Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

कर्तव्य

प्रभातफेरी अनलाइन २४२० पटक पढिएको प्रकाशित मिति: २०७८ कार्तिक २३, मंगलबार (४ साल अघि)
कर्तव्य

तारा के. सी.

हरेक विहान पुजाको घण्टीसँगै मेरो निन्द्रा खुल्ने गथ्र्याे । म हाई गर्दै झ्यालमा पुग्थे र जीउ तन्काउँथे । पल्लो घरका हजुरबा, हजुरआमा आँगनमा सारेका तुलसीको मठमा पुजा गर्दै हुन्थे ।
लाग्थ्यो “यो उमेरमा पनि कति प्रगाढ प्रेम । कति गाढा माया ।”
पुजा सकेर दुबै भित्र कोठामा पस्थे । खाना हजुरबाले बनाउँथे । शारीरिक रुपमा हजुरआमा भन्दा हजुरबा बलिया र निरोगी देखिन्थे । हजुर आमा रोगी थिइन् । राम्रोसँग आँखा देख्दिनथिन् । हिंडडुल गर्न पनि उनलाई हजुरबाको सहारा चाहिन्थ्यो । हजुरबाले हजुर आमालाई सँगै राखेर खुवाउँथे । खाएको जुठो भाँडा पनि आफै मस्काउँथे । बुढावुढी सँगै बजार घुम्न जान्थे । मैले हर दिन देख्ने गरेको यो उनीहरुको दैनिकी थियो ।
एक किसिमले लाग्थ्यो आनन्दमय छ तिनको जिन्दगी । कसैको आस नराख्ने ती बुढाबुढीको पारिवारिक जीवन सम्पन्न थियो । चार जना सन्तान दुई छोरा दुई छोरी । सबैको घरजम भैसकेको थियो । छोरीहरु राम्रै घरमा परेका थिए । छोराहरु पनि आ–आफ्नो परिबार सम्हालेर बसेका थिए । नाति नातिनीहरु बिदेशमा थिए । औंसीको दिन केही मिठाई र केही खानेकुरा बोकेर छोराछोरी बुढाबुढीको सामु टुप्लुक्क आउँथे ।औपचारिकता देखाउँथे र फर्कन्थे । अघिपछि कोही आउँदैनथे उनीहरु सामु माया बोकेर । केवल रित्ता थिए बुढाबुढी । समय के थाहा कुन बेला कसरी आउँछ र कुन बेला कसलाई आक्रमण गर्छ ?
एक दिन अचानक बुढा विरामी परे । भाडामा बस्नेहरुले छोरा बुहारीलाई माथिल्लो तलामा खवर पुर्र्याइदिए । उनीहरु आउँदा बुढा सिकिस्त अवस्थामा पुगिसकेका थिए । आफुले मात्र हस्पिटल खर्च बेहोर्नु पर्ला भनेर कान्छो छोराले फोनबाट दाजुभाउजुलाई खबर गर्दै थियो ।
बुढा हजुरबा हस्पिटल लाँदालाँदै बीचबाटोमै मरेको खवर सुनियो । वरपरका छिमेकीहरु मलामी गए । त्यही रात बुढा पशुपति आर्यघाटमा जलेर समाप्त भए । त्यो रात म निदाउँन सकिन् । भोलिपल्ट आँगनभरी मान्छे जम्मा भएका थिए । बुढी सेतो पहिरनमा छोराहरु नजिकै बसेकी थिइन । सान्त्वना दिन आफन्तहरु,छरछिमेकी आउँथ जान्थे । मान्छेका सामु गोहीले आँसु झारेझैं छोराहरु रुन्थे ।
“हाम्रा बुबा हामीलाई छाडेर यति चाँडै जानु भो ।”
छोरीहरु चिच्याउँथे । ती रुवाई र चिच्याहट सुनेर मान्छेहरु कानेखुशी गर्थे ।
“बाँचुन्जेल कहिले वास्ता गरेनन् ।सँगै राखेनन् । मरेपछि समाजलाई देखाउन स्वाँङ पार्छन कति जानेका नाटक गर्न ।”
मानिसहरुको खण्डन सुनिन्थ्यो । वास्तबमा त्यस्तै थियो त्यो घरको व्यवहार । जेठो छुट्टिएर बसेको । कान्छोले बा आमाको जिउनी सहित अंश खाएर बसेको । चार तल्लाको घर । तल्लो तलामा बाबुआमालाई एउटा कोठा,तीन वटा कोठा भाडामा । महिनाको दुई कोठाको भाडा बुढाबुढीलाई छुट्याएका थिए । तिनै दुई कोठाको भाडा मासिक तीन हजार थापेर बुढाबुढी पालिएका थिए ।
“ बुढा भन्दा अघि जान पाए सुखै पाउँथे ।”
बुढी बारम्बार आफुलार्य भेट्न आउने बुढापाकाहरुसँग भन्ने गर्थिन । तर बुढाले नै एक्लै बुढीलाई छाडेर गए ।
तेह्र दिनसम्म बरखी बारेर काजक्रिया गरिदिए छोराहरुले र बाबुको जुठो फुकाए । उनीहरुलाई कुनै चिन्ता थिएन पितृशोकको । चिन्ता थियो त पैसा खर्चको । केहि दिन त आमालाई माया पनि गरिटोपले । कहिले कान्छोले आफुसँगै राखेर कहिले जेठाले बोलाएर एक दुई छाक खान दिन्थे । दुबै छोराका पत्निहरु असल थिएनन् । छोराहरु पनि आ–आफ्नो पत्नीको कुरा काट्न सक्दैनथे । आफ्ना कर्तब्यवाट पछि हटिसकेका छोराहरुसित गुनाुा् गरेर के पाउनु थियो र ? बुढी दुःख आफैसँग लुकाउँथिन। आफुले हेर्नुपर्नै हो कि भनेर छोरीहरु पनि आवात जावत कम गर्थे । बुढेसकालमा आफ्ना सन्तानहरुसित सुखदुःख बाँडेर फुलको थुँगा झै हलुका हुने दिन बुढीलाई कहिल्यै आएन ।
जेठो छोराले केहिदिन लगेर उसको घरमा राखेको थियो । बुहारी छिमेकीसंग कुरा काट्दै गरेको बुढीले सुनिन । बुहारी भन्दै थिइन्–“सम्पत्ति जति सबै कान्छो छोरालाई पोसे। अहिले मलाई घाँडो आइलागेको छ । कुन मुखले बस्न सकेको होला । उतै छ उनको भाग उतै जानु नि ।”
बुढीका आँखा रसाए । मुटु बेस्सरी दुख्यो । के के अड्के जसरी घाँटीमा अवरोध भयो । बिस्तारै मुटु छामेर थच्च भूइँमा बसिन र भूइँभरि आँसु खसालिन् । चार ओटा सन्तानलाई आफूले कहिले फरक नगरेको र आफ्नो गाँस काटेर दुःखमै हुर्काएको सम्झिन । आफ्नो शरीरको ख्याल नगर्दा आफु उमेरमै रोगी हुन पुगेको र बुढेसकालमा तिनै छोराछोरीबाट आफू अबहेलित भएको पीडा सम्झिन थालिन् ।
जेठा छोराको घरमा बस्न मन नलागेपछि बुढी पुनः कान्छो छोराको घरमा फर्किन । कान्छी बुहारी पनि के कम । उनले पनि आफ्नो रुप देखाएरै छाडिन । एकदिन बुढीलाई पेटमा गडबडी भयो र सन्चो भएन । यो देखेर कान्छी बुहारीले रडाको मच्चाइन ।
“कति घिच्नुपर्छ ?बस्यो खायो । हेर यो दुर्दशा म त सक्दिन ।” त्यसपछि बुढीलाई खान दिन छोडे । अनि पहिलेकै कोठामा लगेर राखिदिए । भोक लाग्थ्यो,खान पाइँदैनथ्यो । दयामायाले वरपरकाले केही दिएमा बुहारी झगडा गर्थिन । बिचरी बुढी भोकभोकै पर्न थालिन । यो अवस्थामा आएर यस्तो पीडा । उनलाई देख्ने सबैको आाखा रसाउँथे ।
केही हप्ता पछाडी,
बेलुकीपख म अफिसबाट फर्किदै थिएँ । पल्लो घरमा रुवाबासी देखे । जेठो छोरा छाती पिटीपिटी रुँदै थियो । कान्छो छोरा पनि डाँको छोडेर रुँदै थियो । आँगनको छेउमा बुढीको लास थियो । छोरी बुहारीहरु पनि रोइरहेका थिए । मैले त्यो दृश्य देखेर गरुँङ्गो पाइला अगाडी सारें । बुढीले आत्महत्या गरिछिन । मान्छेहरु भन्दै थिए –“सुख पाइन बुढीले ।”

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
साहित्य सम्बन्धि थप
  • बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

  • नेपाल स्रष्टा समाजले गर्याे बृहद आत्मपरक निबन्ध गोष्ठी

    नेपाल स्रष्टा समाजले गर्याे बृहद आत्मपरक निबन्ध गोष्ठी

  • एउटा फेरि चोर पहरेदार छान्दै छौ

    एउटा फेरि चोर पहरेदार छान्दै छौ

  • डा.योगीको निबन्धकृति चेतना यात्रा लोकार्पण

    डा.योगीको निबन्धकृति चेतना यात्रा लोकार्पण

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0