logo
२०८३ अषाढ ५, शुक्रबार |
📰
🔍

साताका मुक्तक

प्रभातफेरी अनलाइन२१६४ पटक पढिएको प्रकाशित मिति: २०७८ मंसिर २१, मंगलबार(४ साल अघि)
साताका मुक्तक

मञ्जु सिग्देल, भैरहवा

१.
छोड्यो जीन्दगीले लगेर ठूलो भिरमा
टाढा भएपनि आशिर्वाद दिनु आमा शिरमा
रात दिन सम्झेरै बित्ने भयो मेरो
चित्त बुझाउनु पर्छ मात्र हेरेर तस्वीरमा ।

२.
मैले भनेको तिमीले मानेको भए
मेरो यो मनको कुरा जानेको भए
कुनै कुराको चिन्ता हुने थिएन सत्य
मलाई आफ्नै दिलको धड्कन ठानेको भए ।

३.
बरावरी हुन नसक्ने घटाउ र जोडहरु
उतारचढाव भैरहनि संघर्षका तोडहरु
कहिले पूर्ब कहिले पश्चिमको यात्रा जिन्दगीको
बुझ्नै नसकिने रहेछ जीवनका मोडहरु ।

४.
भन्थेउ सधैं तिमी यो मनको रानी हो
आज तिमीलाई सम्झिएर रुने बानी भो
पहिलो माया भयौ तिमी मेरो जीवनको
यहि छाप आज मेरो मनको निशानी भो ।

५.
बाँचुन्जेल सन्तानकै पीरले रुन्छिन् आमा
निस्वार्थ माया गर्ने महान हुन्छिन आमा
जति तारिफ गरेपनि कमै हुन्छ आमाको
सन्तानको तुच्छ वचन मीठो सुन्छिन् आमा ।