Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ २०, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

काभ्रेबाट भएका सुन्दर वौद्धिक कामको उदाहरण हो “भमरकोटको नवरङ्ग” (३)

प्रभातफेरी अनलाइन ३१७ पटक पढिएको प्रकाशित मिति: २०७९ मंसिर २७, मंगलबार (३ साल अघि)
काभ्रेबाट भएका सुन्दर वौद्धिक कामको उदाहरण हो “भमरकोटको नवरङ्ग” (३)

मोहन दुवाल, साहित्यकार
तथा जनमतका प्रधानसम्पादक

(६) डा. भरत लामिछाने ः २०१७ साल असार १९ गते भमरकोटमा जन्मिनुभएका भरत लामिछाने नै आजका राजनीतिवृत्तमा सक्रियता निभाउँदै आउनुभएका डा. भरत लामिछाने हुनुहुन्छ । प्रेमप्रसाद नै पछि भरतप्रसाद बन्नुभएका उहाँले २०३४ सालमा प्रवेशिका परीक्षा उत्तीर्ण हुनुभयो । धेरैखालका अनुभव बटुलिसक्नुभएका भरतजीले आफ्ना अनुभवहरुमा आफूले भोग्नुभएका खराव प्रवृत्तिको पनि पटाक्षेप गर्नुभएको छ । दाई विष्णुको प्रभावमा पर्नुभएर बाबुको ट्याङ्काबाट रु.७००।– चोरी गर्नुभई विदेश जाने बहानामा घरबाट निस्कनुभयो । धेरै दुःख खपे बाटोमा, रकम सिध्याएर नौ–दश दिनमा नै घर फर्किनुपरेको कथा लेख्नुभएको छ आफ्नो संस्मरणमा भरतजीले । घरको कठिन काममा सहभागिता जनाउँदै, ठाउँ–ठाउँमा दुध पु¥याउँदै आफूलाई कष्टमा उभ्याउँदै आउनुहुने भरतलाई सर्वमंगलाका प्रअ विश्वनाथ लालकर्णले प्रावि शिक्षकमा २०३४ फागुन १९ गतेदेखि नियुक्ति दिनुभयो । २०३७ सालमा भएको त्यसताकाको शिक्षण आन्दोलनमा पनि उहाँले सक्रियता निभाउनु भयो । त्यसैले उहाँ स्थायी हुन सक्नुभएन । २०४१ पुस १९ देखि उहाँ निजामति सेवामा प्रवेश हुनुभयो ।


