Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ११, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नमोवुद्धमा जनता र जनप्रतिनिधिबीच अन्तर्क्रिया

प्रभातफेरी अनलाइन १२८८ पटक पढिएको प्रकाशित मिति: २०७८ मंसिर १, बुधबार (४ साल अघि)
नमोवुद्धमा जनता र जनप्रतिनिधिबीच अन्तर्क्रिया

काभ्रे । नमोवुद्ध नगरपालिका वडा नम्बर ३ स्थित पञ्चकन्या युवा क्लवले जनता र जनप्रतिनिधिबिच अन्तर्क्रियाकार्यक्रम गरेको छ । नमोवुद्ध नगरपालिका–३ चापाचौरमा आयोजित कार्यक्रममा नमोवुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिनाको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै कार्यक्रममा नमोवुद्ध नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजन पौडेल, वडा नम्बर ३ का वडा अध्यक्ष रामशरण हुमागाँई लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि र स्थानीयको उपस्थिती रहेको थियो । कार्यक्रममा सहभागिहरुले भोग्नु परेका समस्या बारे जानकारी गराएका थिए भने सम्बन्धित व्यत्तिहरुले भइरहेका काम र आगामी कार्ययोजना बारे स्थानीयलाई जानकारी गराएका छन् । स्थानीय मिन बहादुर श्रेष्ठले वर्षौदेखी खानेपानीको समस्या भएपनि यसप्रति कसैले चासो नदिएको गुनासो गरेका छन् । पानीको लागि १ घण्टा हिड्नुपर्ने बाध्यता रहेको उनले बताए । यस्तै स्थानीय आइतसिं विशुंखेले सडक, खानेपानी र शिक्षाको क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको भन्दै नगरपालिकाको ध्यानाकर्षण गराएका छन् । महिलाहरुले सिपमुलक तालिम प्रदान गरी स्वरोजगारका कार्यक्रम सन्चालन गर्दै आर्थिक उन्नतीमा सहयोग गर्न नगरपालिकासँग आग्रह गरेका छन् ।
स्थानीयले उठाएको जिज्ञासालाई सम्बोधन गर्दै वडा अध्यक्ष रामशरण हुँमागाँइले खानेपानीको समस्या समाधानका लागि सक्दो कोसिस गरिरहेको बताए । यो वर्ष नै स्थानीयलाई खानेपानी उपलब्ध गराउने योजना भएपनि तेमाल बृहत सुख्खा क्षेत्र खानेपानी तथा सरसफाई आयोजनाको संरचनामा पुगेको क्षतिले सम्भव नभएको उनको भनाई थियो । मेथिनकोटमा खानेपानी उपलब्ध गराउन अन्य विकल्पमा समेत छलफल भइरहेको वडा अध्यक्ष हुमागाईले बताएका छन् ।
प्रमुख प्रशासकिय अधिकृत पौडेलले खानेपानीको समस्या समाधान गर्न आफ्नो तर्फबाट सक्ने भुमिका खेल्ने बताएका छन् ।
यस्तै नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले पञ्चकन्या युवा क्लवले जनता र जनप्रतिनिधिलाई एकै ठाउँमा राखेर आफ्नो ठाउँको विकासका लागि गरेको खबरदारीको प्रसंसा गरेका छन् । महत्वपुर्ण कार्यक्रम आयोजना गरेको भन्दै उनले क्लवका संयोजक पृथ्वी भुजेललाई नगरको लोगो अंकित खादा लगाएर अभिनन्दन समेत गरेका छन् ।  नगर प्रमुख तिमल्सिनाले आफुहरु निर्वाचित भएर आएपछि सडक, शिक्षा, स्वास्थ्य, खानेपानी र कृषि क्षेत्रमा उल्लेख्य काम भएको दाबी गरेका छन् । आफुहरुले पाँच वर्षमा गरेको उपलब्धि विशेष कार्यक्रम सहित आम नगरवासीलाई जानकारी गराउने उनले प्रतिवद्धता जनाए । अझै धेरै काम गर्न बाँकी रहेको भन्दै नगर प्रमुख तिमल्सिनाले जनताको खबरदारी र सुझाव कहिल्यै नभुल्ने बताएका छन् ।

नगर प्रमुख, वडा अध्यक्ष र स्थानीयले नमोवुद्ध–३ मेथिनकोटामा रहेको पन्चकन्यादेवी मन्दिरको वस्तुस्थितीबारे अवलोकन गरेका छन् । मन्दिर अवलोकन गर्दै नगर प्रमुख तिमल्सिनाले ऐतिहासिक महत्व बोकेको मन्दिर संरक्षणका लागि डिपिआर तयार गरेर काम अघि बढाउने बताएका छन् । स्थानीयले मन्दिर निर्माण गर्न र त्याहासम्म पुग्ने बाटो सहज बनाइदिन नगरप्रमुखलाई आग्रह गरेका थिए । उक्त मन्दिरमा हरिबोधनी एकादशी (ठुलो एकादशीको) दिन मेला लाग्दछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0