
प्रभातफेरी अनलाइन ३२३ पटक पढिएको प्रकाशित मिति: २०७९ कार्तिक १५, मंगलबार (३ साल अघि)
राजेश पाठक
गजुरी–३ धादिङ
नदी ठान्छ आगोले भयानक कुरा ठिक हो ।
म सिस्नो हुँ पानी हुन्न घातक कुरा ठिक हो ।
बदल्छौ र के के खोइ बिश्वास लागेन,
ममा झैं तिमीमा छ अराजक कुरा ठिक हो ।
ज–जसले भनून् हरकत मेरो चाहना हो यो !
बनेको हुँ तिम्रै निम्ति बालक कुरा ठिक हो ।
बनोस् यै जुनी आखिर अरू जन्म चाहिँदैन !
यही जिन्दगानी छैन सार्थक कुरा ठिक हो ।
म यो प्रेममा डुब्ने रहर राख्न चाहन्नँ,
दिल हारे लुटेरा बन्छ नायक कुरा ठिक हो ।









प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
| संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
| सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |