Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

कोरोना महामारीपछि लय पक्रदै सञ्चार क्षेत्र

प्रभातफेरी अनलाइन २९२ पटक पढिएको प्रकाशित मिति: २०७९ भाद्र २३, बिहिबार (३ साल अघि)
कोरोना महामारीपछि लय पक्रदै सञ्चार क्षेत्र

सुभाषकाजी श्रेष्ठ

पत्रकारिता क्षेत्रमा मुख्य हिस्सा ओगटेको छापा पत्रकारिता कोरोना महामारीको चपेटामा नराम्ररी प¥यो । माहामारीका कारण नेपालमा कैयौं पत्रिका बन्द भए । कैयौं पत्रिकाका पेज घटेर भएपनि निरन्तरता दिएको अवस्था छ । मुलधारका थोरै छापा माध्ययम बाहेक अन्य छापा माध्यम बन्द भएका थिए । केहि अझै बन्द छन् । महामारीका कारण बिक्री वितरण र विज्ञापनमा समस्या भएपछि धेरैजसो छापा माध्यम बन्द भएका हुन् । हिजोको दिनमा पत्रकारिता क्षेत्रमा ठूलो हिस्सा ओगटेका कतिपय छापा माध्यम आफ्नो विश्वास नगुमाउनको लागि मात्रै प्रकाशित भएका छन् ।

त्यसो त कोभिड–१९ को महामारीमा कोही पनि अछुतो नभइरहेका बेला मिडिया क्षेत्र पनि अलग्गै रहने कुरै भएन । यसले मिडिया क्षेत्रलाई कसरी प्रभाव पार्दैछ वा पार्नेछ भन्ने तथ्य बाहिर आउँदैछ । विदेशमा खासगरी अमेरिकामा विज्ञापन घटेका कारण स्थानीय पत्रिकाका पत्रकारलाई जागिरबाट सधँै वा केही समयका लागि निकाल्ने, तलब घटाउने र पत्रिका नै बन्द गर्ने क्रम बढेको कुरा बेलायतबाट प्रकाशित प्रेस गजेटको अनलाइनमा उल्लेख छ । साथै यसरी निकाल्ने क्रम बेलायतमा पनि देखिएको भनिएको छ ।

देशको राजनीतिक, सामाजिक, आर्थिक र समष्टिगत विषयमा जनतालाई सुसूचित गर्दै आएका नेपालका अधिकांश दैनिक पत्रिका कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणमा परेपछि छापा माध्यममको विकल्पमा नयाँ सञ्चार माध्यमले सूचना प्रवाह गरेका छन् । देशको सबैभन्दा ठूलो मिडिया हाउस कान्तिपुर मिडिया ग्रुपले कोभिड महामारीको बीचमा आफ्ना सबै प्रकाशन केही समयको लागि स्थगित गर्ने जानकारी गराएको थियो । त्यसपछि केहि समय पत्रिका खुम्चियो । अझै पनि अधिकांश छापा माध्यमको पाना थोरै छन् । नारी र नेपाल म्यागेजिन पनि बन्द भएका छन् । यद्यपी केही अङ्क भने पछिल्लो समय प्रकाशनसमेत गरिएको पाइन्छ । कान्तिपुरले आफ्ना समाचारहरू सबै उक्त समूहको अनलाइन संस्करणबाट नियमित तवरले दिने प्रतिबद्धता गरेको थियो । हिमाल खबर पत्रिका तथा नेपाली टाइम्सले पनि आफ्ना प्रकाशनलाई अनलाइनमार्फत जनतामाझ पु¥याउने घोषणा गरेका थिए । हिमालखबर म्यागेजिन प्रकाशन हुन थालिसकेको छ । त्यस्तै अङ्ग्रेजी दैनिक द हिमालयन टाइम्सले समेत अब छापा माध्यममा केही समयका लागि विश्राम लिएर फेरि प्रकाशन थालेको छ । लकडाउनको सुरुवाती चरणमा कान्तिपुर दैनिक १२ दिन बन्द भएर सुचारु भएको थियो ।

सरोकारवालाले के केमा ध्यान दिने
– छापा पत्रकारिताका अवस्था बुझ्ने,
– छापा माध्ययमा पारेको कोरोना प्रभाव र समाधान खोज्ने,
– कति छापा माध्यममा प्रभावित भए संख्या पत्ता लगाउने,
– छापा माध्ययमको आगामि भविष्यबारे अध्ययन गर्ने ।

कोरोना महामारीको बेला केहि मिडियाले औपचारिक रूपमा बन्दको घोषणा गरे । नगरेका कतिपय दैनिक पत्रिका पनि प्रकाशनमा आएका थिएनन् । नियमित रूपमा पत्रिका प्रकाशित गर्दै आएका दैनिक पत्रिकामा नयाँ पत्रिका, नागरिक, राजधानी, अन्नपूर्ण पोस्ट रहेका थिए । तर, ती दैनिक पत्रिकाको वितरणमा पनि अझै निकै समस्या देखिएको छ । सबै पत्रिका घरघरमा पुग्न सकेका छैनन् भने थोरै प्रति मात्रै छापिने गरेका छन् । उपत्यका बाहिर पनि पत्रपत्रिकाको वितरण पुग्न सकेको छैन । अहिले मुलधारका मिडिया काठमाडौं केन्द्रित छन् । यद्यपी समाचार तथा सूचना सम्पे्रषण भने देशैभरको गरेको पाइन्छ । अझै दैनिक पत्रिकाहरू कतिपय बन्द भएको र बन्द नभएकाहरू पनि घरघरसम्म पुग्न नसकेको वर्तमान अवस्थामा त्यसमा सञ्चालकहरू पनि अलमलमा परेका छन् । उनीहरूले त्यो असुविधा पाठकलाई पुगेको बारे चासो चाहि दिएका छैनन् । बरु नाफा घाटाको जोडघटाउ गरेर बसेका छन् ।

कोरोनाको कहरमा अर्को पत्रिका पनि परेको थियो । तीन वर्षअघि सुरु भएको अन्नपूर्ण मिडिया नेटवर्कको प्रकाशन ‘अन्नपूर्ण सम्पूर्ण’ बन्द भएको छ । यो ट्याब्ल्वालेड पत्रिका थियो । सम्पूर्णको प्रकाशन बन्द भएसँगै ठूला मिडिया हाउसबाट प्रकाशन हुने तीन वटा ट्याब्ल्वालेड साप्ताहिकहरू मध्ये ‘नागरिक’को ‘शुक्रबार’ले मात्र जेनतेन इपेपरमा आफ्नो अस्तित्व देखाउन सफल भएको थियो । तर त्यो पनि कोरोना कालमै बन्द भयो । कान्तिपुरले सबैभन्दा पुरानो ‘साप्ताहिक’ बन्द गरेर पत्रकारहरूलाई कानुनी रूपमा विदा गरिसकेको छ । अझै पनि उक्त साप्ताहिक खुल्न सकेको छैन । यद्यपि उसले आधिकारिक रूपमा यो पत्रिका बन्द भएको घोषणा गरिसकेको छैन । कान्तिपुरको ‘नारी’ पनि अनुकुलतामा मात्रै प्रकाशन हुने गरेको छ । पछिल्ला महिनामा भने उसले नियमित प्रकाशन गर्न थालेको दाबी गरेको छ ।

अन्नपूर्णले यसअघि कोरोना नआउँदै ‘अन्नपूर्ण टुडे’ म्यागेजिन पनि अब डिजिटलमा आउने वाचासहित बन्द गरेको थियो । तर त्यो वाचा पूरा हुन सकेन । अन्नपूर्णले ‘सम्पूर्ण’ बन्द गरेको आधिकारिक घोषणा गरिसकेको छैन । तर सम्पादक राजन नेपालले त्यसबेला फेसबुकमा स्टायटस लेख्दै अन्नपूर्ण मिडिया नेटवर्क व्यवस्थापनले ‘अन्नपूर्ण सम्पूर्ण’ साप्ताहिक प्रकाशन बन्द गर्ने निर्णय गरेको बताउँदै कोरोना कालमै उक्त साप्ताहिक बन्द गरे । योसँगै यसमा कार्यरत आठ जना पत्रकार एकै पटक सडकमा आएका थिए ।

नेपाली मिडियामा महामारीको प्रभाव कस्तो परिरहेको छ वा पार्नेछ ? २०७२ को महाभूकम्प र नेपाली मिडियाबारे भएका केही अध्ययनले हामीलाई यस्तो प्रभाव बुझ्न सघाउँछ । महाभूकम्प देशभित्रै सीमित विपत्ति थियो भने यो विश्वभरि फैलिएको छ । प्रकृति फरक हुँदा यसभन्दा अघिको संकटले पारेको र अहिले देखिँदै गरेको प्रभावमा केही समानता र भिन्नता छन् । भिन्नताको पाटो छोडेर यहाँ डिजिटल माध्यममा दिइएको जोड र मिडियाको अर्थतन्त्रमा यसको प्रभावबारे विश्लेषणको प्रयास गरिएको छ । मुख्यतः छापा माध्यमलाई नै केन्द्रमा राखिएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
लेख सम्बन्धि थप
  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • मार्साबको आधा घण्टा

    मार्साबको आधा घण्टा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0