सामाजिक जागरण र राजनीतिक सोच–चेत्कै कारणले उहाँ चुपचाप रहेर जागिरे जीवन बिताउन चाहनु भएन । उहाँले पछि पाँचखाल युवा क्लव स्थापनाकालमा उपाध्यक्ष रहनुभएर सेवामात्र पु¥याउनु भएन उहाँले अध्यक्ष भएर समाजसेवामा खटेर लाग्नुभयो । आज गुमनाम रहे पनि उक्त क्लव पाँचखालका लागि ऐतिहासिक क्लवका रुपमा स्मरण गर्ने गरिन्छ । पाँचखालमै ‘नभपूर्व प्रावि’ को स्थापना गर्नुभएर अंग्रेजी भाषाको पढाइमा उच्चता थप्ने प्रयत्न गर्नुभएको थियो । र त्यसताका उक्त विद्यालयका लागि दुईजना शिक्षिकाहरु याङ्दु शेर्पा (सोलुखुम्बु) र डिकी शेर्पा (सिक्किम) लाई मैले व्यवस्था मिलाइदिएको थिएँ ।
उहाँ कम्युनिष्ट आन्दोलन र राजनीतिमा २०४४ सालदेखि नै सक्रिय हुनुभएको र हालसम्म नै सक्रिय हुनुभएको देखिन्छ । म सँग–सँगै निकै ठाउँमा आत्मीयता साट्दै आउनुहुने उहाँले उहाँकै सक्रियतामा जनमत प्रकाशनबाट उहाँका सुपुत्र सन्तोष लामिछानेका दृईटा पुस्तकहरु (१) चामल खानेहरु र चौलानी पिउनेहरु (अंग्रेजी + नेपालीका कवितासङ्ग्रह) र अल्टिमेट आकाश (उपन्यास) प्रकाशन गर्ने जिम्मेवारीमात्र दिएनन् छोरासँग पनि सम्पर्क गराउनु भएर मेरो साहित्यिक यात्रामा साथ पनि दिंदै आउनुहुने मित्र बन्नुभएको छ भरत लामिछाने । उहाँको मन र कार्यमा निश्चलता थपिंदै जाओस् – शुभकामना छ ।
(७) दुर्गा अधिकारी भमरकोटे – मैले पनि बिर्सिसकेको शायद उहाँले पनि बिर्सीसकेका रहेछन् । धेरै वर्ष अमेरिकाको बसाइँले त्यस्तो भएको होला ! तर जब पाँचखालमा भएको ‘भमरकोटका नवरङ्ग’ ग्रन्थको विमोचन समारोहमा पुग्दा उहाँसँगको मेरो स्मरण र त्यस्तै मसँगको सम्झना साटासाट भयो । तसर्थ भन्न सकिन्छ उहाँ पनि २०३६ सालमा भएको शिक्षक आन्दोलनदेखि देखादेख भएका सङ्घर्षशील शिक्षक हुनुहुन्छ । इतिहास, अर्थशास्त्र र राजनीतिशास्त्रमा स्नातक भइसक्नुभएका उहाँले अमेरिकामा क्यासिनो मेनेजमेन्टमा स्नातकोत्तर गर्नुभएको देखिन्छ । २०१७ असोज २९ गते जन्मिनुभएको उहाँले लेखापाल, कृषि प्राविधिक, बैङ्किङमा सेवा पु¥याइसक्नुभएको उहाँले अमेरिकाको क्यासिनो मेनेजरसम्म भई सेवा पु¥याउनुभएको देखिन्छ ।
संसारमा थुप्रै देशहरुमा पुगिसक्नुभएका दुर्गा अधिकारी कविता, कथा, उपन्यास, नियात्रा र लेखरचना पनि लेख्ने गर्नुहुन्छ । हाइकु वर्णमाला, ६०१ झटारा (मुक्तक), त्रिनेत्र (सुसेली काव्य) पुस्तक प्रकाशन गराइसक्नु भएका दुर्गाजीले जहाँ पुगे पनि, जहाँ रहेर रमाउनुभएर जीवन गुजार्नु भए पनि साहित्यलेखन र समाजसेवामा आफूलाई समर्पित तुल्याउन खोज्नुभएको छ । ‘भमरकोटका नवरङ्ग’ पुस्तकका पनि उहाँ सम्पादक हुनुहुन्छ । यस खालको सुन्दर कृति प्रकाशन गर्ने अभियानमा तेजप्रकाश बानियाँसँग भएर उहाँ पनि सक्रिय रहनुभएको परिणति हो यस ग्रन्थको प्रकाशन । भमरकोटस्थित कोटदेवी मन्दिरको पुनः निर्माणका सफल अभियन्ता उहाँ थुप्रै साहित्यिक संस्था, पत्रिकाका आजीवन सदस्य पनि हुुनुहुन्छ ।
आफू बिमारी छँदा बनेपास्थित शीर मेमोरियल हस्पिटलमा गम्भीर रोगले थलिएर उपचार गराउनुभएको उहाँले अमेरिकन डाक्टर स्टरजेसको उचित खालको सेवा पाएकोले अमेरिका पुग्ने उहाँको सपना थियो । पछि अमेरिकन पिसकोर भोलेन्टियर मेरियनले उहाँको इच्छा साकार गरिदिनुभयो । अमेरिकामा जीवनका क्षणहरु मेरियनसँग नै अर्थात् उहाँकै घरमा रहेर आफ्ना उत्सर्गहरु फुकाउनुभयो । २५ वर्षसम्म अमेरिका रहनुभयो, धेरै सुखभोग गर्नुभयो तर उहाँले गाउँ, समाज र देशलाई भुल्न सक्नु भएन । नेपाल फर्कनु भयो । उहाँले आफूसक्दो समाज, देश र जनमनका लागि केही गर्ने सोच बनाउनुका साथै साहित्यलाई मन पराउनुभयो । उहाँ आफ्ना दृष्टि यसरी पोख्नुहुन्छ– “आफ्ना मनमा आएका भावनाहरुलाई अभिव्यक्त गर्ने सशक्त माध्यम साहित्य हुने रहेछ । सुख, आनन्द, दुःख–पीडा, आक्रोस, सन्देश आदि कुराहरु कथा, कविता, लेखरचनाको माध्यमले बाहिर निकाल्दा आत्मसन्तुष्टि र आत्मसम्मान मिल्ने मेरो ठम्याइ छ । अब बाँकी जीवन तन, मन, समय र आफूले खर्च गर्न सक्ने समय लगाएर साहित्यसेवा र साधनामा लाग्ने अठोट छ– धन्य होस् तपाईंको चाहना !
८) बलराम सापकोटा – जीवनका सबैजसो समय शिक्षणसेवामा खर्चिनुहुने सेवक बलराम सापकोटाले जीवनका क्षणहरु दुःखमा, पीडामा, कष्टमा, सङ्घर्षमा बिताउनुभएको देखिन्छ । कार्यक्रममा उहाँ उपस्थित रहनुभएन; सायद म चिन्छु होला ! त्यसैगरी उहाँले पनि, अवश्य चिन्नुभएको होला ! चिनजान साटासाट गर्न पाइएन । ‘भमरकोटका नवरङ्ग’ पढेर नै उहाँबारेको मेरो अक्षर–मोह पोख्न खोजेँ । निम्नस्तरीय कृषक परिवारमा वि.सं. २०१० साल जेठ ५ गते ढुङ्गेपानी गाउँ, भमरकोटमा उहाँ जन्मिनुभएको हो । “गाउँबेसीको खेतीपाती गर्ने, भैंसी, गोरु आदि वस्तुभाउको रेखदेख र वनपाखाको सोतरघाँसको अभिभारा” धान्ने परिवारका उहाँ आफ्नो बाबुको सेवा गर्दा–गर्दै, औषधी उपचारमा लाग्दालाग्दै ३५ वर्षको अल्पायुमा नै देहान्तबाट परेको चोट भोग्नुभयो । बाबु बित्दा उहाँ ७ वर्षको बालक छँदा आमा सुत्केरी अवस्थामा हुनुहुन्थ्यो । साधारण गाउँले परिवार; चोट सहने जीवन भोगेर उहाँले आफ्नो जीवनलाई सङ्घर्षमा होम्नुभयो ।
विभिन्न वाधा– व्यवधानलाई पन्छाउँदै अरनिको राजमार्ग बन्दै गर्दाताका राजमार्गमा गिट्टी कुट्ने काममा लाग्दै पछि राजमार्ग निर्माणमा मजदुर भएर पनि उहाँले काम गर्नुभयो । जीवन बाँच्ने र हुर्काउने अभियानमा निकै कष्टपूर्ण जीवन बिताउनु भयो । पछि काठमाडौंमा कामको खोजीमा लाग्ने क्रममा साहित्यकार कृष्णप्रसाद पराजुलीकै दयामा उहाँ रहनुभएको छिँडीको कोठामा शरण दिनुभयो । साहित्यकार कृष्णप्रसाद पराजुलीसँग बस्न पाएकै कारणले थुप्रै साहित्यकारहरुसँग चिनजान गर्न पाउनुभयो । नेपाल राष्ट्रिय विद्यापीठ नामक संस्थाको उहाँ पिउन पनि बन्नुभयो । दुःखका श्रृङ्खलाहरु बताएर साध्य छैनन् तर पनि उहाँ हार मान्नुभएन । गाउँबाट काठमाडौं पुगे, पुनः काठमाडौंबाट फर्किएर धुलिखेल सञ्जिवनी स्कुलमा कक्षा ९ मा भर्ना हुनुभयो । वि.सं. २०२८ मा मासिक रु.९०।– पाउनेगरी गणेश प्रावि, भमरकोटका प्रा. शिक्षक पदमा काम गर्न थाल्नु भयो । ‘जीवन सङ्घर्ष हो ।’ उहाँको जीवनमा यो लोकोक्ति अक्षरशः लागू भएको देखिन्छ । सर्वमंगला माविमा पनि उहाँले सेवा गर्नुभयो । त्यसपछि उहाँ २०३२ फागुनदेखि जनता निमावि, होक्सेमा शिक्षक भई सेवा पु¥याउनुभयो । २०४४ फागुनदेखि गणेश प्राविमा नै प्रधानाध्यापक भई सेवा गर्नुभयो । २५ वर्ष ३ महिना यही विद्यालयमा उहाँले बिताउनुभयो । कक्षा उकास्दै लग्ने, भवन बनाउने र आफू सेवारत विद्यालयलाई मावि बनाउने योजनामा उहाँ लागिरहनुभयो । २०६६ भित्र जापानीहरुको सहयोगमा १३ कोठे भवन बनाई छाड्न उहाँ सफल हुनुभयो । ४२ वर्ष शिक्षक सेवा पु¥याइसक्नुभएका उहाँको शिक्षण पेसाप्रतिको धारणा यस्तो छ – “शिक्षणलाई मैले सेवामूलक पेशाका रुपमा लिने गरेको छु । तर शिक्षण पेशामा आवद्ध केही साथीहरु अन्य नाफामूलक व्यवसायसँग तुलना गर्न रुचाउनुहुन्छ । यो राम्रो सोचाइ होइन र यस्तो सोच राख्नेले अन्य व्यवसायतर्फ लाग्नु राम्रो हुनेछ भन्ने मेरो धारणा हो ।” उहाँको शिक्षणसेवा सङ्घर्षमय छ – आफ्नो गाउँमा शिक्षालय बनाउन, आदर्श शिक्षक भई गर्नुभएको सेवा अतुलनीय छ – सो कार्यका लागि बधाई भन्न मन लाग्यो ।
