Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नेपाली साहित्यकाशमा उदाउँदै एउटा चम्किलो तारा

प्रभातफेरी अनलाइन ४६४९ पटक पढिएको प्रकाशित मिति: २०७८ माघ ४, मंगलबार (४ साल अघि)
नेपाली साहित्यकाशमा उदाउँदै एउटा चम्किलो तारा

पुष्कर लोहनी

भुमिका –ः
युवा ब्यक्तित्व सबै बिधामा कलम चलाउन हुने नेपाली साहित्यको आकाशको मुक्तक फाटमा चम्किलो ताराको रूपमा देखापर्नु भएका छन । केही समय अगाडि उहाँकै कार्यक्रममा चिना परिचय भयो । जोशिला भट्टले केहि अगाडि मुक्तक सङ्ग्रह निकाल्दैछु यसमा भुमिका लेखिदिनु भनेर आग्रह गर्नु भयो । मलाई उकुसमकुस र जिल्ल परे । के भनुम के भनुम जस्तो भयो । अस्विकार नगरी हुन्छ भने । भुमिका लेख्न भनी उभिएको छु । सरसर्ती मुक्तक हेरे भाव राम्रो लाग्यो तर नमिलेको ठाँउमा मिलाएर केही सिकाउने कोशीस गरेको छु । वटा मुक्तक रहेर प्रेमसागर कृति तयार भएको छ । नेपाली मुक्तक रुवाइ शैलीको फिजराल्डलाई आधारमा रहेर मुक्तकलाई स्थान सञ्चित भएको छ । सर्जक केशवराजले एउटा युवा पुस्तालाई समेटेर नेपाल सरकार कै रूपमा रहेको संस्थाको स्थापना गरेको कुराले मलाई केही आशा रहेको छ । सप्तरङ्गी साहित्य समाज, नेपाल नामक संस्थाको उहाँले नेतृत्व गरेको देख्दा म छक्क परे । सानै उमेरमा यतिसम्म चिनिनु र साहित्य फैलाउनु समान्य होइन । यहि नेतृत्वले उनि एक सम्भावना बोकेको देखिन्छ । प्रेमसागर लिएर देखा परेका भट्टका मुक्तकहरुको आफ्नै विशेषता छ । विभिन्न विषयमा उनले हात हालेका छन् । प्रेम प्रणय बारेको कथा आफ्नै पाराको छ भने राष्टियताको बारेमा पनि त्यतिकै चासो लिएका छन् । उनले सुरुवात यसरी गर्न पुगेका छन् ।
जीवन जिउनमा सजिलो छ हाँसेर हेर ।
अमूल्य यो प्रेमको नगरमा
नाँचेर हेर ।
घुर्की लाउँछौ “सागर” लाई
बिर्सिदिन्छु भन्दै ।
बिर्सनलाई त्यो दिल भित्र राखेर त हेर ।
जति सल्लाह दिए पनि मनले नै खाएन । सायद मनले खाएको आफ्नीको व्यबहारले अलमलिएरका भट्ट आफुलाई मन पराउनेलाई वास्ता नगरेका हुन् कि । जीवन सजिलो छैन भने जस्तो ? ठ्याक्कै मिल्दैन पनि । प्रेममा फसे पछिको जीवन र प्रेममा फसाउन खोज्नेको वातावरण नै फरक हुन्छ । अलमलाउनेहरु धेरै निस्कन्छन । यहि क्रममा भावूकता साथ निस्केको अभिव्यक्ति
जिन्दगीमा रुनु अनि हास्नु बनायो दैवले ।
एक्कासी रुदै मर्नु र बाच्नु बनायो दैवले
आँखा चिम्लिदै केही नसोधी छाडे हुन्छ नाता ।
सोदै नसोधी तोड्नु न मास्नु बनायो दैवले ।
आफूले भोगेको वातावरणको परिस्थिति जे जस्तो भए पनि प्रेमले जीवनमा ठुलो प्रभाव नपारी छाड्दैन । कति कुरा गुमाउनु पर्ने नै हुन्छ,कति सहनु नै पर्ने हुन्छ । किन हो,भावनाले मानिसलाई अलमलाई रहेको हुन्छ आफ्नै आँखा अगाडि प्रेमका स्वरुप स्थिर हुँदैन । पछाडि नाम लागिरहेको हुन्छ भने अगाडि मद्किएर उत्तेजित बनाइ रहेका हुन्छन् आफैलाई हास्सिको पात्र बनाएर भावुक मन भावुक भएर उर्लन्छ र बोलिदिन्छ–
बिर्सिदिए हुन्छ मायाको शहर बनाएर ।
मनभित्र राखेर बस लहर बनाएर ।
सधैं अभाव हुन् देउ मनलाई मायाको
नखेलाउ मनमा नयाँ रहर बनाएर ।
अर्ति उपदेश दिन पछाडि नपर्ने भावुक मनको आफ्नै मान्यता छ । आफ्नै धारणामा पछि लागेको मान्यतालाई बिर्सन नसक्ने हुन्छ । वास्तविकता अंगालेर महत्व दिने पक्षको तर्क आफ्नै किसमको हुने हुनाले–
खेल्ने नै हो भने कि जित हुन्छ कि हार हुन्छ ।
दुबैतिर यहाँ भिन्ना भिन्नै समाचार हुन्छ ।
यदि मन मुटुमा माया साची एक्लो हुँदामा ।
हो जसको पनि मन जलेर अङ्गार हुन्छ ।
प्रेमसम्बन्धि वातावरणले एउटा भिन्नै किसिमको परिस्थिति सिर्जना गर्न पुग्छ । कविको भावूक मन अर्थात उनी भित्रका आवेगलाई मुक्तक मार्फत व्यक्त गरिदिएका हुनाले एउटा मनलाई विभिन्न कोणबाट मुल्यांकन गर्न सकिन्छ । ब्यक्तिलाई चिन्न सजिलो हुन्छ तर मनभित्रको ब्यक्तित्वलाई चिन्न कठिन पर्छ । त्यसैले उनको आफ्नै अभिव्यक्तिलाई हेर्ने हो भने सजिलै शीत यसरी बुझ्न सकिन्छ –
मेरो सजिलो जीवन जसो तसो चल्न देउ ।
समयले पनि जे गर्छ मलाई छल्न देउ ।
भन्छन् मलाई धेरैले बिर्सने कोशिस गर
मन चोखो मेरो खरानी हुन्जेल जल्न देउ ।
एकातिर यसो भन्छन् तर मनले कहाँ मान्छ र ? त्यो मायाको जालभित्र छिरेपछि त्यसबाट उम्किन त्यति सजिलो हुन्छ र ? अनि आफू भित्रको उकुसमुकुस भएको बेदना पोख्न थालिहाल्छन् –
सपनीमा संधै जसो सताउँछौ अनि जान्छौं ।
मायाको कुरा सधैं तताउँछौ अनि जान्छौं ।
पलपलमा मनलाई बहार बनाएर ।
रानी हँु है तिम्रो भनी कराउदै अनि जान्छौं ।
प्रेमसम्बन्धी धारणा, मान्यता र वातावरणलाई सजिलैसँग बुझेर मुल्यांकन गर्ने बाटो केशवले खोलिदिएका छन् । विभिन्न विषयमा चाख लिएर लेखिएका मुक्तकको आफ्नै विशेषता देखिन्छ । त्यसैले उनी भन्छन्–
बनाउनुपर्छ सुन्दर घर मेरो गाउँको ।
पक्कै नै जवानीको सरदर मेरो गाउँको
भबिस्यमा केही गरेर देखाउने विचार ।
बिदेशिए फर्काउने रहर मेरो गाउँको ।
सबैतिर ध्यान दिएर वास्तविक परिस्थितिलाई लक्ष्य राखेर लेखिएका मुक्तकहरुले एकलकाटे पनलाई पन्छाएको देखिन्छ । एउटा कुरा चाहिँ भनिदिए हुन्छ केशव बारे । उनी सिकारु अवस्थामा देखा परे ता पनि उनिभित्रको आयामिक सोचाइ, भोगाइ र परिस्थितिलाई नजिकबाट हेर्ने दृष्टिकोणको विकास चाहिँ भैसकेको छ । चाहे प्रेमबारेको धारणा होस,वा राष्टिय तथा घरेलु वातावरण बारेको होस् उनी भित्र भावूकता मात्र छैन । केही छ भने समानताको आधारको खोजिमा उनी लाग्ने गरेका छन् । त्यसैले नढाँ टि भन्छन् –
तिमीले नै गरेको घात भुलेको छैन प्रिया
म रोएको प्रत्येक रात भुलेको छैन प्रिया
सानो मेरो देश र म प्रतिको व्यवहारमा
दिल मै गढेको कुरा नै भुलेको छैन प्रिया ।
त्यस्तै राजनीतिबारे–
राजनीतिमा बाघचाल के लागि गरिन्छ
देशको विकासमा पर्खाल लाउने गरिन्छ ।
सधैं आफ्नो पेटलाई भोको देख्ने भए ।
नारामा समृद्ध नेपाल केका लागि गरिन्छ ।
लेख्न सक्ने क्षमतावान ब्यक्तिका रूपमा मैले केशवलाई देखेको छु । कुरा चाडै बुझ्ने सक्ने ब्यक्तित्वले आफुभित्रको पीडा र छट्पटीलाई सजिलैशीत उर्तान सक्छ भन्ने आधारलाई केशवले मनन गर्नुपर्छ । त्यसैले भोगेका अनुभवका कारणले उनले भनेका सत्यता–
आफ्नो घोर शत्रुको शिर घटाउनुपर्छ ।
आफ्नै पिर साच्चिकै मनैदेखी हटाउनुपर्छ ।
मैले पनि सोचेको छु हेर तिमीले भनेझैं
राम्ररी तिर हानी जिन्दगी कटाउनुपर्छ ।
परिपक्वता विचार र लेखाइलाई परिस्कृत रूपमा आशा गर्दै केशवका मुक्तकहरुमा भाव गहिरो रूपमा खुलेको पाइन्छ ।
अन्तमा ः लेखक केशवको क्षमताको कदर गर्दै उनको मुक्तक कृति प्रेमसागर सबै पाठकको मन जित्न सफल होस उनको परेको जन्मोत्सवको सहित हार्दिक शुभकामना कृतज्ञता गर्दछु ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
पुस्तक समिक्ष्या सम्बन्धि थप
  • कवितामा अनन्त

    कवितामा अनन्त

  • मोति शोभा श्रेष्ठको अक्षर मोह र अल्झेका धागाहरु

    मोति शोभा श्रेष्ठको अक्षर मोह र अल्झेका धागाहरु

  • सूर्यका कविताको प्रवृत्तिगत विश्लेषण लोकार्पण

    सूर्यका कविताको प्रवृत्तिगत विश्लेषण लोकार्पण

  • ‘ओ पेङ्दोर्जे’ कवितासङ्ग्रहमा राजु स्याङ्तान

    ‘ओ पेङ्दोर्जे’ कवितासङ्ग्रहमा राजु स्याङ्तान

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0