रामप्रसाद ढकाल (RD), सम्पादक
बागमती छड्के डटकम
प्रेस सेन्टर नेपाल काभ्रे शाखाको चौथौं जिल्ला अधिवेशन विधि, पद्धतिलाई लत्याउँदै जनवादी केन्द्रीयतालाई नै दूषित पार्ने काम भयो भन्दै असन्तुष्टि जाहेर मात्र गर्न पुगेनन् कि सार्वजनिक रुपमै विज्ञप्ति नै मिडियासम्म आइपुगेका युवा सञ्चारकर्मी रामप्रसाद ढकाल (आरडि) सँग यथार्थ घटनाका बारेमा खोतल्ने जमर्काे सहित राजनीतिक रुपमा युवाहरु दिनप्रतिदिन पलायन हुँदै गएको आजको अवस्थामा युवा नेतृत्व लिएर अगाडि बढ्न खोज्नुले जुनसुकै पार्टीमा आशा तरंगित हुनु सकारात्मक पक्ष नै मानिन्छ । यसैको एउटा ज्वलन्त उदाहरण बनेर स्थापित हुन खोजेका जुझारु युवा ढकाल ढोकाको ठेलैमा ठेसिन पुगेको घटनाले निकै चर्चा लिन मात्र पुगेनन्, आफ्ना असन्तुष्टिलाई सामाजिक सञ्जालमार्फत् पोखेर असन्तुष्टि जाहेर समेत गरेका घटनासँग सम्बन्धित रहेर निज ढकालसँग कम्युनिष्ट आस्था बोकेका राजनीतिक प्राणीमाथि एकपटक सोच्न बाध्य पार्ने घटनाक्रमलाई किन र कसरी उत्पन्न हुन पुग्यो भन्ने विषयमा रह्यो भनेर गरिएको कुराकानीको साथ पाठकसामु पस्कने कोसिस गरेका छौं । स.
१. के–कति कारणले यस किसिमको निर्णयमा पुग्नुभयो ?
के–कति कारणले भन्दा पनि नेतृत्वले जुन पद्धति अपनाएर अधिवेशनको नाटक रच्यो, त्यो नाटकमाथिका पात्रहरुले खेलेको गतिविधिमाथि मेरो विमति रह्यो । म पनि एउटा राजनीतिक प्राणी हुँ । हेर्नुस्, हिजो ८ कक्षा पढ्दापढ्दै माओवादीको फेर समाएर राजनीतिकमा होमिएको मान्छे हुँ । आज यहाँ आइपुगेको छु । १० वर्षे जनयुद्ध होस् यो ०६२÷०६३ को जनआन्दोलनको पेरिफेरिमा उर्लँदो रक्तक्रान्तिको झण्डा फहराउँदै मर्न र मारिन तयार भएको एउटा योद्धा हुँ । नेतृत्वबाट जुन किसिमको अवमूल्यन ग¥यो, त्यसप्रतिको प्रतिकारात्मक एउटा संकेत मात्र हो । यो एउटा आगोको झिल्को, कमजोर नसोचियोस् । यसले मुढा डडाउन पछि पर्दैन भन्ने यथार्थता सबैले भोगेरै आएको तथ्य नै हो । किनकी २१औं शताब्दीमा आएर पनि लोकतान्त्रिक विधि, पद्धतिलाई तिलाञ्जली दिँदै अगाडि बढ्नुको अर्थ के हुन सक्छ ?
२. तपाईंका अभिव्यक्तिलाई लिएर बजारमा निकै टिका टिप्पणी भएको पाइन्छ, किन ?
नाफाको जीवन हो । पार्टी पद्धतिभन्दा बाहिर गएर आलोचना गर्न पाइन्नँ । यो कम्युनिजम्को महत्वपूर्ण पक्ष पनि हो । मैले २१औं शताब्दीको जनवादलाई आत्मसाथ गर्दै असन्तुष्टिहरु सार्वजनिक रुपमा नेतृत्वको अनुमति लिएर पोखें । सवाल यहाँ छ, “अर्काेको जिउको जुम्रा केलाउन खोज्नेले आफ्नो जिउको भैंसी देख्ने कि नदेख्ने ?” प्रश्न यो पनि हो । होला मैले अनुशासन तोड्न खोजें, आफ्नो जिम्मेवार बिर्सें होला, त्यसका बारेमा जिम्मेवार पक्षबाट खोज, अनुसन्धान हुनुपर्छ कि पर्दैन त्यो पछिको पाटो । “पार्टीले गरेका निर्णय विरुद्ध आफूखुशी मोलमोलाइमा को गयो ? के त्यहाँ कुनै व्यक्ति हार्दा पार्टी हारेन ?” मैले प्रसंग नेपाल पत्रकार महासंघ काभ्रे शाखाको अधिवेशनतर्फ इंकित गर्न खोजेको हुँ । पार्टी निर्णय विपरित विष वमन गर्दै को–को हिँड्नुभयो ? यसको प्रतिदर्शी प्रमाणको रुपमा त स्वयं म आफू छु । जातिय द्वन्द्व सिर्जना गरेर साथीहरुलाई सिध्याइरहँदा आफू चाहिँ कसको भ¥याङ्गमा कहाँ उक्लिन खोजिएको थियो ? क–कसले कस्तो भूमिका खेल्नुभयो ? अनि अस्तिको सामूहिक संगठनको भेलामा अब त्यसको समीक्षा आवश्यक छैन भन्नुले के पुष्टि गर्दछ ? भनिराख्नु पर्ला ? एकातर्फ भने, अर्काेतर्फ नाफाको जिन्दगी हो मेरो भन्दै उत्साह र उमंगका साथ जिल्ला सम्मेलनमा भाग लिन आएका संगठित प्रतिनिधिहरुलाई मानसिक रुपमा विक्षिप्त पार्ने काम गर्नु राम्रो हो ? तिनै मिलिसियाले बन्दुक बोकेर मर्न र मारिन तयार नभएको भए के आफूलाई म फलानो मोर्चाको अध्यक्ष, सदस्य भन्ने हैसियतसम्म पुग्थ्यौ ? त्यही हैसियत खडा गरिदिने मिलिसियाको हुर्मत मात्र लिइएन, चलाइरहेको कलमको निप नै भाँच्ने अवस्थामा पु¥याएर विस्थापित नै पो हुँदा उपयुक्त हुन अवस्थासम्मको नकारात्मक टिप्पणी गरेर त्यो उर्जाशील जीवन हतोत्साहित बनाउने काम गरियो । नयाँ उर्जाका साथ केही गर्छु भनेर अधिवेशनमा सरिक एउटा योद्धालाई तँ यहाँ आउन ठिक थिएन, तेरो यो क्षेत्र होइन, किन आइस् मात्र भनेनन्, नेतृत्वसँगको छलफलमा खबरदार त्यो मिलिसियालाई भन्दै औंला उठाउने कामसम्म हुनुले कसको हैसियत कति रहेछ भनिराख्नु नपर्ला । मैले यो विषय किन उठाउन खोजेको हुँ भने हिजो जनयुद्धमा साही जलादहरुका विरुद्ध हतियार उठाएरै युद्ध भूमिको अग्र मोर्चामा खटिएको एउटा सिपाही आज कलम लिएर विकृति, विसंगति विरुद्ध लड्न तयार हुनै खोज्दा निरुत्साहित पार्न खोज्नु कतिसम्म संकीर्णताले भरिएको मानसिकता बोकेका नेतृत्वसँग हामीले के अपेक्षा गर्ने ? त्यसैले यहाँभन्दा अरु नकोट्याऔं । जति कोट्याउँदै गयो, उति विष्फोटित हुँदै आउँछ । त्यसैले मलाई थप ओकल्न नलगाउनुस् भन्न चाहन्छु ।
३. तपाईंले त अलि चोटिलै कुरा उठाउन खोज्नुभयो, के प्रष्ट पार्न मिल्छ ?
