राजु क्षेत्री अपूरो
जोई पोइको चर्को आवाज सुनेर छिमेकका केही मान्छेहरू उनको आँगनमा देखा परे । ती मध्ये एकजनाले सोधे; “होइन, कहिले पनि चर्को आवाज नआउने यो घरबाट आज एकाबिहानै के को हल्लाखल्ला हो ? के भयो ?”
“के हुनु नि, ल हेर्नुस् त, यसकी प्यारी छोरी पोइला भागिछ “भन्दै गुटुमुटु पारेको कागज फुकाउँदै देखाए । आफ्नी छोरी कोसँग बोल्दै छे ? कोसँग हिमचिम गर्दैछे भन्ने ख्याल राख्नु पर्दैन ? भन्दै रिस जति उनले आफ्नि श्रीमति तिर पोख्दै थिए ।
“बढेकी छोरीको २४ सै घण्टा अगाडि पछाडि लाएर को हिड्न सक्छ त नि ? हजुरलाई फुर्सद भयो कि राजनिती र नेतागिरी गर्दै ठिक्क छ । आफू पनि ख्याल राख्नु नि !” – श्रीमती जवाफ फर्काउँदै थिइन्ँ ।
“गएपनि आफ्नो जातभात मिल्दो सँग जानू, बराबरी हैसियत भएकोसँग जानू ! अब मलाई यी गाउँलेहरूले के भन्लान् ?” उनी रिसले मुर्मुरिँदै थिए ।
“सबैले आ –आफ्नो भाग्य लेखेर ल्याएका हुन्छन् । जे हुनुछ ,त्यो भएरै छाड्छ ।बाँकी समयलाई छाडिदेउ भो ! भन्दै छिमेकीहरू आ–आफ्नो घरतिर लागे ।
रिसले रन्थनिएका उनको मुहार एकाएक उज्यालियो । परार साल जेठी छोरी बिहे गर्दा लागेको ऋण, जो चुक्ता गर्न अझै बाँकी थियो ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |