Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १५, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सांसदको लोगो फिर्ता गर

प्रभातफेरी अनलाइन ४३० पटक पढिएको प्रकाशित मिति: २०७९ पौष १९, मंगलबार (३ साल अघि)
Post Thumbnail

जनताले उपहार स्वरुप दिएको पगरी खोसेर फिर्ता लिदा पनि किन लाज लाग्दैन होला नेतालाई । ०७४ के संघीय निर्वाचनमा निर्वाचित भएका संघीय सांसदहरूलाई परिचयको लागि लोगोको व्यवस्था गरियो । जुन कार्य अत्यन्त शोभनीय थियो, जसका कारण परिचय खुल्ने हुँदा हर क्षेत्रमा लोगो छुट्टै अर्थ राख्ने गर्दैथियो । नेपाली जनताले नेपाल र नेपालीको हितको खातिर कार्य गर्ने जिम्मेवारी दिदै पगरी प्रदान गरे । जसका कारण संघीय सांसदको लोगो पाए । फलस्वरुप जनताको नजरमा असफल ठहर्याउँदै जनताले लगाई दिएको पगरी फिर्ता गरे तर पनि लाजै नमानी लोगो कोटमा ढल्कदै छ ।
नभएको पद भएको भन्दै हिड्नेलाई कानुनी कारवाहीको व्यवस्था रहेको छ तर पद सकिएका संघीय सांसदहरुले कोटमा लोगो टल्काएर हिँडनु पनि सर्वसाधारण जनतालाई भ्रम पार्नु हो । लोगोको दुरुपयोग हो, कानुनको धज्जी उडाउनु हो, लोगोकै आधारमा अपरिचित समाजमा आफ्नो हैसियत कायम गराउन खोज्नु हो । नैतिकताको आधारमा लोगो सम्बन्धित ठाममा बुझाउँदैन भने कानुनी उपचार गर्न जरुरी रहन्छ । कतिपय अपरिचित स्थानहरूमा मुद्दा मामिला मिलाउने नाउँमा कोटमा लोगो टल्किएकै हुन्छ । जसको कारण छलफलमा जुटेकाहरू भ्रममा पर्नु स्वभाविकै हो ।
संघीय संसद्का सदस्यले ’लोगो’ लगाउन पाउने व्यवस्था सरकारले गरेको हो जुन परिचयका कारण संसद्मा सहजै प्रवेश गर्ने अवसर पाउँछन् । संसद् भवनभित्र प्रवेश गर्दा ’लोगो’ नदेखेमा सुरक्षाकर्मीले सोधपुछ गर्न सक्ने भएकोले सांसदले अनिवार्य लोगो लगाएर संसद् भवन प्रवेश गर्नुपर्ने हुन्छ । इज्जत मागेर हैन कमाउन सिक्नुपर्छ‚ नपाएको अधिकार भएको भन्दै पगरी गुथ्दै अरुलाई झुक्याउन खोज्नु कानुनी रुपमा अपराध हो । जसको कारण जनताको नजरमा थप गिर्दै जाने प्रबल सम्भावना रहन्छ । पूर्व सांसदको नाताले कोटमा लोगो झुन्ड्याउन हुँदैन भन्ने जानकारी हुँदा हुँदै जबरजस्ती गर्नु आफैले बनाएको नियम आफैले उलङ्घन गर्नु हो ।
२०७९ मङ्सिरमा सम्पन्न निर्वाचनबाट निर्वाचित सांसदहरूको सम्मान साथै नपाएको पगरी गुथ्ने कार्यको अन्त्य गर्दै सांसदको लोगोमा दुरुपयोग नहुनको लागि फिर्ता गर्न जरुरी रहन्छ । पूर्व विशिष्टहरूले पाउने अधिकारको समेत दुरुपयोग हुँदै गरेको निकै चर्चा रहेको छ । जुन चर्चाले गर्दा नेपाली जनताहरूको नजरमा दलहरूप्रति विश्वास गुम्दै गएको छ । दलहरू प्रतिको विस्वास लाई खस्कन नदिनको लागि आफूहरूले पाउने सुविधा भन्दा बढि सुविधा लिने कार्यमा सकृय नहुँदै राम्रो हुने छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    बालेन सरकारले गरेको निर्णयले आशा पलायो उपाध्यक्ष :तिमल्सिना

    Post Thumbnail

    घाम उज्यालोको प्रतीक मात्र होइन सकारात्मक ऊर्जाको प्रतीक पनि हो

    Post Thumbnail

    संघीय संरचना अनुसार नेपाल रेडक्रस सोसाइटी बिकेन्द्रीकृत ढांचामा गएको छ ।

    Post Thumbnail

    नेत्ता प्रचण्डको सपना साकारको पहिलो खुड्किला नै संघीय संसदमा देखियो

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0