Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

बुटवलमा कृष्णप्रसाद दुवालको प्रतिमा स्थापना गर्न जाँदा…

प्रभातफेरी अनलाइन ३५६५ पटक पढिएको प्रकाशित मिति: २०७८ मंसिर २८, मंगलबार (४ साल अघि)
बुटवलमा कृष्णप्रसाद दुवालको प्रतिमा स्थापना गर्न जाँदा…

मोहन दुवाल

कृष्णप्रसाद दुवाल सम्झिनासाथ साहित्यको केही नक्सा काभ्रेलीहरुको मन र आँखामा आउँछ होला; आउनुपर्ने हो । साहित्य अध्ययन गर्नेहरु र साहित्यको अन्वेषण गर्न सक्ने मनहरुसँग सोध्नुहोस् सम्भवतः उत्तर पाउनु हुनेछ — उनी त हुन् उनकै कालका सकृय साहित्यकार । मलाई यस्तो लाग्छ ‘बनेपाको साहित्यिक इतिहास कोर्दा यदि कृष्णप्रसाद दुवाललाई छुटाइएमा त्यो इतिहास अधुरो रहनेछ । कृष्णप्रसाद दुवाल बेगरको बनेपाको साहित्यिक इतिहास म कल्पना गर्नै सक्दिनँ । यस्तै इतिहासमा बाँचिसकेका एकजना साहित्यकार जो नाताले मेरो दाई पर्नुहुन्छ, मेरा प्रेरणाका स्रोत पनि हुन् । २०१७–१८ सालदेखि निकै सकृय रहेर साहित्यिक अभियान सञ्चालन गरेर गएका, नेपालभाषा र नेपाली भाषाका थुप्रै पुस्तकहरु प्रकाशित गराएर गएका, ‘चिराक’ लगायत थुप्रै साहित्यिक पत्रिका र सङ्ग्रहहरु प्रकाशन गरेर गएका एकजना मिथकजस्तो देखिंदो कृष्णप्रसाद दुवाललाई स्मरण नगर्नु दृष्टि–भूल हुनेछ । राष्ट्र, जिल्ला र आफू जन्मेको बनेपा नगरबाट सम्मानित हुनुपर्ने, इतिहासमा कैद रहनुपर्ने एकजना साहित्यिक अनुहार बिर्संदै गएकोमा खेद र दुःख लागेकोले बुटवलस्थित साहित्यिक तीर्थधाममा साहित्यकार कृष्णप्रसाद दुवालको प्रतिमा राख्ने सोच बनाएर उतातिर हामी पुगेका हौं ।
परिवारजनका फराकिला मनहरुले आर्थिक रुपले साथ दिने वातावरण पाएपछि कृष्णदाईको प्रतिमा स्थापना गर्ने अभियानमा लागेको हुँ । बुटवलको बनगाइमा पुग्ने योजना बनाइयो । २०७८ मङ्सिर २२ गते त्यतातर्फ जाने टुङ्गो लगाइयो । भारती, सिर्जना र म जाने भयौं । कृष्णदाईका दुईटी छोरीहरु मिता र सरिता पनि जाने भइन् । भारतीका भाइ दिपेन्द्र, बुहारी विनया, छोरी वर्षा पनि आउने भइन् । मूर्तिकार राजु तुलाधर एकजना बहिनीसँग आउने टुङ्गो दियो । हामी १० दशजना बुटवलको यात्रामा जाने भयौं । बनेपाका भाइराजा शाक्यको १४ सिट भएको गाडीमा जाने टुङ्गो लगायौं । २२ गते विहानै ५ः०० नबज्दै भारती र म घरबाट गाडी रहेको ठाउँमा पुग्यौं । हिजै उता लाने सामानहरु सबै लगिसकेकाले हामीलाई सजिलो भयो ।
मोटर त चढ्यौं तर ठाउँ–ठाउँबाट आउनेहरुले अल्छी गर्ला भनेर मोबाइलको घण्टी निरन्तर बजाइयो । मिता र सरितालाई कोटेश्वरस्थित भाटभटेनीको ढोका अगाडि कु¥यौं । केही क्षणपछि जुवाईसाहेबले ट्याक्सीमार्फत् पु¥याउन आइपुगे । सिर्जना पनि ग्वार्कोमा जुवाईसाहेबसँगै पर्खिइराखेकी रहिछन्; भेटाइयो । सातदोबाटो प्रहरीचौकी अगाडिबाट दिपेन्द्र, विनया र वर्षाहरु मोटरमा चढे । हामी हुइँकिंदै ताहांचलबाट बाफल पुग्दा कलाकार राजु तुलाधर तम्तयार भई हामीलाई पर्खिइरहेको देख्यौं । मोटरलाई उनकै बाफलचोक नजिक रहेको घरतिर फर्कायौं र मूर्ति राख्न दियौं । राजुले छोरीसँग भएर कृष्णदाईको प्रतिमा ल्याई पु¥याए । सोचअनुसार समयमा नै सबै तम्तयार भयो । बुटवललाई मनमा राखेर विहान ७ः०० बजे नै काठमाडौंबाट हिँड्न सुरु ग¥यौं । अगाडिको सिटमा गुरुजीसँग रम्दै, दायाँबायाँको बाटो नियाल्दै मैले आफूलाई कुदाइरहेँ ।
बाटोमा हिँड्दा जाममा परिएला भन्ने डर, मोटरमाथि कतैबाट केही आपत आइजाला भन्ने डर, यात्रामा लागेका हामीहरुलाई कतैबाट केही अनावश्यक झन्झट आइदेला भन्ने डर बोकेर हामी कुदिरह्यौं । मलेखुमा चिया नास्ता चाख्यौं । मोटरको हँकाइमा केही डर महसूस भएन, अनुभवी गुरुजी बाटोका पारखी भएकै कारणले केही थकाइ, अप्ठ्यारो महसूस गर्नु परेन । नारायणघाटबाट उकालो लागेपछि ठाउँ–ठाउँमा डाइभर्सन बनाउँदै गरेका बाटोको अप्ठ्यारो र धुलाम्य खालको वातावरणमा पनि हामी एकनासले कुदिरह्यौं । भाइराजाले ठ्याक्कै एउटा नेवार होटेलमा गाडी थ्याच्च रोके । हामीले यही होटेलमा खाना खायौं । बाटोको खाना गुरुजीले रुचाइएको होटेलमा नै खानुपर्ने परम्परा थियो; हामीले त्यो परम्परालाई सघाई दियौं । गुरुजीहरुलाई चित्त दुखाइदिनुको अर्थ यात्रामा धुमिल वातावरण सिर्जना गर्नुजस्तै हुन्छ । यात्रामा रमाइलो वातावरण नबन्दा जे पनि हुन सक्छ भन्ने अनुभवीहरुको निचोडलाई हामीले पनि स्वीका¥यौं । यात्रामा लाग्दाका अनेकौं घटनाहरुबाट मैले सिक्न पाएको लागू गर्नुपर्ने यस्तै–यस्तै नियमहरु हुन् ।
ठाउँ–ठाउँमा बाटो बनाउँदै गरेकोले धुलो उडाउँदै, जोल्टिन खप्दै हिँड्नु परेकोले जिउ दुखेजस्तो, कहिले पुगिएला जस्तो हुनु त अस्वाभाविक भएन । कहिले पुग्ने हो बुटवल ? यही प्रश्नमा अल्झेर हामी गुडिरह्यौं । साँझ खस्न सुरु गर्दै गर्दाको समयमा बुटवल आइपुग्यौं । अझ कुद्नु छ करिव ४० किलोमिटर । बनगाइको कपिलधाममा साहित्य तीर्थ कपिलधाम खोज्दै हामी गयौं । साँझ खसिसकेको छ । कपिल आरोग्य मन्दिरका अध्यक्ष शंकर आचार्य र सकृय अभियन्ता ऋषी केशव भारद्वाजहरुसँग भेट भयो । प्रतिमा र शिलापत्र बुझाइयो । भोलि विहानमात्र मिस्त्री डाकेर प्रतिमा स्थापना गर्ने कुरा गरे र हामीहरु बुटवलतर्फ नै फक्र्यौं । माधव नेपालको न्यू एरा होटेल बसपार्क पछाडि नै रहेछ, बल्लतल्ल भेटायौं, तीनटा कोठामा हामी नौ जना अटायौं । सिर्जना साथीहरुकहाँ सुत्न गइन् । २० वटा प्रतिमामा माला लगाइदिन २० वटा मालाको जिम्मा सिर्जनालाई दिई पठायौं । भारती, दिपेन्द्र र म एउटा कोठामा नै अटाउने भयौं । दिनभरको मोटर–यात्रामा सबै थाकेजस्तो देखिएकोले खाना खान सबै तल झ¥यौं, खाना खाइवरी हामी सबैहरु आ–आफ्नो कोठामा उक्लियौं । जाडो पनि छैन गर्मी पनि होइन ठिकैको मौसममा बुटवल आइपुगेजस्तो भयो । बतास त एकनासले सरसर गरेको ग¥यै तर पनि जाडोको त्यति महसूस भएन । हामी सुत्ने नै भयौं । तीनजना हामीहरु पल्टिइहाल्यौं । सायद केहीक्षणमा नै हामी निदायौं ।
