logo
२०८३ अषाढ ५, शुक्रबार |
📰
🔍

साताको मुक्तक

प्रभातफेरी अनलाइन८९९ पटक पढिएको प्रकाशित मिति: २०७८ मंसिर २८, मंगलबार(४ साल अघि)
साताको मुक्तक

रविन्द्र आशिष शैली

१)
अलिअलि पाए जस्तो अलिअलि गुमाए जस्तो
कुरै कुरामा लाग्छ मनको कुरा सुनाए जस्तो
उकालोको लागि पहाडै चढ्नु कहाँ पर्छ र महाशय
भेटेपछि नहुने रहेछ जति कुराएनि कुराए जस्तो ।

२)
लुकाउछो कहाँ कुराहरु देख्छु कुराको कुनै खल्ती छैन्
गरिसकेपछि त्रुटी नभन कसैले मेरो कुनै गल्ती छैन्
झरेपछि झरना कता लाग्छ पानीको अत्तोपत्तो नहोला
नहिड त्यो बाटो खतरा हुन्छ जुन बाटो अचेल चल्ती छैन् ।

३)
टाढाबाट हेरेर जिन्दगीलाई चिन्छौ कसरी
केहि नदिई जिन्दगीलाई लिन्छौ कसरी
नहेरेसम्म नजिक भएर भन्न कहाँ सक्छ
लिने मात्र बानीले जिन्दगीलाई दिन्छौ कसरी ।

४)
हुन त त्यहि कसैको लागि प्यार होला
कतिलाई सायद त्यहि बेकार होला
प्यार के हो बुझ गाह्रो छ पक्कै यसलाई
नठान मात्र यो दुई र दुई चार होला ।

५)
हुस्सुले सुस्तरी भन्यो यहि हाम्रो बेला हो
कहिले यता कहिले उता यो हाम्रो भेला हो
ल्याउँछ समयले परिवर्तन ऋतुहरुको पनि
बुझ्नै गाह्रो अनौठो यो प्रकृतिको खेला हो ।

हुस्सुले सुस्तरी भन्यो यहि हाम्रो बेला हो
कहिले यता कहिले उता हाम्रो यो भेला हो
ल्याउँछ समयले परिवर्तन ऋतुहरुको पनि
बुझ्नै गाह्रो अनौठो यो प्रकृतिको खेला हो,

बनेपा, हाल कोटेश्वर