Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १५, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

बाँझो र भिरालो जमिनमा व्यावसयिक “बोधीचित्त” खेति

प्रभातफेरी अनलाइन १०११ पटक पढिएको प्रकाशित मिति: २०७९ माघ १८, बुधबार (३ साल अघि)
बाँझो र भिरालो जमिनमा व्यावसयिक “बोधीचित्त” खेति

रेनुका कार्की, त्रीयुगा–६, उदयपुर

बोधिचित ः
बोधि + चित यी दुई शब्दहरु मिलेर बनेको छ । जसको अर्थ बोधि अर्थात स्वच्छ बुद्धि र चित अर्थात मन । यसको समग्र अर्थ भन्नुपर्दा स्वच्छ सफा मन र बुद्धिको लागि यो माला बहुउपयोगी हुने बौद्ध धर्मावलम्बीहरुको विश्वास मालाको जप गरेमा राम्रो लाभ हुने धार्मिक विश्वास रहेको छ । बोधिचित माला जति धेरै पुरानो हुँदैजान्छ, यसको रेखाहरुमा उति नै धेरै चमक आउँदै जान्छ । यो माला जति पुरानो भयो त्यत्ति नै राम्रो मानिन्छ ।
नेपालमा मात्र पाईने यो दुर्लभ वनस्पति प्रकृतिको अनुपम उपहार मानिन्छ । नेपालबाहेक संसारका अन्य कुनैपनि मुलुकमा नपाइने भएकोले यसलाई अंग्रेजीमा इन्डेमिक टु नेपाल ९क्ष्लमझष्अ तय ल्भउब०ि भनिन्छ । यसको फल र बोट दुबैलाई बोधिचित्त वा बुद्धचित्त भनिन्छ । केहि बर्ष अघिसम्म काभ्रे जिल्लाको तिमाल क्षेत्रमा मात्र यसको खेति गरिने गरेकोमा हाल आएर नेपालका सबैजसो ठाउँमा यसको खेति सुरु गरिएको छ । तिमाल क्षेत्रका बासिन्दाहरु बोधिचित्तलाई फ्रङबा माला पनि भन्दछन् । यसलाई तिब्बती भाषामा ठेङ्गा र चिनिया भाषामा फङ्ग याङ फू थी भनिन्छ । बुद्ध धर्मालम्बीहरुका अनुसार बोधिचित्तको बिरुवा सर्बप्रथम गुरु पद्मशंभवले काभ्रेपलाञ्चोक जिल्लाको तिमाल क्षेत्रमा रोपेका र स्थानीय जनतालाई चिनाएका थिए ।
उत्पत्तिः
सातौं शताब्दीको मध्यकाल तिर भारतबाट नेपाल हुँदै तिब्बत जाने क्रममा बौद्ध धर्मगुरु रिम्पोछे (पद्म सम्भव) नेपालको काभे्रको तिमाल हुँदै जानु भएको थियो । हाल उक्त स्थान यारिनाग (धेलुङ पहरा) भनी प्रख्यात छ । उक्त स्थानमा गुफा रहेको छ । जसभित्र बुद्ध धर्मसंग सम्बन्धित विभिन्न वस्तुहरुको आकृति अहिले पनि देख्न सकिन्छ र गुफा बाहिर गुरु पद्म सम्भवको जुत्ताको शिला देख्न सकिन्छ । गुरु रिम्पोछे (पद्म सम्भव) त्यस स्थानमा तपस्या पश्चात उक्त स्थलमा बोधिचित मालाको बिउ÷बिजन छरेर आफ्नो गन्तव्य तिर पाल्नु भएको थियो भनी बौध धर्मग्रन्थ पेमा काथाङ्गमा उल्लेख गरीएको पाइन्छ । उक्त समय देखी नै यो बोधिचित माला प्रचलनमा आइरहेको छ ।
महत्वः
विशेष गरी बोधिचित माला बौद्ध धर्मालम्बीहरुले प्रयोग गर्ने गरेको पाइन्छ । यसको प्रयोगबाट मन स्थिर हुने चित्त शुद्ध तथा शान्त हुने विश्वास रहेको छ । बोधिचित काभ्रेको तिमाल क्षेत्रमा परापूर्वकालदेखि नै फल्दै आएको छ । यसको प्रयोग र महत्वबारे हाल आएर व्यापक चर्चा भईरहँदा यसलाई अति महत्वका साथ भएकोले बौद्धमार्गीहरुले यस मालाको महत्व महसुश गरी यस मालाको मागमा दिनानुदिन वृद्धि भईरहेको यो अवस्थामा व्यावसायिक रुपमा तिमाल लगायतका आसपासका अन्य क्षेत्रमा पनि यसको बिरुवा रोप्ने कार्य भईरहेको छ । बिरुवाको बढ्दो मागलाई ध्यानमा राखी बुद्ध फलफूल नर्सरीबाट विविध अध्ययन तथा अनुसन्धान गरी बिउ बिजन राखी गुणस्तरीय बिरुवा उत्पादन गर्ने कार्य भईरहेको छ । बोधिचितको सफल कमली परीक्षण गरी यस बिरुवा उत्पादन गर्ने पहिलो नर्सरी “बुद्ध फलफूल नर्सरी” बन्न सफल भएको छ । नेपालमा मात्र पाइने बोधिचित विश्व बजारमा व्यापारको लागि निकै फाइदाजनक हुने देखिन्छ ।
खेती प्रविधिः
बोधिचितको बिरुवा समशितोष्ण वर्गमा पर्ने बिरुवा हो । यसलाई पुष, माघमा रोप्नु उत्तम मानिन्छ । तर पनि उचित हेरचाह गरेमा असार साउनमा पनि यो बिरुवा रोप्न सकिन्छ । यसलाई समुन्द्रि सतहबाट ४०० देखि २००० मिटर सम्मको उचाइमा सफल खेती गर्न सकिन्छ । बिरुवा रोप्नको लागि थोरैपानी पर्ने सुख्खा ठाउँ धेरैजसो रातो माटो भएको ठाउँमा यसको खेती राम्रो हुन्छ । बिरुवा राम्रोसंग हुर्किएपछि अन्य बिरुवालाई झै यसलाई स्याहार नगरे पनि हुन्छ । यो बिरुवा रोप्दा ५ मिटरको दुरी कायम गरी रोप्नु उत्तम हुन्छ । बिरुवा रोपेपछि आवश्यक मात्रामा त्यसलाई सिंचाई, मलखाद तथा गोडमेलको उचित प्रबन्ध मिलाउनुपर्छ ।
बोधिचित्त माला (बोलीचालीमा बुद्धचित्त) तामाङ समुदाय र विशेषगरी तिब्बती तथा चिनियाँ समाजमा धार्मिक एवं सांस्कृतिक प्रयोगमा आउने जप गर्ने माला हो । यो एक प्रकारको वनस्पतिमा फल्ने गर्दछ । खास गरी परापुर्वकाल देखी काभ्रेको तिमाल क्षेत्रमा मात्रा यसको विरुवा पाइंदो रहेछ । यसको प्रयोग र महत्व बारे हाल आएर व्यापक चर्चा भईरहदा उच्चा बजारमूल्यले गर्दा किसान र व्यवसायीलाई अत्यन्तै फाईदा भैरहेको छ । अत्यादिक माग र उच्चा मुल्यको कारण व्यवसायिक खेति तथा सौख र आम्दनीका लागि गमलामा पनि रोप्न सकिने भएकोले विरुवा उत्पादन गरी धमाधम ब्रिक्री गरिरहेका छौ ।
बजार मुल्यः
बोधिचित्त मालाको बजार मूल्य यसको प्रकार र साइज अनुसार निर्धारण हुन्छ । हाल फली रहेको प्रकार अनुसार ३ देखी ७ मुखे सम्मको मुल्य प्रती गोटा रु. ४ सय देखी ४ लाख सम्मा पर्छ । त्यसै गरी दुई मुखे मालाको भने साइज अनुसार मुल्या हुन्छ; ७ मिमी को १०८ गेडा (एक माला) रु. ४ लाख पर्छ भने साइज बढ्दै जांद मुल्य कम हुंदै जान्छ । अन्त्यममा सबभन्दा ठुलो साइजको माला भने पाथिमा भरेर २५ हजार देखी ३० हजर सम्ममा बेचिन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
लेख सम्बन्धि थप
  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • मार्साबको आधा घण्टा

    मार्साबको आधा घण्टा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    बालेन सरकारले गरेको निर्णयले आशा पलायो उपाध्यक्ष :तिमल्सिना

    Post Thumbnail

    घाम उज्यालोको प्रतीक मात्र होइन सकारात्मक ऊर्जाको प्रतीक पनि हो

    Post Thumbnail

    संघीय संरचना अनुसार नेपाल रेडक्रस सोसाइटी बिकेन्द्रीकृत ढांचामा गएको छ ।

    Post Thumbnail

    नेत्ता प्रचण्डको सपना साकारको पहिलो खुड्किला नै संघीय संसदमा देखियो

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0