दलबहादुर गुरुङ (सिद्धबाबा मन्दिर विकास समितिका अध्यक्ष) तिनाउ–३, पाल्पाले सिद्धबाबा मन्दिरमा घुम्न आमन्त्रण गरेकोले भोलि जाने सोच बनायौं । मन्दिरकै आफ्नो गाडी रहेछ लिन पठाउँछु भनेकोले भोलिपल्ट हामी गेटमा पर्खिरह्यौं । विहान ७ः१५ बजे गाडी आइपुग्यो, बसमा दलबहादुरजी पनि रहेछन्, एक–अर्कामा मन पराएर आत्मियता साटासाट ग¥यौं । धेरैवर्ष अगाडि नै जनमत पढ्न पाएको जनमतप्रतिको माया दलबहादुरजीले पोखे । उत्निखेर असोज र कार्तिक अङ्क दुईटा जनमत उपहारस्वरुप प्रदान गरियो । पाल्पा जाने अप्ठ्यारो बाटोबाट नै जानुपर्ने रहेछ सिद्धबाबा मन्दिर । पाल्पाको तिनाउ गाउँपालिकामा अवस्थित यस मन्दिरकै कारणले तिनाउ गाउँपालिकाको शैक्षिक, आर्थिक, सामाजिक, पर्यटकीय तथा वातावरणीय संरक्षणको क्षेत्रमा टेवा पुग्दै आएको देखिन्छ । डाँडाको कापमा रहेको मन्दिरको भौतिक विकास मात्र होइन मन्दिरको आफ्नै एप्स, वेबसाइट, चारभाषामा प्रकाशित हातेपर्चा प्रकाशन भएको देखिन्छ । भर्तुहरि र आदिमानव रामपिथेकसको पनि चर्चा परिचर्चा चलाएर विश्वमा चिनाउन ‘सिद्धबाबा’ नामक स्मारिका पनि प्रकाशित भएको देखियो । दलबहादुर गुरुङ अध्यक्ष रहेको यस मन्दिरको विकास, निर्माण, प्रसार–प्रकाशनमा यसले दिन दुईगुणा प्रगति पाउँदै गरेको देखिन्छ । अध्यक्ष गुरुङले तलदेखि माथिसम्म घुमाएर मन्दिरको परिचय दिनाका साथै हामीलाई पुस्तकालय देखाउनुका साथै अन्य गतिविधिहरुको जानकारी दिंदै हामी सबैलाई खादा ओडाएर सम्मान गर्दै पण्डितको हातबाट टीका लगाइदिने कार्य पनि भयो । शिष्ट, सभ्य दलबहादुर गुरुङको अक्षर–मोह र लेखकीय भावना भएका बालसाहित्यकार पनि रहेको त्यहाँ बस्दा थाहा लाग्यो । दलबहादुर गुरुङ बौद्धमार्गी भएर पनि हिन्दु मन्दिरको व्यवस्थापन समितिको अध्यक्ष भएर जेजति सेवा पु¥याएको देखियो, त्यो सेवा उल्लेखयोग्य रहेको देखियो । गुरुङजीसँग बसेर चियासम्म पिइयो– हतार भएको कारणले धन्यवाद दिंदै त्यहाँबाट विदा भयौं । हामी आएकै बसबाट बसपार्कसम्म पु¥याइदियो ।
बनेपाबाट हामी चढेर आएको मोटरमा तुरुन्तै सबै चढ्यांैं । बनगाइस्थित कपिलधाम पुग्ने समय भयो । १०ः३० बजिसक्यो, १२ः०० बजेको कार्यक्रममा भ्याउनु छ । बनगाइमा हुने कार्यक्रमस्थल नजिकैको होटेलमा पुरी पकाउन दियौं; पेटभरि पुरी राखेर हामीहरु कार्यक्रमस्थलमा पुग्यौं । ‘साहित्य तीर्थधाम’ को चौतारीमा मेच टन्न भरिएको छ, प्रतिमा स्थापना भइसकेको रहेछ; हेरियो । मन प्रफुल्लित भयो कुरा भएअनुसार सबै ठिकठाक पारिसकेका रहेछन्; मञ्च माथि चढ्यौं । अध्यक्ष शङ्कर अर्याल, ऋषि केशव र ऋषि आजादले वचन दिएअनुसार सबैको व्यवस्था गरेर मलाई नै आश्चर्यमा पारिदियो । मन–मनैले धन्यवाद भनियो । कार्यक्रम बनाउन लगायौं । ऋषि आजाद उद्घोषण गर्न तयार भयो । ठीक १२ः३० तिर भैरहवाबाट र बुटवलबाट साहित्यकारहरु आई पुगे । जनमत वाङ्मय प्रतिष्ठान नेपालले प्रसिद्ध बालसाहित्यकार ‘कृष्णप्रसाद दुवाल’ को प्रतिमा अनावरण र सम्मान कार्यक्रमको आयोजना भएको थियो । कार्यक्रमको समुद्घाटन र प्रतिमा अनावरण गर्ने कार्य प्रा.डा. कपिल लामिछानेले गर्नुभयो । कार्यक्रमस्थलमा रहेका मेचहरुमा अतिथिहरु टन्न भरिएका छन् । तीनजना स्रष्टाहरु दलबहादुर गुरुङ, पुरुषोत्तम पाण्डे र हरिप्रसाद भण्डारीलाई जनमतको ‘बालसाहित्य सम्मान’ एकजना स्रष्टा डा. शालिकराम पौडेललाई ‘बालसाहित्य समालोचक सम्मान’ र दुईजना बालप्रतिभाहरु जोशिका कँडेल ‘निशा’ र अस्मिता अर्याललाई ‘बालप्रतिभा सम्मान’ बाट प्रमुख अतिथि प्रा.डा. कपिल लामिछानेले सम्मान गरे ।
कपिलवस्तु, रुपन्देही, गुल्मी, पाल्पाका तीनदर्जन जति साहित्यकारहरुले कविता वाचन गरेको उक्त कार्यक्रमको सभापतित्व मोहन दुवाल (जनमत वाङ्मय प्रतिष्ठान नेपालका अध्यक्ष) र शङ्कर आचार्य (कपिल आरोग्य मन्दिरका अध्यक्ष) ले गर्नुभएको थियो । वटुकहरुबाट स्वस्तीक वाचक गर्दै सुरु गरिएको कार्यक्रमको उद्घोषण ऋषि आजादले गरेको उक्त कार्यक्रममा मूर्तिकार राजु तुलाधरको पनि उपस्थिति रहेको थियो । करिव ३ घण्टा कार्यक्रम भयो । भैरहवा, बुटवलतिरबाट आउनुभएका साहित्यकारहरु वनमाली निराकार, बूँद राना, विजय सागर, रुद्र ज्ञवाली, कपिल लामिछाने र अन्य उपस्थित हुनुभएका सबै साहित्यकारहरु बस चढेपछि सबैसँग हात हल्लाउँदै हामी पनि आफ्नो मोटरमा चढ्यौं । हुइकिंदै मोटर कुद्यो; १०ः३० तिर कुरिनटारमा खाना खाने व्यवस्था मिलाइयो, खाना खायौं । बीचबाटोमा सबै निदाएछ क्यारे; अरुहरुजस्तै म पनि निदाएछु । विहानको २ः३० बजिसकेको रहेछ; थ्याच्च त्रिपुरेश्वरमा मोटर रोक्दा । ३ ठाउँमा जानुपर्नेलाई ३ वटा ट्याक्सी मिलाउन दिइयो । अनामनगर, इमाडोल र ठैवमा कुदे ट्याक्सीहरु । हामी पनि ३ः०० बजेतिर बनेपामा पुग्यौं । आफ्नो कर्तव्य निभाइयो; बुटवलको साहित्य तीर्थधाममा साहित्यकार कृष्णप्रसाद दुवालको प्रतिमा स्थापना गर्न पाउँदा गौरव अनुभूति भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
साहित्य सम्बन्धि थप
  • बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

  • नेपाल स्रष्टा समाजले गर्याे बृहद आत्मपरक निबन्ध गोष्ठी

    नेपाल स्रष्टा समाजले गर्याे बृहद आत्मपरक निबन्ध गोष्ठी

  • एउटा फेरि चोर पहरेदार छान्दै छौ

    एउटा फेरि चोर पहरेदार छान्दै छौ

  • डा.योगीको निबन्धकृति चेतना यात्रा लोकार्पण

    डा.योगीको निबन्धकृति चेतना यात्रा लोकार्पण

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0