मिल्छ, स्वाभाविक हो, मर्न भनेर हिँडेकाहरुका लागि मर्नु ठूलो विषय भएन । यदि यथार्थ नबुझेकै हो भने बुझाउने छु तर बुझेर बुझ पचाउन खोज्नुभएको हो भने त्यो न्यायोचित हुन सक्दैन । साथीहरुबाट जुन किसिमको व्यवहार देखाउनुभयो, त्यो अत्यन्तै निच् विक्षिप्त मानसिकताको पराकाष्ट हो भन्ने ठम्याई मेरो छ । हेर्नुस्, प्रेस सेन्टर नेपालको एउटा सिपाही भन्दा पहिला म पार्टीको वफादार सिपाही पनि हुँ । मैले पार्टीको विधि, विधानदेखि नीति, नियमलाई राम्रोसँग अध्ययन गरेको पनि छु । हाम्रा अग्रजहरु माछो देख्दा भित्र हात, सर्प देखे बाहिर हात गर्ने संस्कार आफूमा छैन । विद्यार्थी जीवनदेखि पार्टी जीवनसम्म आइपुग्दा मैले गरेका योगदानका बारेमा मैले भनिराख्नु पर्दैन । मैले कुनै किसिमको स्वार्थ पनि लिइनँ र लिन पनि चाहन्नँ । काम गर्ने मान्छेले फलको आश राख्दैन पनि । निःस्वार्थ ढंगबाट काम गर्दै जाने हो । मृत शैय्यामा रहेको प्रेस सेन्टर नेपाल काभ्रे शाखालाई अक्सिजन दिने काम मैले नै गरेको थिएँ । जसको परिणाम आज देखिएको छ । जसको मूल्यांकन समयले गर्नेछ । यसो भनिरहँदा अलि अलमल्लमा पुग्नुभो होला । म प्रष्ट्याउने कोसिस गर्नेछु ।
प्रेस सेन्टर नेपाल काभ्रे शाखामा विधिवत् ढंगबाट मैले २०७१ पौष १२ गते जोडिएको हुँ । समाचार लेखेकै कारण आन्तरिक राजश्व कार्यालयको नासुको पद चट्ट भएको इतिहास टाढा छैन । यदि ममा स्वार्थ थियो भने आत्म आलोचना र चाप्लुसी गरेर पद जोगाउथें होला । आज यो अवस्थामा आइपुग्दा ति दिन सम्झन लायक भएका छन् । आफू आज उपल्लो तहको क्रान्तिकारी त दर्ज गर्ने साथीहरुले चाप्लुसी र चाकडी बाहेकको समाचार लेखेको इतिहास कतै छ ? ल्याउनु चुनौती दिन्छु । आफूलाई पत्रकारको उपल्लो दर्जा दिनेहरु जो दुई नम्बरी धन्दाको किनाराका साक्षी बनेका तथ्य धेरै टाढा छैन । आम पाठकका लागि यो चासोको विषय पनि बनेको थियो । के कुनै मित्रले म पट्टि एउटा औंला सोझ्याइरहँदा चार वटा औंला त उहाँपट्टि नै लक्षित छन् हैन र ? के उहाँहरुले त्यसतर्फ सोच्न भ्याउनु भएन ? मलाई अराजक गतिविधिमा संलग्न, उदण्डको संज्ञा दिनेहरुलाई चुनौती दिन चाहन्छु, जो–जो जिम्मेवार नेतृत्वबाट जुन किसिमको प्रश्न उठाइएको छ, त्यो पुष्टि गर्न समेत यसै अन्तर संवाद मार्फत् चुनौती दिन चाहन्छु । हिजो मृत अवस्थामा रहेको प्रेस सेन्टर नेपाल काभ्रे शाखामा जुन उर्जा आज भरिएको छ, त्यसमा कसको योगदान छ ? मनन् गरोस् नेतृत्वले भन्न चाहन्छु । आज प्रेस सेन्टर नेपालप्रति ¥याल चुहाउन पछि नपर्नेहरुले एकपटक अतित केलाउन जरुरी सम्झन्छु । जिल्ला नेतृत्व समक्ष स्वयं आएर आफूहरुलाई प्रेस सेन्टरसँग नजोड्न बारम्बार प्रस्तुत गरेका अभिव्यक्तिहरु अझै पनि ताजै छन् । जिल्लाको नेतृत्व देखि केन्द्रीय नेतृत्वसम्मको हुँकार दिन पछि नपर्ने मपाईंवादका हस्तीहरुले प्रेस सेन्टर नेपाल काभ्रे शाखाको स्तरोन्नतीका लागि कहाँ–कहाँ, के–के गर्नुभयो आधार पेश गर्ने हैसियत छ ? छ त केवल पार्टी एकतालाई भाँजो हालेर पन्छिने काम बाहेक केही भएका छैनन् । यदि त्यसो हो भने प्रेस चौतारी नेपालको पनि हैसियत उस्तै हुनुपर्ने होइन ? जवाफ छ उहाँहरुसँग ?
