योगश्चित्तवृत्तिनिरोधः ।। योगसूत्र ।।
अर्थात चित्त र वृत्तिको निरोध नै योग हो । योगको अर्थ जोड्नु हो । योग एक विशेष कृया हो । योग कृयाले मानिसको चेतना र शरिरबिचको सम्बन्धलाई जोड्ने काम गर्दछ । मन र मस्तिष्कको सम्बन्धलाई नै योग भनिन्छ । योगबाट मानसिक शान्तिका साथै रोग प्रतिरोध क्षमताको समेत वृद्धि हुने विश्वास गरिएको छ । योगलाई ध्यानको आधार मानिन्छ । शारिरिक स्वास्थ्य, मानसिक स्वास्थ्य, ज्ञान, त्याग, वैराज्ञता जस्ता योगका अनेकौं आयाम छन् । यि अनेकौं आयाम मध्ये व्यक्तिको शारिरिक अवस्था तथा विशेष ठाँउ अनुसार केही भौगोलिक अवस्थिति अनुसार पनि योगलाई उपयोग गर्न सकिन्छ । वर्तमान समयमा हरेक व्यक्तिलाई तनावबाट मूक्ति चाहिएको छ । शान्ति चाहिएको छ । एकान्तपन चाहिएको छ । हाँसो सहितको खुशि चाहिएको छ । यि सबै प्राप्तीका लागि सबैलाई योगाभ्यास अनिवार्य छ ।
नेपाली पात्रो अनुसार आज अर्थात प्रत्येक वर्ष असार ६ गते बुधबार एवं विदेशी पात्रो अनुसार जुन २१ तारिखका दिन विश्वभर नवौं अन्तर्राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाईंदै छ । यो दिनलाई वर्षहरु मध्येकै लामो दिनको रुपमा चिनिन्छ । आजैको दिनलाई लामो दिनको सांकेतीक रुप पनि के हो भने योग गर्ने हरेक मानव स्वस्थ भएर लामो समयसम्म बाँच्छ भन्ने प्रतिकात्मक संकेत पनि हो । निरन्तर योगाभ्यास गर्नेले आफुलाई कस्तो बनाउँने भन्ने कला जानेको हुन्छ । आफ्नो जीवनलाई सोही अनुसार रुपान्तरण गर्ने क्षमता राख्दछ । योगको शुरुवात नेपालबाट भएको अनेकौं तथ्यहरु प्रकाशमा आई सकेका छन् । तर समयमै उचित ढंगबाट प्रचार प्रसार गर्न नसक्दा विदेशीले यसलाई हामीले शुरु गरेको हो भनेर हल्ला गर्न थालिसके ।
ऋषि मुनीहरुले तपस्या गर्ने र हिमालयमा रहेको जडिबुटीको खोज अनुसन्धानको प्रमुख केन्द्रको रुपमा रहेको हाम्रो देश नेपाल, योगको लागि विश्वमै उद्गमस्थलको रुपमा चिनिएको छ । तर पनि जनजनको मनमनमा योगको महत्वको बारेमा प्रशस्त ज्ञान पु¥याउँन सकिएको छैन । योगलाई सबै नेपालीको पहँुचमा पु¥याउँने र हाम्रो देशको जडिबुटीलाई सही सदुपयोग गर्ने हो भने कुनै प्रकारको दीर्घ रोगी भएर कोही पनि नेपालीले बाँच्नु पर्ने छैन । त्यती मात्र नभई उपचारको नाममा वार्षिक खरबौं रुपैयाँ विदेश जाने थिएन । उपचारको नाममा विदेश जान रोकिएको पैसाले जडिबुटीलाई उत्पादन र प्रशोधन गर्ने केन्द्र खोल्ने हो भने लाखौं नागरिकले रोजगार प्राप्त गर्ने छन् । योग शिक्षालाई आधारभूत तहबाटै अध्ययन गराउँने हो भने योग खेलकुदको माध्यमबाट नाम र दाम दुवै प्राप्त गर्न सकिन्छ । दिन प्रतिदिन विश्वमा योग शिक्षकहरुको माग बढिरहेको छ । हामीले नै दक्ष शक्ति उत्पादन गर्न सक्यौं भने धेरै कुराको फाईदा लिन सकिन्छ । अनी सरकारले अगाडी सारेको ‘समृद्घ नेपाल, सुखी नेपाली’ भन्ने नाराले पनि सार्थकता पाउँन सक्छ ।
योगका प्रकार धेरै छन् । ति सबैलाई यहाँ व्याख्या गरिरहनु त्यती जरुरी छैन । नेपालभर विभिन्न संघ संस्था एवं योग साधना केन्द्रहरुमा योगाभ्यास गराईने गरिन्छ । हाल नेपालमा पतञ्जली, मनोक्रन्ति, जीवन विज्ञान, योग खेलकुद, ओशो लगाएत प्राईभेटस्तरमा खुलेका विभिन्न निकायहरुले योग कक्षा संचालन गरेर सेवा दिईरहेका छन् । काभ्रे जिल्लाभर झण्डै प्रत्यक्ष अप्रत्यक्ष तिन दर्जन भन्दा बढि स्थानहरुमा योग साधना गर्ने केन्द्रहरु खुलेका छन् । जहाँ नियमित बिहान ५ बजे देखि ६ः३० बजे सम्म योगाभ्यास तथा प्राणायाम र ध्यानको साधना हुने गर्दछ । जोसुकैले पनि पाएक पर्ने ठाउँबाट निःशुल्क यो रुपमा सेवा लिन सक्ने छन् । हामीले हाम्रो सांसारिक जीवनलाई सुखमय बनाउँन दैनिक ब्रम्ह मुहुर्तमा एक देखि दुई घण्टा हठ योग गरे पुग्छ । निरन्तर योग साधना गर्ने हो भने कुनै पनि व्यक्ति रोगी भएर बाँच्नु पर्दैन । योगको अभ्यासले तन र मन दुवैलाई नियन्त्रणमा राख्छ । तन अन्तर्गत शरिरका सम्पूर्ण अंगहरुलाई निरन्तर र नियमित सञ्चालन गराई राख्दछ । जसले रक्त सञ्चार, हड्डी, नशा, मांसपेसी तथा छाला एवं शारिरिक दुखाईका रोग एवं अन्य रोगहरुबाट टाढै राख्दछ भने मन अन्तर्गत मनको आशक्ती एवं लोलुप्तालाई नियन्त्रणमा राख्दछ । मनको आशक्ती भन्नाले सधैं लाग्ने अल्छीपना, जस्तो पनि खानेकुराको लोभ हुनु, सामान्य शारिरिक कष्ट भोग्न तयार नहुनु । शरिरलाई सुख दिंदा र जिब्रोलाई स्वाद दिंदा अकालमा ज्यान गुमाएका घट्नाहरु त हामीले हाम्रै समाजमा धेरै सुनिसकेका छौं । अबका दिनमा हाम्रो शरिर कस्तो बनाउँने हो आफ्नै हातमा छ ।
आज विश्वका नागरिक दिन प्रति दिन अखाद्य वस्तु उपभोग गर्न वाध्य छ । विश्वमै असन्तुलन भएको वातावरणका कारण जनमानसको स्वास्थ्य नराम्रो संग विग्रिएको छ । मान्छे काममा ब्यस्त भएका कारण सरल र सहज रुपमा जे चिज भेट्टाउँछ त्यही भोजन गर्न बाध्य छ । खाद्य सम्प्रभुता र सुरक्षित खानाको जती चर्का कुरा गरे पनि कयौं नागरिकलाई त्यो कूराको चासो नै छैन । आफुलाई सम्भ्रान्त देखाउँन बन्द गरिएको बट्टा र बोतलको खाना खानेहरुले स्वयं आफैंलाई मात्र होईन जानी जानी र खर्च गरी गरी आफ्ना सन्ततीलाई समेत सुस्त वा अपाङ्ग बनाउँन मद्दत गरिरहेका छन् । आज बजारमा राम्रो र उच्चस्तरको भनिए पनि विषादी नभएको कुनै प्रकारको