Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २०, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

कांग्रेस नेतृत्वले ठूलो चक्रब्यूह र घेराबन्दीमा आफूलाई बन्दी बनायो ः नेता हुमागाई

प्रभातफेरी अनलाइन ७२७ पटक पढिएको प्रकाशित मिति: २०७९ मंसिर १३, मंगलबार (३ साल अघि)
कांग्रेस नेतृत्वले ठूलो चक्रब्यूह र घेराबन्दीमा आफूलाई बन्दी बनायो ः नेता हुमागाई

काभ्रे । नेपाली कांग्रेसका नेता तथा आम निर्वाचन–०७९ मा काभ्रेपलाञ्चोक–२ का प्रतिनिधि सभा उम्मेदवार शिव प्रसाद हुमागाईले आफूलाई प्रारम्भदेखि नै ठूलो चक्रब्यूह र घेराबन्दीमा राखेको खुलासा गर्नुभएको छ ।
विजयी ¥याली तथा धन्यवाद ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेता हुमागाईंले उक्त गुनासो राख्नुभएको हो । गठबन्धनका उम्मेदवारहरुको पनौतीबाट सुरुभएको विजयी ¥यालीपछि धुलिखेलमा आयोजित कोणसभालाई सम्बोधन गर्दै आफूलाई आफ्नै पार्टीका केही नेता तथा कार्यकर्ताले गुमराहमा राखेर निर्वाचन परिणाम उल्ट्याउने खेती गरेको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ ।
सम्बोधनको क्रममा नेता हुमागाईले थप्नुभयो— मलाई काभ्रे निर्वाचन क्षेत्र नम्बर २ का मतदाताहरुले जिताउनु भएको छ तर आफ्नै पार्टीकै आन्तरिक ब्यवस्थापन गर्न नसक्दा प्राविधिक रुपमा हार ब्यहोर्न बाध्य भइयो । सम्बोधनका क्रममा नेता हुमागाई अत्यन्तै भावुक मुद्रामा प्रस्तुत हुँदा उपस्थित जनसमुदायलाई समेत भावविव्हल बनाउनुभएको थियो । ‘म उम्मेदवारको लागि निर्णय भएको प्रारम्भदेखि नै मलाई ठूलो चक्रब्यूह र घेराबन्दीमा राखियो । जसको परिणाम आज स्वीकार्नुपरेको छ ।
नेता हुमागाईले गठबन्धनका अन्य दलका कारण नभई आफ्नै दलका केही व्यक्तिहरुले कतै हलचल नै गर्न नसक्ने गरि चक्रब्यूहमा राखियो तर काभ्रेली मतदाता, लोकतान्त्रिक बाम गठबन्धनका साथीहरु र नेपाली कांग्रेसका इमान्दार एवं नैतिक साथीहरुको जगमा निर्वाचनलाई कडा प्रतिस्पर्धामा लैजान सफल भएका हौँ । ‘त्यसका लागि इमान्दार मतदाता र गठबन्धन दललाई आभार ब्यक्त गर्न चाहन्छु साथै यो अग्नि परीक्षामा सरिक सबै आम मतदाताहरुमा धन्यवाद पनि व्यक्त गर्न चाहन्छु ।’
नेता हुमागाईले आफु यो परिणामबाट विचलित नभएको उद्घोष गर्दै काभ्रेली जनताको सेवामा एक थोपा रगत रहेसम्म समर्पित रहने वचनबद्धता सम्बोधनका क्रममा राख्नुहुँदै बाँचुञ्जेल र शरीरले साथ दिएसम्म निर्वाचनका बेला बोलेका कुराहरु पुरा गर्ने प्रतिबद्धता जाहेर गर्दै काभ्रेको विकास र काभ्रेली जनताको दुःख, सुखमा आफ्नो निरन्तर साथ रहने बताउनुभएको छ । ‘यो हारबाट म कदाबी विचलित हुने छैन । नैतिक, आदर्श र निष्ठाको राजनीति गर्न र सुशासन कायम गर्न प्रतिबद्धतामा अडिग रहन्छु, म पछि हट्ने छैन ।
स्मरण रहोस्, स्थानीयदेखि केन्द्रीयस्तर सम्मको नेताहरुको चलखेलका कारण पराजय भोगेका नेता हुमागाईंले सम्बोधनका क्रममा नाम भने उल्लेख गर्नुभएन तर गुमाउरो पाराबाट इंकित गर्न भने पछि पर्नुभएन ।
लोकतान्त्रिक वाम गठबन्धनले काभ्रेपलाञ्चोकका ६ स्थान मध्ये ५ स्थानमा जित हासिल गरेपछि मतदाताहरुलाई धन्यवाद दिँदै पनौतीबाट सुरु भएको ¥याली बनेपा परिक्रमा गर्दै धुलिखेलमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभा पश्चात निर्वाचित जनप्रतिनिधिहरु साथै पराजय व्यहोर्नुभएका नेता शिव हुमागाई समेत मतदाताको घरघरमा पुग्ने अभियान शुभारम्भ भएको छ ।
काभ्रेको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार सूर्यमान दोङ (लालध्वज) विजयी हुनुभएको छ । सोही निर्वाचन क्षेत्रको प्रदेशसभा (क) मा माओवादी केन्द्रकै रत्न ढकाल र (ख) मा नेपाली काँग्रेसका तीर्थ लामा विजयी हुनुभएको छ । त्यस्तै काभ्रेको प्रतिनिधिसभा २ (क) मा नेकपा (एकीकृत समाजवादी) का लक्ष्मण लम्साल र (ख) मा काँग्रेसका कञ्चनचन्द्र वादेले विजयी हासिल गर्नुभएको छ । कोणसभामा बोल्दै नवनिर्वाचित प्रतिनिधिसभा सदस्य दोङले आगामी ५ वर्षमा समृद्ध काभ्रे बनाउने अठोट व्यक्त गर्दै जनताको अमूल्य मतको अपमान हुने गरी सुशासनमा कुनै कालो धब्बा लाग्न नदिने बताउनुभएको छ । त्यसैगरी कार्यक्रममा प्रदेशसभा सदस्य तीर्थ लामाले काभ्रेको समग्र विकासका लागि कुनै बहाना नबनाई दत्तचित्त भएर लाग्ने ठोकुवा गर्नुभएको छ ।
त्यस्तै बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री समेतको जिम्मेवारी सम्हाल्दै आउनुभएका प्रदेशसभा सदस्य निर्वाचित रत्न ढकालले काभ्रेलाई भ्रष्टाचारमुक्त जिल्ला बनाउने अठोट लिनुभएको छ । त्यसैगरी नेकपा (एकीकृत समाजवादी) का नेता तथा प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले छिट्टै काभ्रेले विकासमा फड्को मार्ने बताउनुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
धुलिखेल सम्बन्धि थप
  • कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

  • गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख १६ गते बुधबार

    २०८३ साल वैशाख १६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0