के पार्टी एकताले प्रेस चौतारीलाई चाहिँ असर पारेन ? भाँजो हालेन ? भुकम्प लागेन ? कोभिड लागेन ? यि सबै आत्म समर्पणवादी मनगढन्ते अभिव्यक्ति मात्रै हुन् । के यि सबै प्रेस सेन्टर नेपालसँग आबद्ध काभ्रेका नेतृत्वलाई मात्र छानेर दैविक विपत्ति लागेको हो ? होइन भने संगठनको अस्तित्व अरु कसैले जोगाइदिनुपर्ने, घच्घच्याइदिनुपर्ने अवस्थामा कसरी आयो ? जवाफ दिने कि नदिने ? बहानाबाजी गरेर नेतृत्व पन्छिन सम्भव छ ? कार्यकर्तालाई कुहिरोको कागभित्र रुमल्याएर कति दिन राख्ने ? चाहे जिल्ला भन्नुस्, प्रदेश भन्नुस्, केन्द्र भन्नुस्, जहाँ भएपनि पद चाहिने संगठनलाई आफ्नो अनुकूलतामा प्रयोग गर्न पाए ठिक नत्र बेठिक, मात्र चाहियो पद, संगठन भाँडमा जाओस्, पद चाहियो । म भए ठिक, अरु भए बेठिक संस्कार बोकेका अग्रजहरु र तिनका अनुयायीहरुले संगठन आजको अवस्थामा पु¥याए । त्यसको दुरुपयोग गरेर मस्तीमा रमाए । तल्लो संगठनको सरोकार रहेन । त्यसैले यस किसिमका संस्कार र प्रवृत्तिको अन्त्य हुनुप¥यो भन्न खोजेको हुँ तर त्यो नेतृत्वलाई पचेन, यसैमा मेरो विमति हो ।
४. यिनै असन्तुष्टिको उपज हो त विज्ञप्ति ?
हो, हो भन्दा फरक पर्दैन । यसमा मात्र भने सीमित छैन । ७ वर्षको दौरानमा संगठनका बारेमा कसले कति ग¥यो ? त्यसको हिसाब किताब सम्बन्धित पक्षले राख्नु परेन ? यो अवधिमा नेतृत्वले आफ्नो भातृ संगठनका बारेमा कहिँकतै बोलेको मैले त थाहा पाइनँ । एकाएक नेतृत्व चयनमा आएर हस्तक्षेपकारी नीति लिएर निर्लज्ज किसिमले प्रस्तुत मात्र भएनन्, एउटा साधारण सदस्यले म सदस्य हुँद भन्ने हैसियत सम्म उहाँहरुको भाषामा अधिवेशन सकिएको हप्तौं बित्दा पनि अस्तित्व भेटिएको छैन । कुनै शुभचिन्तकले तपाईंहरुको प्रेस सेन्टरमा कति सदस्य छन् भनी सोध्यो भने चित्त बुझ्दो जवाफ दिने स्थान छैन । जब मैले म आबद्ध सञ्चार संस्थाको तर्फबाट प्रेस सेन्टरमा १० जना नयाँ सदस्य जोड्ने काम गरेँ, तब साथीहरु झस्किन पुग्नुभयो । ०६२।०६३ सालपछि आजसम्म नेतृत्वको हालीमुहाली गर्दै आउनुभएका साथीहरु एक्लो वृहस्पतिकै शैलीमा नेतृत्व हडप्दै आउनुभएको तथ्य आज आएर उजागर भएको छ । जब हामी केही साथीहरुले ठाउँको ठाउँमा दर्जनौं साथीहरुको नविकरण र दर्जनौं नयाँ सदस्य दर्ज ग¥यौं तब काम गर्ने कालु, मकै खाने भालु भनेझैं साथीहरु लुछाचुँडी गर्दै सल्बलाउन पुग्नुभयो । यत्रो अवधिमा दर्जन साथीसम्म जुटाउन नसक्नु मात्र भएन भएका दर्जनौं साथीहरुको संरक्षण सम्म गर्न सक्नुभएन । यस्तो नेतृत्वको पक्षपोषण गर्ने माउ नेतृत्वलाई के भनौं ?
