logo
२०८३ अषाढ ५, शुक्रबार |
📰
🔍

मुक्तक

प्रभातफेरी अनलाइन१४१९ पटक पढिएको प्रकाशित मिति: २०७८ माघ ४, मंगलबार(४ साल अघि)
मुक्तक

लक्ष्मी श्रेष्ठ, विर्तामोड झापा

१. छाडी सकें राम्रो बन्न कसैको मन जित्नु छैन्
लाग्दैन् कसैको नि माया आफुतिर खिच्नु छैन्
जे गर्नु थियो सबै गरिसक्यो अब छैन केही
छाड्नेले छाडी गयो मैले रिस राग झिक्नु छैन् ।

२. मेरो यो माया नै आज पत्थरको फुल जस्तो भयो
कुन दिनमा गरेछु माया साच्ची भूल जस्तो भयो
अन्तरआत्मादेखि गरेथें प्रेम तर पनि हेर
छातीमा रोप्ने महादेबको त्यो त्रिशुल जस्तो भयो ।

३. युवा बेरोजगारी, राज्यको कहिले दृष्टि गएन
हातमा डिग्री नभएर कुनै पहिचान भएन
रोजगार नभएनि खोस्री खान्थें पाखो बारी मैले
त्यो पनि यसपालीको बर्षाले सोझो रहेन् ।