Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १३, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सकारात्मक पक्ष ओझेलमा राख्न कर्मचारीले नै भूमिका खेले ः मन्त्री यादव

प्रभातफेरी अनलाइन ५७५ पटक पढिएको प्रकाशित मिति: २०७८ फागुन २४, मंगलबार (४ साल अघि)
सकारात्मक पक्ष ओझेलमा राख्न कर्मचारीले नै भूमिका खेले ः मन्त्री यादव

काठमाडौं । किसानहरुका समस्या मध्येको जटिल समस्याको रुपमा रहेको रासायनिक मलको सहजतालाई लिएर चर्चा कमाउन सफल कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्रराय यादवले सरकारी स्वमित्वको दुग्ध विकास संस्थान (डीडीसी) सुधार गर्न गठन गरेको समितिले अध्ययन प्रतिवेदन लुकाएको बताउनुभएको छ ।
सञ्चारकर्मीहरुको भेटलाई सम्बोधन गर्ने क्रममा मन्त्री यादवले मंगलबार उक्त गुनासो राख्नुभएको हो । आफूले किसानहरुका पक्षमा केही गर्न खोज्दा कर्मचारीहरुबाट आवश्यकता बमोजिम सहयोग नपाएको धारणा राख्नुभएको छ । यसको मुख्य दोष अरु कोहि नभएर आफ्नै मन्त्रालय भित्रका उच्च पदस्थ कर्मचारी रहेको मन्त्रीको दाबी छ ।
सरकारले दुग्ध विकास संस्थानको गुणस्तर र बजारीकरण, प्रशासनिक र आर्थिक समस्याहरु केलाएर प्रतिवेदन दिन भने पनि कर्मचारीले नटेरेको मन्त्री यादवको भनाइ छ । यही अवस्थामा रहे डीडीसी डुब्नेछ । यसलाई कसरी सुधार गर्न सकिन्छ भनेर अध्ययन गरी प्रतिवेदन पेश गर्न भनेको तीन महिना भयो, कागजात लुकाए कोही आएनन् मन्त्री यादवले पत्रकारहरुको भेटमा भन्नुभएको छ ।
निजी क्षेत्रका अन्य डेरीहरु नाफामै हुँदा पनि सरकारी स्वमित्वको डीडीसी भने किसानको भुक्तानी गर्नसमेत नसक्ने अवस्थामा पुगेको मन्त्री यादवको भनाइ छ । सरकारले नगद दिएर मात्रै डीडीसी चल्ने अवस्था अन्त्य गर्न आफूले चाहेको र त्यसैका लागि अध्ययन गर्न भनिए पनि आफूलाई असहयोग भएको मन्त्री यादवले उक्त अवसरमा दुःखेसो पोख्नुभएको छ ।
यता मन्त्रीको भनाइसँग असहमत राख्दै दुग्ध विकास संस्थानको समस्या पहिचान गरेर प्रतिवेदन पेश गर्न बनाइएको समितिका संयोजक सेवा निवृत्त भएका कारण प्रतिवेदन बनाउन केही समय लाग्ने पशुपन्छी विकास मन्त्रालयका सचिव निरु दाहालले बताउनुभएको छ । डीडीसी सुधार कार्यादलका संयोजक एवम् मन्त्रालयका सहसचिव लोकनाथ पौडेल सेवा निवृत्त भएका कारण प्रतिवेदनले पूर्णता नपाएको उहाँको जिकिर थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    नेत्ता प्रचण्डको सपना साकारको पहिलो खुड्किला नै संघीय संसदमा देखियो

    Post Thumbnail

    भारतिय प्र.म.नरेन्द्र मोदिद्वारा बालेन्द्र शाहलाई बधाई

    Post Thumbnail

    कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ?

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0