Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ४, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

स्मृतिपटलमा सहिदभूमि बेथान

प्रभातफेरी अनलाइन १५२८ पटक पढिएको प्रकाशित मिति: २०७८ पौष २४, शनिबार (४ साल अघि)
स्मृतिपटलमा सहिदभूमि बेथान

डम्बर थामी “अनुपम”

“बन्दुक र बमको तुलनामा ‘आइडिया’ सबैभन्दा शक्तिशाली हतियार हो ।” क. स्टालिन
उल्लेखित उद्धृत उक्ति लौहपुरुष तथा प्रखर क्रान्तिकारी नेता क. स्टालिन (सन् १८७१–१९५३) को हो । उनको जन्म सोभियत रुसको जर्जिया “गोरी” भन्ने ठाउँमा भएको थियो । अत्यन्तै क्रूर शासक हिटलरको नाजीवादलाई समेत घुँडा टेकाउने एक अथक, अविचल योद्धा थिए । क्रान्तिकालमा उनको यो भनाइ हाम्रो लागि पनि सशक्त र वैचारिक धारिलो हतियार बनेको थियो । उनको शासनकालमा पनि सत्ता सन्चालन गर्ने क्रममा केही कमजोरी पनि रहे । यो पनि इतिहासमा पाठ सिक्नुपर्ने पाटो छँदैछ । अर्का क्रान्तिकारी नेता क. माओले पनि त्यत्तिकै भनेका होइन रहेछन् । “बन्दुकले पार्टी चलाउँदैन, पार्टीले बन्दुक चलाउँछ ।” भनेर ! सही विचार भएपछि नभएका चीजहरु समेत प्राप्त हुँदोरहेछ । जनयुद्धकालमा हामीले पनि यही मार्क्सवादी अविजेय विचार र दर्शनलाई आत्मसात ग¥यौं । र भर्भराउँदो क्रान्तिको दावाग्नीमा बिना हिच्किचाहट हाम फाल्यौं । चानचुन साहस र आँटले युद्धमा हिंड्न असम्भव थियो । तर ती असम्भव कुराहरुको बीचबाट गुज्रंदै–गुज्रंदै हामीले सम्भावनाका अनगिन्ती ढोकाहरु खोल्दै गयौं । यसै प्रसंगमा मैले यहाँ पूर्वको सशक्त फौजी कार्वाही बेथानको वीरता र सहिदभूमि बेथानमै पहिलो पाइला टेकेको अनुभूतिलाई स्मरण गर्न गईरहेको छु ।
म क्रान्तिको उर्लंदो भेलमा हाम फालेको दुई वर्ष मात्रै भएको थियो । हाम्रो मुख्य फोर्स एस.टि.एफ. मा सहभागी भएर २०५६ साल असोजमा काभ्रे जिल्लामा भिमखोरी रेड (च्बष्म) सफल पा¥यौं । मैले जिन्दगीमा पहिलो रेड अर्थात् लडाइँको अनुभूति गरेको मोर्चा पनि भिमखोरी मोर्चा नै हो । त्यतिबेला रेडमा सहभागी हुन पाउनु चानचुन कुरा थिएन । कमै योद्धाहरुले मात्र रेडमा सहभागी हुन पाउँथे । रेडमा सहभागी हुनको लागि केही मापदण्डहरु थिए । मैले ३०३ राईफलबाट फायर गरेको पनि पहिलो पटक हो । (अन्य भरुवा बन्दुक, बाह्र बोर बन्दुक, टू टू राईफल त फायर गरेको थिएँ ।) त्यो भीषण लडाइँ लड्दा लड्दै हामीले दुई जना होनहार कमरेडहरु क. धर्म र क. भिष्मलाई गुमायौं । सहिदको मुटु फुटेर बगेको आलो आलो रगतको टीका निधारमा लगाएर सहिदको सपना साकार पार्ने शपथ खाएको पनि पहिलो अनुभूति हो । योद्धाहरु आँखै अगाडि ढलेको दृष्य देखेको पनि पहिलोपटक हो । र ३०३ राईफलको गोली लाग्दा कति ठूलो भ्वाङ पार्दोरहेछ ? भन्ने अनुभूति पनि पहिलोपटक नै भएको थियो । (यो भीषण मोर्चाको विस्तृत अनुभूति पहिले नै लेखिसकेको छु ।) भिमखोरी रेड पश्चात् हाम्रो टोली सिन्धुली जिल्लाको कपिलाकोटमा गएर केही दिन आराम ग¥यो । भिमखोरी मोर्चाको मोटामोटी समिक्षा भयो । दुश्मनले तीव्र रुपले पिछा गर्दै आएको र आकाशबाट पनि हेलिकप्टरले हवाई गस्ती गरिरहेकोले हामी अझ केही समय सिन्धुलीको बस्तीहरुमा स्थानीय पार्टी संगठनको बीचमा सुरक्षित भयौं । स्थानीय संगठनका जनताले नै सेन्ट्री, ड्युटी गरे । खाना पकाएर खुवाए । त्यतिबेला सिन्धुली जिल्ला पूर्वको आधार ईलाका नै थियो । हामीले पनि जनताका केही कामहरु सघायौं । आफ्नो नियमित रोलकल ग¥यौं । कब्जा गरिएका हतियार, एम्युनेशनहरु सफा ग¥यौं । आफ्ना हतियारहरु पनि सफा ग¥यौं । र आईपरेको बेलामा प्रतिरोध गर्ने गरी तयारी हालतमा राख्यौं ।
त्यसपछि हामी फेरि एक महिनाको अन्तरालमा सिन्धुली जिल्लाको कपिलाकोटबाट मुभ भयौं । अमले, झाँगाझोली, रातमाटाबाट सुनकोशी नदी तरेर रामेछाप जिल्लाको मझुवा भन्ने ठाउँमा आईपुग्यौं । मझुवामा एक दिन सुस्ताएपछि हामी फेरि रामेछाप जिल्लाको ह्राकाथुम भन्ने ठाउँमा आईपुग्यौं । त्यहीँ ठाउँमा आईपुगेपछि स्थानीय कमरेडहरुले सुनाए ः अबको सेल्टर बेथान हुन्छ भनेर । जब सहिदभूमि बेथान पुगिन्छ भन्ने कुरा थाहा पाएँ तब मेरो हृदयमा एउटा उतुङ्ग छाल उठ्यो । लड्दा लड्दै वीरगती प्राप्त गरेका महान सहिदहरु तिफदि (तिर्थ गौतम, फत्त बहादुर स्मालीमगर र दिलमाया योन्जन) को सम्झना आयो । भौतिक रूपमा त मेरो भेट भएको थिएन । तर सहिद कमरेडहरुको आदर्शको बारेमा चाहिँ धेरै सुनेको थिएँ । बेथान पानीघाट कस्तो होला ? वीर योद्धाहरु कसरी लडे होलान् ? भरुवा बन्दुक हानेर ढुंगामुडा गरेर कसरी लडाइँ जीते होलान् । यावत कुराहरू मनमा खेलीरह्यो । नभन्दै एक दिन त्यहाँ सुस्ताएपछि हामी रामेछापको खनियापानी हुँदै बेथान डहु पुग्यौं । डहुमा पुगेपछि जिल्ला पार्टीका नेता क. पुष्प (बाबुराम लामा) लगायत जिल्ला पार्टीका थुप्रै साथीहरूसँग भेट भयो ।
बाक्लो–बाक्लो तामाङ बस्ती । चारै सुर मिलेका । झिंगटीले छाएका चिटिक्क परेका घरहरु । फराकिलो आँगन । आँगनको बीचमा लुङ्दारहरु झण्डा झैं फर्फराईरहेको । बगैंचामा कटहर र आँपका ठूलाठूला रुखहरु । बारीभरि जूनेलोका बालाहरु झुलिरहेका । आ–आफ्नो जातिय भेषभूषा । आफ्नै धर्म संस्कृति । क्रान्तिमा खारिएका । कम्युनिस्ट आदर्शका पर्याय जनसमुदायहरु । मीठो बोली । क्रान्तिकारी भावना । पार्टी र क्रान्तिप्रति निष्ठावान योद्धा झैं लाग्ने आखे मामहरु । पार्टीको निम्ति ज्यानै दिने स्थानीय पार्टी कमिटीका कमरेडहरु । आहा ! हृदयमा क्रान्तिको छाल उठ्ने वातावरण । हृदयमा गढीराख्ने भावनाहरु । जनता हुन त त्यस्ता हुन् । गर्वले छाती फूल्ने । कता कता मनै भूल्ने । यो रमाइलो परिवेशसँग भुल्दा भुल्दा समय बितेको पत्तै भएन । त्यसपछि बेथान पानीघाट चौकीको भग्नावशेष हेर्न सा¥है उत्सुकता जागेको थियो । तर नजिकै ठूलो सँख्यामा पुलिसहरु बसेकोले सम्भव भएन । तर पनि गर्वले छाती फूलिरह्यो । वीर सहिदहरु ढलेको ठाउँलाई टाढैबाट सलाम गरें ।
