Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ७, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

तेमाल गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

प्रभातफेरी अनलाइन ६४९ पटक पढिएको प्रकाशित मिति: २०८० जेष्ठ १८, बिहिबार (२ साल अघि)
तेमाल गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

तेमाल गाउँपालिकाको एघारौं गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष श्री दलमान थोकर ज्यूले प्रस्तुत गर्नु भएको आ।व।०७९/०८० कोबजेट

सभाका अध्यक्ष एवं गाउँपालिका अध्यक्ष ज्यू सभाका सदस्यज्यूहरु ।

१.गाउँपालिकाको सम्मानित एघारौं गाउँसभा समक्ष गाउँपालिको भाविसोच एवं जनआकांक्षा समेटिएको  आर्थिक वर्ष २०७९।८० को समग्र नितिलाई कार्यक्रम मार्फत कार्यान्वयनमा ल्याउन दस्तवेजको रुपमा बजेट प्रस्तुत गरिरहँदा मैले अत्यन्तै गर्वको महसुस गरेको छु । आर्थिक वर्ष २०७९।८० को बजेटले गाउँपालिकाको सामाजिक, आर्थिक, रोगजार र दिगो तथा वातावरणमैत्री पूर्वाधार विकासमा रणनैतिक महत्व राख्ने अपेक्षा राखेको छ । यस महत्वपूर्ण अवसरमा नेपालको राजनितिक परिवर्तनमा जीवन बलिदान गर्नुहुने सम्पूर्ण ज्ञातअज्ञात शहिदहरु प्रति भावपूर्ण श्रद्धञ्जली व्यक्त गर्दछु ।

२. राजनैतिक, सामाजिक, संस्कृतिक परिवर्तनमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने सबै अग्रजहरु प्रति आदरभाव प्रकट गर्दछु । स्थानीय तहको हालै सम्पन्न निर्वाचनबाट जनताको अपार माया तथा भरोसाका साथ तेमाल गाउँपालिकाको विकास र समृद्धिको नेतृत्वमा विजय गराउनु भएको छ ।

यस अवसरमा सम्पूर्ण गाउँबासी जनसमुदाय प्रति हार्दिक आभार एवं धन्यवाद प्रकट गर्न चाहान्छु । “सुशासन सहितको विकास आजको आवश्यकता पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारमा हाम्रो प्राथमिकता” भन्ने मूल नारालाई आत्मसात गर्न शिक्षा स्वास्थ्य, रोजगारी, उत्पादन, खानेपानी, दिगो पूर्वाधार निर्माण तथा प्रभावकारी सेवा प्रवाह मार्फत सुशासन कायम गरी गाउँपालिकावासीलाई परिवर्तनको प्रत्यक्ष लाभ पुर्याउन गाउँपालिका कटिवद्ध रहेको जानकारी गराउन चाहन्छु ।

३. अब म आगामी वर्ष २०७९ । ८० को बजेटका उद्देश्य प्रस्तुत गर्ने अनुमति चाहन्छु । बजेटका उद्देश्यहरु निम्नानुसार प्रस्तुत गरिएको छ ।

१. उत्पादन वृद्वि र रोजगारी श्रृजना साथै वैदेशिक रोजगारीबाट फर्केका युवाहरुको उचित पहिचान
गर्ने,

२. आर्थिक, सामाजिक स्थिरता तथा समष्टिगत स्थायीत्व कायम राख्ने,

३. जनचाहाना वमोजिम पूर्वाधार निर्माण गरी तिव्र र दिगो आर्थिक विकास गर्ने,

  

४. गाउँपालिकाद्धारा प्रदान गरिने सेवा प्रवाहमा सबै नगारिकहरुको सरल र सहज पहुँच स्थापित
गर्ने ।

४. अब म आगामी वर्ष २०७९ । ८० को बजेटका उद्देश्य तथा प्राथामिता प्रस्तुत गर्ने अनुमति चाहन्छु । बजेटका उद्देश्यहरु निम्नानुसार प्रस्तुत गरिएको छ ।

क. दिगोपूर्वाधार र उच्च आर्थिक वृद्धि र विकास आधारशीला निर्माण

ख. गुणस्तरिय उत्पादन र उत्पाकत्वमा वृद्धि,

ग. कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायिकरण र विविधिकरण,

घ. शिक्षा, स्वास्थ्य, खानेपानी र सरसफाईमा उचित लगानी र प्रवर्द्धन, ङ. सार्वजनिक प्रशासनको सवलिकरण र सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग, बजेटले राखेको उद्देश्य एवं प्रथामिकता कार्यान्वयन गर्न संघीय सरकार, प्रदेश सरकार, छिमेकी स्थानीय तहहरुबीच समन्वय एवं साझेदारी गरिनेछ ।

विनियोजन हुने बजेट र वार्षिक कार्यक्रमलाई निति तथा बजेटका प्रथामिकता र उद्देश्यसँग तादात्म्यता कायम गर्ने अधिकतम प्रयास गरिएको छ ।

सभाका अध्यक्ष एवं गाउँसभाका स सदस्यज्यूहरु,

५. अब म यिनै चुनौती, उद्देश्य र प्रथमिकताको आधारमा तयार गरिएको आगामी आर्थिक वर्ष २०७९।८० को कूल राजश्व, आय र व्ययको अनुमानित विवरण यस गरिमामय सभा समक्ष प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

अन्तमा,
प्रस्तुत बजेट तर्जुमा गर्ने प्रक्रियामा प्रत्यक्ष तथा परोक्षरुपमा सहयोग पुर्याउनुहुने गाउँसभा प्रमुखज्यू, कार्यपालिका सदस्यज्यू, गाउँसभा सदस्यज्यू, विज्ञ महानुभाव, राजनीतिक दलका प्रतिनिधि एवं राजनीतिज्ञ, सञ्चारजगत्, नागरिक समाज, निजि क्षेत्र एवं विकास सहयात्री लगायत सम्पूर्ण गाउँबासी दाजुभाई तथा दिदिवहिनी तथा अहोरात्र खटिने गाउँपालिकाका सम्पूर्ण कर्मचारी मित्रहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु । यसै आय र क्षेत्रगत व्यय समेटिएको रातो पुस्तिका शिघ्र सार्वजनिक गरिने व्यहोरा यस सम्मनित गाउँसभा समक्ष जानकारी गराउछु ।

धन्यवाद

दलमान थोकर (डि.एम. थोकर)

उपाध्यक्ष तेमाल गाउँपालिका

मिति २०७९ आषाढ १५ गते बुधबार

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
नीति तथा कार्यक्रम सम्बन्धि थप
  • Post Thumbnail

    पनौती नगरपालिकाको आर्थिक वर्ष २०८२-८३ को नीति तथा कार्यक्रम

  • खानीखोला गाउँपालिकाको सत्रौं गाउँ अधिवेशन सम्पन्न, ५२ करोड २३ लाखको बजेट सर्वसम्मत पारित

    खानीखोला गाउँपालिकाको सत्रौं गाउँ अधिवेशन सम्पन्न, ५२ करोड २३ लाखको बजेट सर्वसम्मत पारित

  • बेथानचाेक सरकारकाे आ.व. २०८०/०८१ काे नीति तथा कार्यक्रम

    बेथानचाेक सरकारकाे आ.व. २०८०/०८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    खानीखोला गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0