खाद्य पदार्थ पाईदैन । ति खाद्यपदार्थहरु लाई राम्रो देखाउन र धेरै दिन टिकाउँन केमिकल हाल्नै पर्छ । यो सबैलाई थाहा भएकै कुरा हो । जब हामीले हाम्रा मौलिक खाना र खाजालाई जोगाउँने र प्रयोग गर्ने गर्दैनौ तब सम्म हामीले हाम्रो धन मात्र होईन सम्पत्ती पनि सिध्याई रहेका छौ । यस विषयमा आजै र अहिल्यै हामीले बिचार पुर्याउन सकेनौं भने पछुताउँनु बाहेक हामीसंग अरु विकल्प नै रहने नै छैन ।
बिगत केही वर्ष यता ‘योग’ शब्द निकै लोकप्रिय बनेको छ । अहिले नेपालमा मात्रै झण्डै पैसठ्ठी हजारको हाराहारीमा योग शिक्षक उत्पादन भैसकेका छन् । अहिले नेपालभर करिब १२ लाख नागरिक प्रत्यक्ष अप्रत्यक्ष दैनिक योग गर्ने गरेको तथ्यांक पतञ्जली योग पिठ नेपालको आंकडामा छ । बिगत केही वर्ष अगाडी सम्म योग गर्न जाऔं भन्दा म बिरामी भाको छैन किन गर्ने योग ? योग त बिरामीले गर्ने हो, भन्ने जवाफ पाईने मुखबाट आज भोली पहिल्यै जानु पर्ने रहेछ, भन्ने जवाफ पाईन थालेको छ । यो जवाफले के बताउँछ भने योग अब सबैका लागि अनिबार्य भैसकेको छ । अझ योगमा कलाकार, नेता, अभिनेता र उच्चतहको व्यक्तिको उपस्थिति बाक्लो हुदै गैरहेको छ । हामी हाम्रो मौलिकपनको खोजी गर्नु भन्दा पश्चिमी वा आयातित कुरालाई बढि बिश्वास गर्ने भैसकेका छौं । बिदेशका केही नागरिकले योग शब्दलाई अंग्रेजीकरण गरेर ‘योगा’ भनेर फेशनको रुपमा प्रचार गरिदिएपछि हामी पनि त्यसैको अनुरागी बन्दै गएका छौं ।
अन्ततः योग हाम्रै देशको भूखण्डमा, हिमालय पर्बतकै भूमिमा उत्पती भएको प्रचिन जीवन विज्ञान हो । अनेकौं सुक्ष्मद्रष्टा ऋषिमहर्षिहरुको कठिन तपस्या र योगबलद्घारा यसको प्रवद्र्घन भएको मानिन्छ । योगले हजारौं वर्षको ईतिहास बोकेको छ । योग दुई अक्षरको एउटै शब्द भए पनि यसका अनेकौं अर्थ, बिद्या र पद्दतिहरु छन् । व्यक्तिको रुचि, स्तर, सामथ्र्य, उमेर र संस्कार अनुरुप जसलाई जुन योग पद्दति उपयुक्त हुन्छ, उसले त्यसै किसिमको योग विधि अपनाउँन सक्दछ । तसर्थ योग शारिरिक, मानसिक र उमेरका हिसाबले मानव मात्रलाई उत्कर्ष तथा शिखरमा पु¥याउने सर्वसामर्थ महाविज्ञान पनि हो ।
अब ‘सबैका लागि योग र सधैंका लागि योग ।’ भन्ने नारा मात्र होईन, अनिबार्य अंग जस्तै भैसकेको छ । व्यक्तिको आयुसंगसंगै उसको शारिरिक र मानसिक परिवर्तन पनि भैरहेको हुन्छ । सोहि परिवर्तन अनुरुप उसलाई पोषण, आहार, व्यायाम र दिनचर्याको आबश्यक्ता पर्दछ । उर्जा र तागतको स्तरमा पनि व्यक्तिको आयु र बृद्धि अनुसार थपघट हुन जान्छ । भनिन्छ, सानो उमेरमा शरिरमा प्राण र उर्जाको मात्रा अत्याधिक हुन्छ भने बृद्धित्व