आजका दिनमा पनि प्रेस सेन्टर नेपालसँग आबद्ध सदस्य संख्या कति छन् ? को–को हुन् ? अन्यौलतामै रुमलिएका छौं । यहाँ एउटा पक्ष अवगत गराउन मनासिव सम्झिएको छु । कात्तिक १२ गते ५ बजेभित्र नविकरण नगरिएका साथीहरुको नविकरण र नयाँ साथीहरुको सदस्यता लिने सीमा समाप्त हुँदै गर्दा म लगायत केही जिम्मेवार सदस्यहरुले नविकरण र नयाँ सदस्यहरुको फारम बुझाउन अनुरोध गर्दा फारम बुझ्ने कोही पाइएन र पाइए पनि फारम बुझ्न मानिएन । निकै कसरतका बाबजुद ५ बज्न १० मिनेट बाँकीमा श्रीखण्डपुरको महालक्ष्मी रेष्टुरेन्ट पुगेर अध्यक्षज्यूलाई फारम र नगद बुझाउने काम ग¥यौं । त्यतिबेला अघिल्ला दिनको र आजको रकम बुझेको नगद रसिद वा भर्पाई माग्दा अध्यक्षबाट फरक पर्दैन भन्दै थुम्थुम्याउने काम भयो र त्यतिबेलासम्म अघिल्लो दिन र आजसम्म नयाँ, पुराना गरी ४५ जनाको विवरण प्राप्त भएको पुष्टि गर्नुभएको थियो । अध्यक्ष स्वयंले अब यहाँ भन्दा बढी हुन सक्दैन भनिरहँदा मैले दोहो¥याइ तेहे¥याइ जवाफ मागिरहेको थिएँ । अझै अध्यक्षज्यूको जवाफ थियो, यहाँभन्दा थप हुन सक्दैन । किनकी अब समय सकिएको छ । केहीबेरमा बस्ने बैठकले सदस्यहरुको नामावली सार्वजनिक गर्नेछ । तपाईंहरु ढुक्क हुनुस् भन्दै आश्वस्त पार्दै छुट्टिएका थियौं । मैले किन यो कुरा उठाएको भन्दा तत्कालिन बहालवाला समितिका सदस्य सचिवदेखि उपाध्यक्षसम्मका व्यक्तिहरुलाई फारम बुझ्न पटक–पटक आग्रह गर्दा उहाँहरुबाट आफूहरु जिम्मेवार नभएकोले अध्यक्षलाई भेटेरै फारम बुझाउन ओठे जवाफ दिँदै फारम बुझ्न मान्नुभएको थिएन । धेरै पटकको प्रयासपछि मात्र अध्यक्षसँग सम्पर्क भएर फारम बुझाउन सहमत भएको थिएँ तर सो साँझ बिडम्बना भन्नुपर्छ, अघिल्लो दिन बैठकमा प्रतिबद्धता जाहेर गरेका कुनै पनि कुराहरु कार्यान्वयन भएनन् । अध्यक्षले केही घण्टा अगाडि बोलेका बोलीहरु निरर्थक भए । एकाएक साँझ सचिवले नयाँ पुराना गरी ५६ जना सदस्य संख्या मात्रै तोकेर सामाजिक सञ्जालमार्फत् जानकारी गराइयो तर त्यहाँ को सदस्य थिए, कसको नविकरण भएको थियो आजसम्म जानकारी पाउने अधिकार हामीमा रहेन । यो अवस्थामा को–को प्रेस सेन्टर नेपालका सदस्य हुन् भन्ने बारेमा कुनै तथ्य सार्वजनिक भएको छैन । यो घटनाका बिचबाट जिल्ला नेतृत्व कसरी चयन गरियो होला ? सोचनीय विषय बनेको छ । यहाँहरुलाई विज्ञप्ति किन आयो भन्ने बारेमा भनिराख्नु नपर्ला । सुन्नमा आएको छ, मेरो विज्ञप्ति सामाजिक सञ्जालमा आए पश्चात प्रेस सेन्टर नेपालसँग आबद्ध काभ्रे जिल्ला शाखा सदस्य ६३ पुगेको पूर्व अध्यक्ष रामकृष्ण बञ्जाराले सामाजिक सञ्जालमा पोष्ट गर्नुभएको छ । के प्रेस सेन्टर नेपालको सदस्य बन्न कुनै प्रावधानको आवश्यकता पर्दैन ? आफूखुशी खल्तीबाट राख्न, झिक्न मिल्ने हो ? माउ पार्टीले यसको जवाफ दिनुपर्दैन ? अधिकांश समस्याहरुका समाधानको पछाडि माउ पार्टी जिम्मेवार रहेको मेरो बुझाइ छ ।
५. गुनासाको भण्डारै खोल्नुभयो, किन यो अवस्था आयौ ? के रहस्य छ यहाँभित्र ?
के रहस्य हुनु ! यो सबै असक्षमताको पराकाष्ट हो । जिल्ला नेतृत्व सार्वजनिक गरिरहँदाको रजिष्टार्ड वा उपस्थिति पुस्तिका हेर्न सक्नुहुन्छ । यसले नेतृत्व कति सक्षम छ भन्ने पुष्टि गर्दछ । उहाँहरुले घोषणा गरिरहँदा गैर सदस्यसहित जम्मा २३ जनाको उपस्थिति देखिन्छ । त्यसमा विभिन्न तह र तप्काका नेतृत्व समेत हुनुहुन्छ । यो अवस्थामा निर्वाचन प्रक्रियाका बारेमा के भन्नुहुन्छ ? २३ जनाको उपस्थिति नै लोकतान्त्रिक पद्धतिभित्रको एउटा कसी हो ? जहाँ ६३ जनाको संगठित सदस्य छन् भन्दै पूर्व अध्यक्ष सामाजिक सञ्जालमा कुर्लिन्छन् । बस् ! यस किसिमको गतिविधिलाई के भन्ने ? अर्काे पैसा तिरेको रसिद माग्दा त्यतिबेला दिएन । आज कता–कता सुन्न आएको छ, केही साथीहरुको अभिलेख नै छैन रे । यस किसिमको गैर चरित्र बोकेका आफैं मपाईंत्व ग्रहण गर्नुहुने पूर्व केही पदाधिकारीका बारेमा मेरो कुनै गुनासो छैन । जसको जुन हैसियत छ, त्यसले त्यही देखाउँछ । त्यसको हिसाबकिताब एकदिन पक्कै इमान्दार सदस्यले राख्नुहुनेछ भन्ने विश्वास मैले लिएको छु ।
६. तपाईंको यो आक्रोश प्रेस सेन्टर नेपाल काभ्रे शाखाप्रति नै हो त ?
कदाचित होइन । उहाँहरु त इमान्दार हुनुहुन्छ । उहाँहरुप्रति मेरो कुनै गुनासो छैन । जनवादी केन्द्रीयताका नाममा भएको मनोमानीताको सिकार मात्र बन्नुभएका साथीहरु हो । उहाँहरुले विधि मिचेर नेतृत्व हामीले पाउनुपर्छ भन्नुभएको छैन । उहाँहरु छलफलमा बस्दा पनि स्पष्ट रुपमा भन्नुभएको छ, विधि, प्रक्रिया र सहमति ढंगबाट नेतृत्व चयन हुन्छ भने कुनै गुनासो रहने छैन भन्दै आउनुभएको थियो तर विधि, पद्धतिलाई लत्याउँदै जनवादी केन्द्रीयताको नाममा त्यस किसिमका गतिविधिको आलोचना गर्न मात्र खोजेको हुँ । यसबिच केही गैर चरित्र बोकेका मित्रजनबाट गम्भीर किसिमको विष वमन गरी आरोप लगाउने काम भएको प्रति पनि मेरो ध्यानाकर्षण भएको भने पक्कै हो ।
७. अन्त्यमा मैले सोध्न छुटेका र भन्नैपर्ने विषयवस्तु केही भए प्रष्ट्याइदिनु होला ।
खास त सबै यिनै विषयवस्तु हुन्, समेटिए भन्ने नै लाग्छ । १० वर्षे जनयुद्ध जातिय राजनीति गर्नका लागि भएको थिएन । पछिल्लो समय जुन किसिमका घटनाक्रमहरु विकास भएका छन्, त्यो जनयुद्धको भावना विपरित भएको मेरो बुझाई छ । १७ हजार योद्धाहरुको आहुति त्यो किसिमको राज्यसत्ता प्राप्तिका लागि पक्कै भएको होइन । बिडम्बना ! भन्नुपर्छ, जिम्मेवार