Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १३, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

लघुकथा ः राहत

प्रभातफेरी अनलाइन ३७३ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ २१, मंगलबार (३ साल अघि)
लघुकथा ः राहत

आवाज शर्मा

साँझ फोन आयो, ‘भोलि राहत वितरण गर्ने टोली आउँदैछ । पीडित मान्छेहरूको नाम लेखेर राख्नुस् । क्षति भएकाको नछुटोस् ।’
‘हस्’ मैले फोन राखेर गाउँका भत्केका घरको सूचि बनाउन थालें ।
सर्वदलीय समितिमार्फत राहत बाँड्ने कुरा रहेछ । लिस्ट लिएर गा वि स मा पुग्दा खुब चर्का चर्की हुँदै थियो ।
‘तपाईको पार्टीकालाई कति चाहिएको हो भन्नुस् न त !’
‘सानो पार्टी भनेर हेप्न पाइन्छ, जति तपाईको पार्टीले पाउँछ त्यत्ति नै हाम्लाई पनि चाहिन्छ । एक चाहिन्छ दुई चाहिन्छ तीन चाहिन्छ ।’
आफ्नो औकात हेर्नुस नेताज्यू । त्यसै चाहिन्छ भनेर पाइन्छ ?’
‘के का औकात ? के हो औकात भनेको ? आउनुहोस् न तपाईसित धनमा भने धनमा बलमा भने बलमा च्यालेन्ज’ धक्काधक्की मै पुग्यो कुरा ।
‘हजुरले पाए भएन ? हजुरको पनि पोहोरै भत्केको गोठको बाहिरी पर्खालको फोटो हालेर एक नंबरमै राखम्ला । वहाँहरूको पनि यसै उसै मिलाम्ला । हामी हामी मिले त भै गयो नि ! जाबो यति सानो कुरामा के गलफत्ती गरी रा होला !’ अर्को पार्टीकोले मेल मिलापमा कुरा लगे ।
गाउँ गाउँ पुगेर बडेमाका केमराले फोटो खिचियो । भत्किन बाँकि घर आठदशोटा मात्र थिए । जजस्का घर भत्केका थिएनन् सर्वदलीय समितिमा तिनै मात्र गए अरू आफ्नै पुरिएका सामान झिक्न र भरेको बास बसाउन स्याउला काठको जोहो गर्दै थिए ।
टेलीभिजन रेडियोका प्रतिनिधिले मासुभात दापे । तिनै सर्वदलीय समितिका प्रतिनिधिले कपाल, घाँटी सफा गर्दै मिलाएर सरकारी संयन्त्र अझै नपुगेको राहत नपाएको गुनासो गरे । कसैकसैले सरकारलाई गाली गर्न पनि भ्याए ।
पीडितका नामसूचि जस्ताको तस्तै रहे । विचारका आधारमा, राजनीतिका आधारमा, नाकका आधारमा, धाकका आधारमा सबैलाई भागबण्डा लगाइसकेपछि बचेखुचेको बलियाबाङ्गा पाखुरा भएकालाई लित्को पित्को बाँडियो । आफ्नो घरको एउटा इटा नखल्बलिएकोले पनि बेस्सरी पीडितको भागको २५ किलो चामलबोरा, बाक्लो महङ्गो खालको त्रिपाल, झण्डै एकरोल म्याट, एक कार्टुन चाउचाउ मान्छे लगाएर बोकेर लगे ।
मिडिया सहितको राहत वितरण टोली फर्कियो । बाटैमा एउटा भत्केको घरको एउटा छेउमा रुँदै बसेकी बूढी आमै थिइन् । टि भीकाले ’कस्तो अनुभव हुँदैछ’ भनेर सोधे । केही टाठाबाठाले खण्डहर घर, बूढीआमालाई पृष्ठभूमिमा राखेर एउटा कार्टुन हातमा थमाएर फोटो खिचे ।
हिड्ने बेला दुई औला ठड्याउँदै फोटो खिच्नेले अघि दिएको कार्टुन फिर्ता लिँदै अघि अघि बाटो लागे । बेलुका उनकै फेसबुकमा फोटोसहितको स्टाटस थियो, ’सरकार नपुगेको ठाउँमा राहत वितरण गरेर आइयो ।’
सुरु मैं तिनै बूढी आमाको हात थाप्दै गरेको तश्बीर थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
साहित्य सम्बन्धि थप
  • बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

  • नेपाल स्रष्टा समाजले गर्याे बृहद आत्मपरक निबन्ध गोष्ठी

    नेपाल स्रष्टा समाजले गर्याे बृहद आत्मपरक निबन्ध गोष्ठी

  • एउटा फेरि चोर पहरेदार छान्दै छौ

    एउटा फेरि चोर पहरेदार छान्दै छौ

  • डा.योगीको निबन्धकृति चेतना यात्रा लोकार्पण

    डा.योगीको निबन्धकृति चेतना यात्रा लोकार्पण

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    नेत्ता प्रचण्डको सपना साकारको पहिलो खुड्किला नै संघीय संसदमा देखियो

    Post Thumbnail

    भारतिय प्र.म.नरेन्द्र मोदिद्वारा बालेन्द्र शाहलाई बधाई

    Post Thumbnail

    कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ?

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0