Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन २८, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

थामी जाति र विद्रोहको झिल्का उठेको ‘पिस्कर काण्ड

प्रभातफेरी अनलाइन २९५९ पटक पढिएको प्रकाशित मिति: २०७८ माघ ४, मंगलबार (४ साल अघि)
थामी जाति र विद्रोहको झिल्का उठेको ‘पिस्कर काण्ड

डम्बर थामी “अनुपम”

“तपाईं संगठित भएर विरोध गर्नुस् र परिवर्तनका लागि संघर्ष गर्नुस् ।” क. माक्र्स
उक्तोक्ति सर्वहारावर्गका महान गुरु कमरेड माक्र्सको हो । यथार्थमा भन्नु पर्दा संगठित विरोध र विद्रोहले नै आफ्नो हक, अधिकार स्थापित गर्न सकिन्छ । कठोर भन्दा कठोर संघर्षको कारणले गर्दा निरंकुश व्यवस्थाहरु पनि जरैदेखि उखेलेर फालिएका इतिहास छन् । फाल्न सकिन्छ । निरन्तर संघर्षले गर्दा वादशाहलाई पनि घोडाबाट भूईंमा खसालिएका छन् । खसाल्न सकिन्छ । र देशमा जनताको सर्वोत्तम स्थिति बसाल्न सकिन्छ । कमरेड माक्र्सकै भनाइमा “प्रयास गरेको खण्डमा संसारमा असंभव भन्ने चीज केही छैन ।” जस्तैः अन्तरीक्षमा मान्छे पनि चरा जस्तै उड्नु । मंगल ग्रहको अध्ययन गरेर पानी पत्ता लगाउनु । मानव बस्तीको संभावनाको अध्ययन गर्नु । अनन्त तारामण्डलहरुको अध्ययन गर्नु । मरुभूमिमा अन्न फलाउनु । समुद्रमा खेतीपाती गर्नु । अन्तरदेशीय ब्यालेस्टिक मिसाईलहरुको आविष्कार गर्नु । नदीलाई उल्टो दिशातिर बगाउनु । आवाजको गति भन्दा पनि छिटो उड्न सक्ने हाईपरसोनिक प्लेन बनाउनको लागि अनुसन्धान गर्नु । आदि कुराहरू असंभवको बीचबाट नै संभव भएको हो । र ज्ञान बिज्ञानका आश्चर्यजनक चमत्कारिक आविस्कारहरु पनि । यसै प्रसंगमा संस्कृत शिक्षाको एउटा श्लोकमा भनिएको छ ः “नहि सुप्तस्य सिंहस्य प्रविशन्ति मुखे मृगाः” अर्थात (सुतिरहेको सिंहको मुखमा शिकारहरु आफैं आएर पस्दैनन ।) भनाइको मतलब अथक परिश्रम, विरोध र विद्रोह नगरी अधिकार पनि कदापि प्राप्त हुन सक्दैनन् ।
“केही चीज पाउनको लागि केही चीज गुमाउनैपर्छ ।” रक्तपात र बलिदान बिना क्रान्ति र विद्रोह असम्भव छ । जहाँ संघर्ष हुन्छ त्यहाँ बलिदान हुन्छ । त्यसैले क्रान्तिमा–संघर्षमा संभव र असंभव बीचको द्वन्दबाट गुज्रनु पर्ने हुन्छ । क्रान्ति, विद्रोह, सत्ता प्राप्ति फेरि विद्रोह । द्वन्दको ग्राफ यसरी नै बढिरहन्छ । जबसम्म सर्वहारावर्गको सत्ता स्थापना हुँदैन यसरी नै द्वन्दको (संघर्षको) ग्राफ अन्त्य हुँदैन । यो वर्तुलाकारमा घुमिरहन्छ । हो ! यसरी नै २०४० साल माघे सक्रान्तिमा सिन्धुपाल्चोक जिल्लाको पिस्कर महादेवस्थानमा जम्मा भएर न्यायप्रेमी जनताले विद्रोहको सशक्त आवाज घन्काउँदा तत्कालीन फासिष्ट पन्चायती व्यवस्थाले क्रुर, बर्बर हमला गरेको थियो । दमन गरेको थियो । सोझासिधा, इमानदार, कर्तव्यनिष्ठ थामी समुदायको बाक्लो बस्ती भएको त्यो इलाकामा तत्कालीन ने.क.पा. (मा–ले) ले आफ्नो संगठन विस्तार गरेको थियो । जनतालाई क्रान्तिको पाठ पढाएको थियो । २०४० साल पौष ३० गते राति नाटक खेल्ने, नाचगान गर्ने (साँस्कृतिक कार्यक्रम गर्ने) र सभा पनि गर्ने कार्यक्रम थियो । कार्यक्रममा तौथली, टेकनपूर, पिस्कर, धुस्कुन, चोकटी, कर्थली, घोर्थालीदेखिका जनताहरु आएका थिए । धेरै जसो जनताहरु ने.क.पा. (मा–ले) को संगठनमा आवद्ध थिए । त्यो कार्यक्रमको बारेमा पन्चायती व्यवस्था विरोधी कार्यक्रम भनेर स्थानीय सामन्तहरु देवीजंग पाण्डे लगायतले थाहा पाईसकेका थिए । ने.क.पा. (मा–ले) का केन्द्रीय नेताहरू समेत उपस्थित भएर पञ्चायत विरोधी कार्यक्रम गर्न लागेको कुरा तत्कालीन मन्त्री पशुपति शमसेर राणा समक्ष पुगिसकेको अवस्था थियो । पशुपतिशमशेर राणाले अन्चलाधीश कार्यालयलाई उग्रवादी कम्युनिष्टहरुले आक्रमणको तयारी गरिरहेका भनी त्यसलाई दबाउन निर्देशन दिएका थिए ।