तहबाट जुन किसिमको मलजल भएको छ, त्यो लज्जास्पद विषयका रुपमा मैले लिएको छु । यदि हामी हिजोको राज्य व्यवस्था विरुद्ध आवाज बुलन्द गर्दै अधिकार प्राप्तिका लागि लडेका हौं भने आज जो जसले जस्तो किसिमबाट यो या त्यो नाममा जातिय विभेद निम्त्याउन खोजिएको छ, ति योद्धाहरुको रगतको बलिदानमाथिको होलिका रुपमा लिनुको विकल्प छैन । सहिदको त्यो रगत कलंकको टिका नबनोस् ।
संगठन विधि, पद्धतिमा चल्नुपर्छ तर प्रेस सेन्टर काभ्रे शाखा हिजोको दिनसम्म आइपुग्दा कुनै पनि विधि, पद्धति, विधानलाई पछ्याएको पाइएन । जसको पछिल्लो प्रमाण चौंथो जिल्ला अधिवेशनका नाममा भए गरेका गतिविधिलाई लिन सकिन्छ । जसका बारेमा मेरो असहमत रहेको धारणा जिल्ला पार्टी अध्यक्षसामु स्वयं उपस्थित रहेर विज्ञप्ति मार्फत् समेत जानकारी गराएको छु । पक्कै पनि यि गुनासाहरुको माउ पार्टीले सम्बोधन गर्नेछ र आगामी यात्रामा यस किसिमका गैर राजनीतिक चरित्र प्रस्तुत हुने छैन भन्ने विश्वास पनि लिएको छ । फेरि पनि यसै सञ्चार माध्यम मार्फत् प्रेस सेन्टर नेपाल काभ्रे शाखामा पार्टीका कुन–कुन पदमा जिम्मेवार रहेर जिम्मेवारी बहन गर्ने, कुन–कुन मिडियामा आबद्ध कति जना सदस्यहरुको कुन किसिमको योगदान र हैसियत छ त्यो सार्वजनिक रुपमा खुलाइदिन आग्रह गर्दछु ।
स्मरण रहोस्, अब आर्शिवाद र लम्पसारवादबाट प्राप्त हुने कुनै पनि जिम्मेवारी पूरा भएका छैनन् । त्यसको ज्वलन्त उदाहरण प्रेस सेन्टर नेपाल काभ्रे शाखाको विगतका गतिविधिहरुबाट पुष्टि हुन्छ । यिनै र यस्तै खालका संस्कारहरु अन्त्य गर्दै चुस्त दुरुस्त संगठन निर्माणमा लागौं भन्ने अभिप्रायका साथ मैले हात अगाडि बढाएको थिएँ । हिजोको त्यो मृत शैय्यामा रहेको संगठनलाई जुझारु रुपमा अगाडि बढाउने जुन उद्देश्य सहित त्यहाँभित्रका नकारात्मक पक्षहरुलाई अन्त्य गर्दै प्रेस सेन्टरको इतिहासलाई स्थायित्व दिएर जिल्लामा एउटा सशक्त संगठनलाई स्थापित गर्न विधि, पद्धति, नीति, नियमभित्र बाँधिन जरुरी छ । तब मात्र संगठन, संगठनको रुपमा स्थायित्व प्राप्त गर्न सक्छ । आज जुन गतिविधिहरु भएका छन्, त्यसले कम भंगतालाई रोक्न सक्छ । त्यो रोकिनु भनेको फेरि पनि पुरातनवादी सोचकै पछि लाग्नु हो । यसमा जिम्मेवार र सरोकारवाला निकाय सचेत रहने छन् भन्ने अपेक्षा मैले राखेको छु । धन्यवाद ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |