काभ्रे । मनकामना साकोसको २८औं वार्षिक सभालाई सम्बोधनका क्रममा कार्यक्रमका प्रमुख अतिथि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले बर्तमान अवस्थामा सहकारीहरुमा विभिन्न चुनौती रहेका उल्लेख गर्दै मनकामना सहकारीले त्यस्तो चुनौतीहरु पार गर्दै ग्रामीण क्षेत्रसम्म सहज रुपमा वित्तीय सेवा प्रदान गर्न सक्नु आफैंमा एउटा कुशल पक्ष रहेको खुलासा गर्नुभएको छ ।
सहकारी क्षेत्रसँग सम्बन्धित विभिन्न व्यक्तिहरु अतिथि रहेको कार्यक्रममा पनौती सेवा केन्द्रलाई उत्कृष्ट सेवा कार्यालयको रुपमा सम्मान गरिएको थियो । साथै साकोसले सेवा कार्यालयका पदाधिकारी लगायत कर्मचारीहरुलाई सम्मान गरिएको थियो । त्यसैगरी साकोसले उत्कृष्ट कर्मचारीको रुपमा पनौती सेवा केन्द्रका वरिष्ठ अधिकृत तथा पनौती सेवा केन्द्र प्रमुख रमेश घिमिरेलाई सम्मानित गरेको थियो ।
कार्यक्रममा उत्कृष्ट ऋणी लक्ष्मी दुलाल र कृष्णप्रसाद ढकाल, उत्कृष्ट बचतकर्ता सानुबाबु तिमल्सिना, यम कुमारी दाहाल र मन्दिरा गौतमलाई माला, दोसल्ला र सम्मान पत्र प्रदान गरिएको थियो ।
सभामा संस्थाका अध्यक्ष बालकृष्ण दाहालले अध्यक्ष प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने होमनाथ ढुङ्गेलले सचिवको तथा विदुर प्रसाद घिमिरेले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुुत गरेका थिए । कोषाध्यक्षको प्रतिवेदन अनुसार संस्थामा ८ हजार ७ सय ६९ जना शेयर सदस्य, कुल शेयर पुँजी २४ करोड ९९ लाख ३७ हजार ३ सय रुपैंया, यस वर्ष संस्थाको खुद नाफा ६ करोड ९ लाख १० हजार ८ सय ६४ रहेको र संस्थाले आर्थिक वर्ष ०७९÷८० का लागि कूल शेयर लगानीको ७ प्रतिशत नगद लाभांश समेत सोही साधारण सभाबाट पारित गरिएको थियो । सहकारीको क्षेत्रमा अब्बल स्थान ओगट्न सफल मनकामना बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २८ औं साधारण सभा शनिबार सम्पन्न गरेको छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |