Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ११, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

एकैदिन २१ जना फरार अभियुक्त पक्राउ

प्रभातफेरी अनलाइन २०१३ पटक पढिएको प्रकाशित मिति: २०७८ पौष ६, मंगलबार (४ साल अघि)
एकैदिन २१ जना फरार अभियुक्त पक्राउ

उर्मिला यादव यात्री
सुनवल । जिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासीले सोमबार बिभिन्न मुद्धामा फरार रहेका २१ जना अभियुक्त पक्राउ गरेको छ ।
जिल्ला अदालत नवलपरासीबाट २०५७ सालदेखि २०७२ सालसम्मका बिभिन्न मितिमा फैसला भई कैद तथा जरिवाना तोकिई तत्काल सजाय भुक्तान गर्न बाँकी रहेका बाली विगो मुद्धाका ३ जना, कुटपिट मुद्धाका ४ जना, लुटपिट मुद्धाका १ जना, अंशवण्डा मुद्धाका ३ जना, गाली बेईज्यती मुद्धाका ५ जना, जाल साझी मुद्धाका ३ जना, वन मुद्धाका १ जना र विविध मुद्धाका १ जना गरि २१ जना फरार अभियुक्तहरु पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासी र मातहत समेतबाट खटिएको प्रहरी टोलीले जिल्लाको रामग्राम नगरपालिकाबाट ३ जना, सरावल गाउँपालिका अन्तर्गतको एरियाबाट ९ जना, बर्दघाट नगरपालिकाबाट ७ जना, प्रतापपुर गाउँपालिकाबाट १ जना र सुस्ता गाउँपालिकाबाट १ जना फरार अभियुक्त पक्राउ गरेको जनाएको छ ।
जिल्ला अदालतको लगत अनुसार प्रक्राउ पर्नेमा वन मुद्धाका १ जनाको १९ दिन कैद सजाय छ भने अन्य सबै २० जनाको जरिवाना तोकिएको छ । जरिवाना तोकिएकामा न्यूनतम २ सय ५० रुपैयाँ (जालसाजी मुद्धा) देखि अधिकतम ३७ हजार २ सय ५० रुपैयाँ (लुटपिट मुद्धा) सम्म रहेको छ । सोमबार पक्राउ परेका २१ जना अभियुक्तहरुको सजाय १९ दिन कैद र ६० हजार ८ सय ३४ रुपैयाँ जरिवाना रहेको छ । पक्राउ गरिएका २१ जना फरार अभियुक्तहरुलाई आवश्यक कारवाहीको लागि नवलपरासी जिल्ला अदालतमा पेश गरिएको र अदालतबाट लगत अनुसारको कारबाही भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रेम बहादुर शाहीले बताउनु भयो ।
यस्तै गरि जिल्ला प्रहरी कार्यालय मातहत समेतबाट एक हप्ता भित्रमा बिभिन्न मुद्धाका ५८ जना फरार अभियुक्त जिल्लाको बिभिन्न स्थानबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक शाहीले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0