उनले निर्देशन दिएपछि दुई सय भन्दा बढी बर्दीधारी पुलिसहरु केन्द्रबाट खटाएर पिस्कर महादेवस्थानलाई रातारात घेरा हालिएको थियो । र बिहानीपख जब जून अस्तायो । तब पुलिसले चारैतिरबाट आक्रमण गरेको थियो । पिस्कर महादेवस्थानमा चारैतिरबाट गोली वर्षीएपछि जनताहरु तितरबितर भए । अधिकांशले त ढुंगामुढा गर्दै पुलिसको घेरा तोडे । तातो गोलीका विरुद्ध ढुंगामुढा गरेर जनताहरुले सशक्त प्रतिरोध गरे । प्रतिरोधकै क्रममा वीर बहादुर थामी र ईली थामीलाई गोली लागेर ढले । जगत बहादुर बोहरा, पाल्कमाया थामी, सोनाम तामाङ सख्त घाइते भए । उनीहरूलाई घाइते अवस्थामै गिरफ्तार गरियो । साथै अरु दर्जनौं निर्दोष जनताहरुलाई पनि गिरफ्तार गरियो । र विभिन्न जेलमा कोचेर राखियो । त्यो घटनापछि पिस्कर र धुस्कुनमा स्वीप अप्रेसन चलाईयो । गाउँलेहरुलाई आतंकित पारियो । युवाहरू डराएर सबै धूलिखेलतिर गएर लुके । नेताहरु पनि दोलखा, रामेछाप र सिन्धुलीतिर गएर लुके । गाउँ सुनसान भयो । स्थिति अत्यन्तै बिकराल बन्यो । मन्दिरमा लागेको मेलामा पुलिसले दमन गरेर मान्छे मारेको घटना त्यस अघि नेपालमा कहिल्यै भएको थिएन । त्यो पन्चायती व्यवस्थाको क्रूर दमनको एउटा निकृष्ट उदाहरण थियो । शासकहरुको हत्या र दमनको नांगो नाच थियो । पिस्कर हत्याकाण्डपछि वरिष्ठ पत्रकार गोविन्द वियोगी र किशोर नेपाल घटनास्थलमा पुगेर रिपोर्टिङ गरेका थिए । विभिन्न पार्टीका नेताहरूले पनि घटनाको घोर भर्त्सना गरेका थिए । यो हत्याकाण्ड अन्तर्राष्ट्रिय जगतमा पनि फैलिएको कारणले पन्चायती सरकार पछि हटेको थियो ।
यसरी इतिहासको कालखण्डमा पिस्कर हत्याकाण्डले मुख्यतः थामी जातिमा विद्रोहको झिल्का उठायो । अधिकारको लागि संगठित भएर लड्नुपर्दोरहेछ भन्ने भावना जागृत गरायो । थामी जातिहरु गाउँ, टोल, छिमेक, जिल्ला–जिल्लामा संगठित हुन पुगे । २०४२ सालमा हाम्रो गाउँ लापिलाङ (कुराथली) मा जगतमान थामी अध्यक्ष र चुन बहादुर थामी सचीव रहने गरी निको थामी सेवा समिति नामको तदर्थ समिति बनेको थियो । त्यसले थामी समुदायलाई संगठित गर्ने ठूलो काम ग¥यो । (सायद इतिहासमा थामी जातिको पहिलो राजनीतिक संगठन त्यही नै थियो होला !) । यो संगठनले पनि भूमिगत रुपमा धेरै नै सक्रिय भएर काम ग¥यो । पिस्कर हत्याकाण्ड भएको छ वर्षपछि २०४६ सालमा जनआन्दोलनको बलले देशमा बहुदल आयो । त्यसपछि वाक स्वतन्त्रता भएपछि निको थामी सेवा समितिको जिल्ला भेलाले फराकिलो दायरा बनाउँदै लग्यो । धेरै ठाउँमा संपिस्कर हत्याकाण्ड भएको छ वर्षपछि २०४६ सालमा जनआन्दोलनको बलले देशमा बहुदल आयो । त्यसपछि वाक स्वतन्त्रता भएपछि निको थामी सेवा समितिको जिल्ला भेलाले फराकिलो दायरा बनाउँदै लग्यो । धेरै ठाउँमा संगठन पनि बनायो । नेपाली कांग्रेस समर्थित निको थामी