बेथान पानीघाट चौकी २०५३ साल पुस १९ गते राति आक्रमण गरिएको थियो । फौजी कार्वाहीका कमान्डर थिए तिर्थ गौतम । भरुवा बन्दुक र खैनीको बट्टामा कालो बारुद कोचेर बनाईएको बम हानेर चौकी कब्जा गरिएको थियो । साथै ढुंगामुडा पनि गरिएको थियो । त्यतिबेला क. सागर लामा र क. माइला लामाहरुले एक मिनेटमै भरुवा बन्दुक भरेका थिए रे ! कोहीले बन्दुक भर्ने । कोहीले हान्ने । लगातार फायरिङ गरिरहने । यस्ता प्रतिभाशाली योद्धाहरु पनि क्रान्तिले नै जन्माएकै थियो । हाइ टेकका विरुद्ध लो टेकले लड्ने भनेको यही रहेछ । सो फौजी कार्वाहीमा तीन जना होनहार योद्धाहरु (तिर्थ गौतम, फत्त बहादुर स्मालीमगर, दिलमाया योन्जन) को शहादत भएको थियो । (उनै महान सहिदहरुको नामबाट हाम्रो आफ्नै आरमोर (Armour) टोलीले ‘तिफदि’ पेस्तोल पनि बनाएको थियो । आत्मासुरक्षाको लागि प्रायः कमरेडहरुले त्यही पेस्तोल बोकेर हिंड्ने गर्थे । हामीले पनि बोकेर हिंड्यौं ।) त्यतिबेलाको योजना यस्तो थियो ः “योजनाबद्ध ढंगले छापामार ईलाका निर्माण गरौं ।” भन्ने मूल नाराकासाथ छापामार ईलाकाको निर्माण गर्ने । युद्ध सामाग्रीहरु कब्जा गर्ने । दुश्मनको शक्ति छिन्नभिन्न गर्ने । छापामार ईलाका निर्माण गर्नको लागि व्यापक जनपरिचालन गर्ने । यही योजना मुताबिक नै सो उच्च बलिदानबाट उच्च फौजी कार्वाही सफल भयो । क्रान्तिको एउटा मक्सद पूरा भयो ।
सो फौजी कार्वाहीबाट जम्मा ४ वटा ३०३ राईफल कब्जा भएको थियो । भरुवा बन्दुकले राईफल खोसेको जनयुद्धकै इतिहासमा सायद पहिलो घटना होला । पछि पूर्वी कमान्ड, पश्चिम कमान्ड, मध्य कमान्ड र एस. टि. एफ. लाई लिडिङ उईपन (Leading Weapon) को रूपमा एउटा एउटा राइफल बाँडिएको थियो । त्यही राइफलबाट हजारौं हजार योद्धाहरुले प्रशिक्षण पनि लिएका थिए । ३०३ राइफल चलाउन सिकेका थिए । निशानामा सिस्ता लगाउन सिकेका थिए । त्यो राईफलहरुको नाम पनि होलटाईमर राइफल राखिएको थियो । अहिले यो बलिदानको कीर्तिमान सुनाउँदा कथा जस्तै लाग्छ । त्यही कथा बुन्नेहरु गुमनाम छन् भने कथा सुन्नेहरुको हालीमुहाली छ । अस्तु

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
लेख सम्बन्धि थप
  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • मार्साबको आधा घण्टा

    मार्साबको आधा घण्टा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0