन्तनको गुरु बन्छ ।समय क्रममा पछि चिरायु फेरी साँसारिक दुनियाँमा युटर्न गर्छ ।
मान्छेको जिन्दगी, साँस्कारिक रुपमा हुने आध्यात्मिक चेतना समावेश भएको सरलता भित्रको जटिल उपन्यास हो । यो उपन्यासले नयाँपन दिएको छ । विषयवस्तु हेर्दा लक्ष्य निर्धारण गरे अनुरुप सफलता हासिल हुँदा पनि सन्तुष्ट नभएको कथा पनि छ यहाँ। केटालाई योगी बन्ने सपना छ । महिला पात्रलाई हिरोइन बन्ने सपना छ । दुवै आफ्नो लक्ष्य प्राप्त गर्दा पनि बेखुशी भएको कुरा दर्शाइएको छ । भौतिक मोह प्रति पुरुष पात्रलाई सपनाद्धारा देखाइएको छ। भने भौतिक जिन्दगी जिउने महिलालाई सपना मार्फत अध्यात्मको रुची भएको दर्शाइएको छ । आध्यात्म र भौतिकता बिचको मेल नै मानव जीवन सार्थक भएको हो भन्ने ।मान्छेमा जे छैन त्यो प्राप्तीको रुची मान्छेको यथार्थ हो भन्ने कुरा दर्शाइएको छ।
काँचो कागजको बैचारिक पक्षलाई छोडेर हेर्दा यो उपन्यास न प्रेम र आध्यात्म उपन्यास हैन यो त मान्छेका्े मानसिक र भौतिक जीवनको द्धन्द्धलाई उजागर गरेको यो नौलो प्रयोगको नेपाली उपन्यास लाग्छ। प्रत्येक मान्छेको भोगाई एउटा र चाहाना फरक हुनसक्छ भन्ने कुराको साथै मान्छेका आध्यात्मिक र भौतिक कुरा प्रतिको चाहलाई देखाइएको छ ।
कलम प्रकाशनले प्रकाशित गरेको काँचो कागज प्रेम र आशक्तिबीचको द्धन्द्धको एउटा बेजोड कथा हो । मूल्य रु.५९५।– रहेको यो उपन्यास पठनिय छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
पुस्तक समिक्ष्या सम्बन्धि थप
  • कवितामा अनन्त

    कवितामा अनन्त

  • मोति शोभा श्रेष्ठको अक्षर मोह र अल्झेका धागाहरु

    मोति शोभा श्रेष्ठको अक्षर मोह र अल्झेका धागाहरु

  • सूर्यका कविताको प्रवृत्तिगत विश्लेषण लोकार्पण

    सूर्यका कविताको प्रवृत्तिगत विश्लेषण लोकार्पण

  • ‘ओ पेङ्दोर्जे’ कवितासङ्ग्रहमा राजु स्याङ्तान

    ‘ओ पेङ्दोर्जे’ कवितासङ्ग्रहमा राजु स्याङ्तान

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0