भूमे संघ पनि बन्यो । जसको अध्यक्ष गोपिलाल थामी थिए । यी जातीय संगठनहरुले राम्रै काम गरे । नेताहरूलाई भोट हालेर जिताएर पठाए । पछि दुबै संगठनहरु कता बिलाए थाहा भएन । त्यत्तिकै हराएर गयो । त्यसपछि २०५२ सालमा जनयुद्ध शुरु भएपछि सिन्धुपाल्चोक, दोलखा, रामेछाप र सिन्धुलीमा थामी समुदायहरु संगठित हुँदै गए । र दर्जनौं थामी जातिहरु मुक्ति या मृत्युको शपथ खाएर जनयुद्धमा लामवद्ध भए । पिस्कर हत्याकाण्डका वीर सहिद वीर बहादुर थामीका छोरा पनि जनयुद्धमा लामबद्ध भए । पुनः २०५६ साल मंसिरमा साबिक लापिलाङ गा.वि.स. वडा नं ८ लेप्टुङमा चुन बहादुर थामीको संयोजकत्वमा थामी राष्ट्रिय मुक्ति मोर्चा, नेपाल को तदर्थ समिति गठन भयो । र थामी समुदाय लगायत सिंगो सर्वाहारावर्गको मुक्तिको लागि जनयुद्धमा होमियो । थामी राष्ट्रिय मुक्ति मोर्चाको पहिलो राष्ट्रिय सम्मेलन २०५९ साल चैत्र २९ र ३० गते दोलखा जिल्लाको लापिलाङ मा.वि. को प्रांगणमा सम्पन्न भयो । सो राष्ट्रिय सम्मेलनले चुन बहादुर थामी अध्यक्ष, चतुरमान थामी उपाध्यक्ष र महासचिव डम्बर थामी भए । र २१ जनाको केन्द्रीय कार्यसमिति बन्यो । यो समितिले जनयुद्धको पक्षमा व्यापक जनमत सृजना गर्ने काम ग¥यो । र व्यापक जनपरिचालन पनि ग¥यो । सयौं थामी जातिहरु जनयुद्धमा लामबद्ध भए । त्यही जनयुद्धकै क्रममा २९ जना थामी जातिको रगत बग्यो ।
माओवादी पार्टी शान्ति प्रक्रियामा आएपछि २०६३ साल भदौमा दोलखा जिल्लाकै साबिक सुस्पा क्षमावती गा.वि.स. स्थित जिल्लाकै पूरानो स्कुल क्षमावती उ.मा.वि. को प्रांगणमा दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न भयो । सो सम्मेलनले पनि चुन बहादुर थामीको अध्यक्षतामा केशर थामी महासचिव, कृष्ण बहादुर थामी सचीव र लक्ष्मी थामी कोषाध्यक्ष रहने गरी २३ जनाको केन्द्रीय कार्यसमिति बन्यो । र विभिन्न शान्तिपूर्ण आन्दोलनहरुमा सहभागी भयो । जनयुद्ध, जनआन्दोलन र शान्तिपूर्ण आन्दोलनमा योगदान दिएको प्रतिफल स्वरुप २०६४ सालको संविधान सभाको चुनावबाट थामी समुदायको पहिलो प्रतिनिधिस्वरुप चुन बहादुर थामीलाई समानुपातिक सांसदको जिम्मेवारी दियो । यसरी इतिहासमै थामी जातिबाट एक मात्र सांसद सिंहदरबार छिर्न सफल भए । यसरी पिस्कर हत्याकाण्डदेखि जनयुद्ध, जन आन्दोलन र शान्तिपूर्ण आन्दोलनसम्म आउँदा पिस्कर हत्याकाण्डबाट उठेको विद्रोहको झिल्कोको निरन्तरता नै हो । अहिले पनि थामी जातिमा आफ्नो हक, अधिकारको लागि लड्नुपर्ने रहेछ भन्ने उच्च चेतना छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
लेख सम्बन्धि थप
  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • मार्साबको आधा घण्टा

    मार्साबको आधा घण्टा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0