Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ११, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

महामारीजन्य रोगका कारण किसानलाई समस्या हुन दिनौं ः प्रमुख न्यौपाने

प्रभातफेरी अनलाइन २४२१ पटक पढिएको प्रकाशित मिति: २०७८ फागुन १७, मंगलबार (४ साल अघि)
महामारीजन्य रोगका कारण किसानलाई समस्या हुन दिनौं ः प्रमुख न्यौपाने

काभ्रे । “सबैले सबैलाई चिन्दा रोगले भने कसैलाई चिन्दैन” महामारीजन्य रोग सम्बन्धी अन्तक्र्रियालाई सम्बोधन गर्दै पनौती नगरपालिकाका प्रमुख भिम न्यौपानेले कुनै पनि नगरवासी किसानहरुका लागि महामारीका नाममा समस्याग्रस्त हुन नदिने प्रण गर्नुभएको छ ।
बर्डफ्लु लगायतका महामारीजन्य रोग सम्बन्धि अन्तरक्रियामा उठेका जिज्ञासा सम्बोधन गर्ने क्रममा प्रमुख न्यौपानेले उक्त भनाई राख्नुभएको हो । नगरपालिका हलमा कृषि तथा पशुपन्छी शाखाको आयोजनमा भएको कार्यक्रममा महामारीजन्य रोगबारे सरोकारवालाहरुसंग अन्तरक्रिया गरिएको थियो ।
कार्यक्रममा नगर प्रमुख न्यौपानेले नगर क्षेत्रमा रहेका कुखुरा तथा पन्छीजन्य व्यवशायीले अनिवार्य रुपमा नगरपालिकामा दर्ता हुन अनुरोध गर्नुभएको छ । नगरपालिकामा दर्ता हुदा व्यवशायीहरुको लागि विभिन्न कार्ययोजना बनाउन सकिने र रोगप्रकोप लागेर व्यवशायमा परेको क्षतिमा सहयोग गर्न सहज हुने नगर प्रमुख न्यौपानेले बताउनुभयो । रोग नियन्त्रण गर्न पनि सहज हुने उहाँको भनाई छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेलले नगर क्षेत्रमा बेचबिखन हुने पशुपन्छी जन्य मासुको सरसफाईमा पनि ध्यान दिनु जरुरी रहेको औल्याउनुभयो । सरसफाईमा ध्यान नदिदा यसबाट पनि रोगको प्रकोप बाधन सक्ने भन्दै जनस्वास्थ्यलाई मध्येनजर गर्दै नगर क्षेत्रमा एउटा पशु बाधशालको आवश्यकता रहेको बताउनुभयो ।
वरिष्ठ प्रशासकीय अधिकृत इन्द्र अधिकारी, राजकुमार हुमागाईं, सञ्चारकर्मी मधुसुदन गुरागाईं, कृषि तथा पशुपन्छी विकास समितिका संयोजक गुणनाथ सापकोटा लगायतका वक्ताहरुले अन्तक्र्रियामा उठेका जिज्ञासाहरु सम्बोधन गर्दै कृषि शाखाले जुन किसिमको अनुकरणीय कार्य गर्दै आएको छ, त्यसलाई आत्मसाथ गर्दै जाने हो भने पनौती नगर कृषि तथा पशुपन्छीको क्षेत्रमा अब्बल सावित हुने धारणा राखेका थिए ।
भेटरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धुलिखेलका प्रमुख राजकुमार हुमागाईंले नगर क्षेत्रमा रहेका सबै कुखुरा व्यवशायीलाई सम्पर्कमा आउन आग्रह गर्दै किसानहरु सम्पर्कमा हुदा तथ्यांक संकलन हुने र आवश्यकता परेको बेलामा सहयोग जुटाउन सहज हुने उल्लेख गर्नुभयो । किसानको पिडा आफुले बुझेको बताउदै उहाँले किसानको हितमा गर्नुपर्ने कुनै पनि सहयोग गर्न आफु तयार रहेको बताउनुभयो ।
नेपालमा महामारीजन्य रोग सम्बन्धी कार्यपत्र डा. सुदीप हुमागाईंले प्रस्तुत गर्नुभएको थियो । कब नेपालका प्राविधिक प्रमुख डाक्टर सुदिप केशब हुमागाईंले कुखुरा तथा पन्छीमा लाग्ने विभिन्न रोग र उपचार र मानिसमा पर्ने प्रभावका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने नगरमा कृषि तथा पशुपन्छीको अवस्था बारे पशु चिकित्सक मणिप्रसाद सापकोटाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले नगरक्षेत्रका पोल्ट्री व्यवसायीहरुलाई कुखुरा तथा पन्छीमा रोग देखा परेमा नलुकाउन आग्रह गर्नुभयो । ‘रोग लुकाऊदा आफ्नो त क्षति हुन्छ नै आफ्नो क्षेत्रका अन्य पोल्ट्री ब्यवसाय पनि सखाप हुन्छ, समयमै कृषि तथा पशुपन्छी शाखामा खबर गरे नगरपालिकाले केहि सहयोग गर्न सक्छ’ उहाँले भन्नुभयो । नेपालमै पहिलो पटक काभ्रेमा ब्रोइलर चल्लाको माउ उत्पादन गर्न कब नेपालले ग्रान्ड प्यारेन्ट फर्म स्थापना गरिसकेको र अब ब्रोइलर चल्लाको माउ विदेशबाट किनेर ल्याउनुपर्ने झन्झट नहुने प्रमुख सापकोटाले जानकारी दिनुभयो ।
कुखुरा तथा पन्छीजन्य पोल्ट्री व्यवशायमा बर्डफ्लु लगायतका महामारीजन्य रोग कसरी सर्छ र यसबाट हुने क्षती न्यूनीकरण तथा नगरपालिकाले गर्न सक्ने सहयोगका विषयमा छलफल भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0