logo
२०८३ अषाढ ५, शुक्रबार |
📰
🔍

साताको गजल

प्रभातफेरी अनलाइन१२९९ पटक पढिएको प्रकाशित मिति: २०७८ माघ ११, मंगलबार(४ साल अघि)
साताको गजल

गोपालकृष्ण डंगोल
महाराजगञ्ज, काठमाडौं

आकाशैमा मेघ गर्जेसँगै चट्याङ्ग पनि पर्याे आज
ठूलो बर्षासँगै केही असिनाहरु पनि झर्याे आज ।

दिनमै भयावह कालो डरमर्दाे अँध्यारो रात भयो
धड्कन मुटुको बढेर मनमा डर पनि गर्याे आज ।

हावा हुरीले वात पतिङ्गरहरु एकत्रित गरेपछि
किनाराका ती नालाहरु पानीले पनि भर्याे आज ।

फुल्न थालेका थिए आँपका बोटमा मञ्जरीहरु
हुर्रिएर हावासँगै भूइँमा उत्तानो परी मर्याे आज ।

चिरबिर हुर्रर गर्दै उड्थे चरा परेवा कागहरु
तेज हुण्डरीले डालीको बास पनि हर्याे आज ।