बढ्दै जाँदा यसको मात्रा क्रमशः घट्दै जान्छ । यस किसिमको शारिरिक–मानसिक परिवर्तनशिलतासंगै यदि उपयुक्त र बैज्ञानिक तरिकाले योगाभ्यास गर्न–गराउँन सकियो भने उमेर अनुसार त्यसको फाईदा बढि मात्रामा लिन सकिन्छ । योगलाई विद्यालयस्तरमा लगेर विद्यार्थीहरुकाबिचमा प्रभावकारी अभ्याससंगै खेलको माध्यमबाट पनि प्रतिस्पर्धात्मक ढंगबाट सिकाउँने हो भने अझै प्रभाव बढ्नुका साथै विश्वस्तरमा जोडिन सकिनेछ ।
योगलाई व्यवहारिक अर्थमा बुझ्ने हो भने, भौतिक विषय वस्तु होस् या चेतनशिल मानव, त्यसका दुई पक्ष हुन्छन् । एक सकारात्मक । अर्काे नकारात्मक । एउटा उज्यालो, अर्को अध्याँरो । महान ऋषि पतञ्जलीले मनुष्य जीवनका कर्म मध्ये उज्यालोलाई शुक्लकर्म र अध्याँरोलाई कृष्णकर्म बताउँनु भएको छ । यसरी एउटै अस्तित्व भित्र दुई पुरक पाटाहरु हुनु प्रकृतिप्रदŒा कुरा हो । तर जसले आफुभित्रको नकारात्मक अर्थात अध्याँरो पाटोलाई घटाउँदै, धुदै, पखाल्दै लगेर सकारात्मक पाटोको अभिवृद्धि गर्दै जान्छ त्यो व्यक्ति एक दिन सकारात्मकताको शिखरमा पुग्दछ । यसरी सकारात्मकताको शिखरमा पुग्नलाई अबलम्बन गरिने सबैभन्दा व्यवहारिक साधन नै योग हो ।
योगले आफ्नो कार्य शरिरभित्रका भौतिक मल–बिकारहरुको निष्कासनबाट आरम्भ गर्दछ । शरिर मल–बिकारहरुले रहित भई शुद्ध स्थिर नभएसम्म इन्द्रिय र मन एकाग्र हुन सक्दैन । यसो नहुँदा, शरिरस्थ प्राण शक्ति पनि शक्तिशाली र उध्र्वगामी हुन सक्दैन । हठ योग अन्तर्गतका शुद्धिक्रृयाहरु वस्ति, नेति, द्यौति, नौली त्राटक, कपालभाती योगका शारिरिक कृयाहरु हुन् । त्यसैगरि पतञ्जली ऋषिद्घारा उपदिष्ट नियमहरु पनि आन्तरिक शुद्घिकरणका साधनहरु हुन् । शरिरको वाह्य र आन्तरिक शुद्घि भैसकेपछि अब आसन, प्राणायामद्वारा शरिरमा स्थिरता, दृढता र उध्र्वगामिता अभिवद्र्धन हुन थाल्दछ । विकेन्द्रित र क्षयीकृत प्राणशक्ति अन्तर्मुख भई जीवन शक्ति सशक्त हुन थाल्दछ । जब व्यक्तिको शरिर शुद्ध र प्राण उध्र्वगामी हुन्छ, उसको मनमा पनि एकाग्र हुने क्षमता उत्पन्न हुन थाल्दछ । मन एकाग्र भई निर्दिष्ट ध्येयमा नियोजित हुनु भनेको जीवनका सबै कर्महरु उन्नत र योगनिष्ठ हुन शुरु हुनु हो । यस्तो स्थिति प्राप्त भैसकेपछि व्यक्तिले दुई किसिमका अवसरहरु प्राप्त गर्दछ । पहिलो, भौतिक क्षेत्रमा सफलता चाहनेहरु पनि सफल हुदैँ जान्छन र दोश्रो, योग साधनामा अघि बढ्न चाहनेहरु पनि एकाग्र र स्थिर मनको सहारामा अघि बढ्दै जाने योग्यता हासिल गर्न सफल हुन्छन् । त्यसैले सबैका लागि योग अनिवार्य छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |