Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १५, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

यथार्थवादी नाटककार ः भीमनिधि तिवारी

प्रभातफेरी अनलाइन ५६६ पटक पढिएको प्रकाशित मिति: २०७९ चैत्र ९, बिहिबार (३ साल अघि)
यथार्थवादी नाटककार ः भीमनिधि तिवारी

मोहन दुवाल, वरिष्ठ साहित्यकार

यो कस्तो विलक्षण देश हो
यो सा¥है अद्भुत देश हो
सिनु खाने कागलाई
विष्टा खाने कुकुरलाई पुज्ने देश हो ।

यो देश कवितामा व्यक्त भएका हरफहरु पढ्दा थाहा हुन्छ भीमनिधि तिवारीका कविताहरु समाजपरक विषयमा प्रवाहित भएर लेखिएका छन् । यिनका सबैजसो कविताहरु सरल र सरस छन् । धेरै लेखेर र छापिएर पनि थोरै चर्चामा हुने साहित्यकारहरुमध्ये यिनी पर्छन् । कथा, नाटक र कवितामामात्र होइन उपन्यास, निबन्ध, प्रबन्धमा समेत समाज, देश, जनजीवनका चित्र उतार्न सफल साहित्यकारका रुपमा प्रख्यात छन् भीमनिधि तर यिनको उचित मूल्याङ्कन भएको छ जस्तो लाग्दैन । जागीरे जीवन भोेगेर बचेको अतिरिक्त फुर्सदको समयमा साहित्य लेख्न मन पराउने यिनले साहित्य भण्डारमा थुप्रै कृतिहरु छोडेर गए अनि साहित्यमा विशिष्ट नाम पनि बनाए । तर यिनको कृतिगत विवेचना जति हुनुपर्ने हो त्यति भएको देखिँदैन । दुइटी छोरीहरु बेन्जु शर्मा र मञ्जु काँचुलीले तिवारी साहित्य समितिमार्फत् भीमनिधि तिवारीको कृतिगत मूल्याङ्कन गराउन सक्रिय छन् । यो देशको विडम्बना मानिन्छ अर्थात् भनिन्छ यहाँ आफ्नो मूल्याङ्कन आफैले गर्नुपर्छ अर्थात् आफ्नै परिवारका सदस्यहरुबाट प्रतिभाहरुको लेखाजोखा गर्ने चलन चल्दै आएको छ ।


सिद्धिचरण श्रेष्ठको कार्यक्रम छोरा रविचरणले गर्नुपर्छ, भूपि शेरचनको सालिक श्रीमती कान्ति शेरचनले राख्न लगाउनु पर्छ, पदमप्रसाद देवकोटाले देवकोटाको स्मरण गराउन भनसुन गर्नुपर्छ । थुप्रै लिष्ट बन्लान् ….. यहाँ यस्तै–यस्तै पो चल्छन् । त्यसैले भीमनिधि तिवारीको समग्र विश्लेषण गर्न र गराउन बेन्जु÷मञ्जुहरु नै कस्सिएर लाग्नुपर्ने बाध्यता छ ।
इन्साफ नाटकका उपन्यासकार तिवारीले सामाजिक कहानीका जेठो भागदेखि मन्तरे भागसम्म जम्मा १० वटा सङग्रह निकालेर नेपाली साहित्यिक इतिहासमा उपन्यास र कथाका समग्र संरचनाभित्र एउटा आफ्नै खालका बिम्ब सिंचन गरेर जान सफल छन् । आत्महत्यादेखि सहनशीला–सुशीला हुँदै १९ वटा नाटक प्रकाशित गराएर आफूलाई नाटक यात्रामा लाग्न दिएका नाटककार भीमनिधिले नाटकमा पनि सामाजिक पात्र–पात्राहरुलाई उभ्याएर समाजकै परिवेश खिँचेर आफूलाई यथार्थवादी नाटककारका रुपमा उभ्याएर गएका छन् । कविता काव्यमा पनि आफ्नो तीखो कलम चलाएर गएका यिनले यशस्वी शवदेखि सिंहदरवारसम्म पुगेर १२ वटा कवितासङग्रहहरु नेपाली साहित्य भण्डारमा छोडेर गएका छन् । कविता पङ्क्तिहरुमा व्यङ्ग्य भरेर समसामयिक विषयलाई प्रस्तुत गर्न सिपालु कवि रहेकै कारणले उनका धेरैजसो कविताहरु सरल र सरस छन् । उदाहरणका लागि केही पङ्क्तिहरुः
शिरमाथि छाता ओढ्ने होइन,
मुटुमा छाता ओढ्नुपर्छ
ए कर्णधार नेता हो !
ए राजनैतिक विजेता हो !
मुटुमा छाता ओढ्नुपर्छ !
मुटुमा छाता नओढ्नेहरुले राज्य चलाएकै कारणले देशमा बेथिति बढेको हो । यस खालको दृष्टि–चेत् भर्न सिपालु भएकै कारणले यिनी समाजचेत् भएका चेतनशील कवि मानिन्छ । कविता उनको परिभाषामा यसरी व्यक्त भएको छ ः
कविता कलमले लेखिन्न, मुटुले लेख्नुपर्छ
सौन्दर्य आँखाले देखिन्न, भावनाले हेर्नुपर्छ ।
कविता, सविता जस्तै हो ः अति व्यापक हुन्छ
कविता, सरिता जस्तै हो ः अनन्तसम्म बहन्छ ।
४४ वटा कृति÷ग्रन्थ दिएर नेपालीभाषा साहित्यलाई अझ उजागार गरेर गएका तिवारीको योगदान विशाल र फराकिला छन् । साहित्य लेखनलाई सरल भाषामा प्रस्तुत गरेर मानवीयतालाई विषय बनाएर लेखक बनेका यिनले आफ्नो साहित्यिक विषयवस्तु देश र समाजलाई आंकलन गरेर गए । उनी मानवीय मूल्य र मान्यतालाई विश्वास गर्छन् र मान्छेभित्र र बाहिर रहेका मानवीय चेत्लाई प्रगतिमुखी बनाउन कलममार्फत प्रयास गर्छन् । उनको शोख र जीवन–दर्शन नै साहित्य बन्यो । तितौरा र मस्यौरा (हास्यव्यङ्ग्य कविता) मार्फत यिनले विकृति सोच्नेहरुको झाँक्रो झार्न सफल छन् । पन्ध्र पल्लव यिनको चर्चित निबन्धसङ्ग्रह हो ।
वि.सं. १९६८ फागुन ३० मा जन्मेर वि.सं. २०३० जेठ १९ मा अवसान भएका भीमनिधि तिवारीसँग मेरो सम्पर्क र चिनजान हुन् पाएन तर पनि उनका साहित्यिक कृतिहरु मन परेकै कारणले र सुविधा सम्पन्न ठाउँ काठमाडौंमा जन्मेर सुविधा भोग्न सक्ने सम्पन्न जागिरे मान्छे भएर पनि साहित्यलाई मन दिएर सिर्जना र साधना गरिरहेकै कारणले भीमनिधि तिवारीलाई जनमतमार्फत साउन २०४६ मा भीमनिधि स्मृति अङ्क निकालेर सम्मान गर्न पाएको छु । बनेपाको माटोमा नै भीमनिधि तिवारीकी कान्छी छोरी मञ्जु काँचुलीलाई जनमत सम्मान दिन पाउँदाको सुखानुभूति मेरो लागि सधैंका लागि अविष्मरणीय क्षण बनेका छन् ।
नन्दकुमारी र लालनिधि तिवारीका सुपुत्र भई डिल्लीबजार काठमाडौंमा जन्मेका यिनका प्रकाशित कृतिहरुमा काव्य, नाटक, कथा, उपन्यास, गजल, प्रबन्ध गरी ५० सौं साहित्यिक कृतिहरु प्रकाशित छन् । यथार्थवादी नाटककारका रुपमा प्रख्यात भीमनिधिका सबैजसो कृतिहरु समाजपरक छन् ।
भीमनिधि तिवारीको अवसान भएको ३५ वर्ष पुगिसकेको छ । उनले धेरै वर्ष अघि लेखेर गएका यी शब्दहरु आज पनि जस्ताको तस्तै छन् –“म आफ्नो सिद्धान्तमा अडिग नै थिएँ र मैले भनें – प्रज्ञा प्रतिष्ठानको सदस्य भएर मात्र लेख्न सकिने होइन । लेख्ने खूवी अर्कै हो । चौध वषर््ासम्म सदस्य भएर बस्नेले के कति लेखे, मैले प्रशासनमा बसेर पनि कति लेखें, खोइ यो देशमा प्रतिभा र परिश्रमको मूल्याङ्कन गर्ने मानिस ?” भीमनिधि तिवारीले भनेर गएजस्तै आज पनि प्रतिभा र परिश्रमको मूल्याङ्कन भइरहेको छैन । यो देशको नियति यस्तै हो भन्नुपर्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
साहित्य सम्बन्धि थप
  • बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

  • नेपाल स्रष्टा समाजले गर्याे बृहद आत्मपरक निबन्ध गोष्ठी

    नेपाल स्रष्टा समाजले गर्याे बृहद आत्मपरक निबन्ध गोष्ठी

  • एउटा फेरि चोर पहरेदार छान्दै छौ

    एउटा फेरि चोर पहरेदार छान्दै छौ

  • डा.योगीको निबन्धकृति चेतना यात्रा लोकार्पण

    डा.योगीको निबन्धकृति चेतना यात्रा लोकार्पण

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    बालेन सरकारले गरेको निर्णयले आशा पलायो उपाध्यक्ष :तिमल्सिना

    Post Thumbnail

    घाम उज्यालोको प्रतीक मात्र होइन सकारात्मक ऊर्जाको प्रतीक पनि हो

    Post Thumbnail

    संघीय संरचना अनुसार नेपाल रेडक्रस सोसाइटी बिकेन्द्रीकृत ढांचामा गएको छ ।

    Post Thumbnail

    नेत्ता प्रचण्डको सपना साकारको पहिलो खुड्किला नै संघीय संसदमा देखियो

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0