(९) डा. सुधारप्रसाद अधिकारी – उहाँका भाई शुभप्रसाद अधिकारीसँग मेरो चिनजान थियो तर सुधारप्रसादसँग त्यसैदिनमा मात्र चिनजान भयो । भद्रता मिसिएको स्वरमा उहाँले आफ्नो परिचय बताउनुभयो । २०१५ साउन २९ गते जन्मिनुभएका अधिकारीले चौतारा, सिन्धुपाल्चोक पुगेर शिक्षक बन्नुभयो । पछि जागिरको क्रममा नेपालगञ्ज पुग्नुभयो । भेरी अञ्चल अस्पतालमा केहीक्षण सेवा गर्नुभयो । वीरगञ्ज अस्पतालमा काम गर्दागर्दै टियु टिचिङ अस्पतालमा एम.बि.बि.एस. को आवेदन खुल्यो र त्यहीँ २०३९ सालमा एम.बि.बि.एस. अध्ययन सकेपछि २०४५ साल आश्विनबाट चिकित्सक बन्न सफल हुनुभयो । २ वर्षपछि रेडियोलजिष्ट विशेषज्ञ हुनुभएका उहाँ इजरायल, भारतको दिल्ली, अगरा, मुम्बई, चेनाई, केरला, इन्दोर, नागपुर आदि विभिन्न सहरहरुमा गोष्ठी, सेमीनारमा भाग लिंदै आफूलाई परिपक्क तुल्याउँदै जानुभयो । यो बाहेक उहाँ थाइल्याण्ड, मलेसिया, सिङ्गापुर, दुबई, जर्मनी, नेदरल्याण्ड, बेल्जियम, फ्रान्समा आफ्नो अध्ययनको क्रममा पुग्नुभयो । वि.सं. २०७० सालमा सरकारी सेवाबाट राजीनामा दिइसक्नुभएका उहाँले आफ्नो पनि सक्रियतामा १०० बेडको बि.पी. स्मृति अस्पताल खोल्नुभयो । हाल उहाँ सर्वमंगला बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्षसमेत रहनुभएका उहाँले समाजसेवाका सन्दर्भमा आफ्नो धारणा यसरी पोख्नुभएको छ – “समाजसेवा भनेको धेरै वृहत् छ र धेरै ठूलो धर्म मैले माथि भनेझैं मेरो बाल्यकालमा हाम्रा बुबाहरुले गर्ने समाजसेवा र अहिलेको समाजसेवामा आकाश जमिनको फरक देख्छु म । उहिलेको समाजसेवा भित्री मनबाट सकिनसकी मानवधर्म सम्झी गरिने थियो भने अहिले गरिने समाजसेवा चाहिँ फाइदा, बेफाइदा हेरेर गरिन्छ ।” यस्तो नहोस् समाजसेवा, समाजसेवा नै होस् निःस्वार्थ सेवाभावको समाजसेवामा मन बसोस् – शुभकामना भनिरहेछु ।
नौजना भमरकोटेहरुको विचार र परिचय भएको ‘भमरकोटका नवरङ्ग’ ग्रन्थको विमोचन गर्न मलाई माया गरेर पाँचखाल डाकेको र पुगेको प्रसङ्ग मेरा लागि पनि अविस्मरणीय र ऐतिहासिक रह्यो । मैले यस ग्रन्थमार्फत् भमरकोटको सम्पूर्ण परिचय मात्र होइन त्यस क्षेत्रबाट उदय पुगेका र राष्ट्र÷जिल्लामा परिचय बाँड्न मिल्ने नौजना स्रष्टा/द्रष्टा, शिक्षासेवी, समाजसेवी, चिकित्सकलाई मनमा राखेर छाम्न पाएको छु । मैले शीर्षकमा लेखेजस्तै यो ग्रन्थ राष्ट्रकै लागि उदाहरणीय ग्रन्थ हुन गएको छ – सम्पूर्ण मित्रहरुमा शुभकामना र बधाई छ ।

०००

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
साहित्य सम्बन्धि थप
  • बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

  • नेपाल स्रष्टा समाजले गर्याे बृहद आत्मपरक निबन्ध गोष्ठी

    नेपाल स्रष्टा समाजले गर्याे बृहद आत्मपरक निबन्ध गोष्ठी

  • एउटा फेरि चोर पहरेदार छान्दै छौ

    एउटा फेरि चोर पहरेदार छान्दै छौ

  • डा.योगीको निबन्धकृति चेतना यात्रा लोकार्पण

    डा.योगीको निबन्धकृति चेतना यात्रा लोकार्पण

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    च्याम्राङवेशीका मतदाताको घरदैलोमा नेकपाका उम्मेदवार हुँमागाई

    च्याम्राङवेशीका मतदाताको घरदैलोमा नेकपाका उम्मेदवार हुँमागाई

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0