मङ्सिर २, शनिबार, लायकुचौर, बनेपा । आज बिहानै लाय्कुचौरमा साइकलहरु ठडिइएका छन् । सबै साइकलमा आयोजक संस्थाको नाम र सहभागी सङ्ख्या राखिएका छन् ।
ठाउँ–ठाउँबाट सहभागीहरु बनेपा आसपासका ७ बजारमा पुग्ने योजनासहित तम्तयार देखिन्छन् । कार्यक्रमको सञ्चालन लाय्कु चौरमा नै हुने र प्रमुख अतिथिका रुपमा केही शुभकामनाका शब्दहरु पोख्नुपर्ने र चौर छिर्ने ढोकाजस्तो बाटोमा रिबन काटेर समुद्घाटन गर्न सूचित गरेको थियो उद्घोषक ओमप्रसाद मानन्धरले । सत्यनारायण श्रेष्ठले स्वागत गर्नुभएको उक्त कार्यक्रममा नवराज के.सी. ले साइकल–¥यालीको उपादेयता र कुन–कुन रुटबाट कहाँ–कहाँ पुग्ने हो सोको जानकारी गराएको थियो । कार्यक्रमका प्रमुख अतिथिका रुपमा मैले आफ्नो विचार राख्दै भनें — “साइकल–¥यालीमा भाग लिनुहुने मित्रहरुले अरुलाई पछि पार्ने मात्र सोच बोक्ने होइन । सँगसँगै कुदेर भावनात्मक एकता जोड्ने प्रयत्न पनि गर्नुपर्छ । ँचष्भलमकजष्उ ाष्चकत तजबल अयmउभतष्तष्यल मित्रता पहिलो अनि प्रतियोगिता पछि गर्ने हो । तपाईं युवाहरुले बेथिति र ज्यादतिको विरोधमा पनि बोल्नु पर्छ । आजको विश्व साम्राज्यवादबाट आक्रान्त छन् र तिनै साम्राज्यवादीहरुले युद्ध सिर्जना गरिदिएका छन् ।
यसको डटेर विरोध पनि गर्नुपर्छ — तपाईंहरुको हौसलामा सफलता मिलोस् भन्दै यात्राका लागि लेखिएको एउटा कविता ‘जीवन फगत् यात्रा न हो ?’ वाचन गरियो — “आफ्नो मनलाई÷चोखो हावाझैं बहन सिकाउँदा÷उपलब्धि आफैंलाई प्राप्त हुन्छ । तपाईं जहाँ पुगे पनि÷भावनामा गुलाबझैं झुल्न सिक÷मायामा माया खन्याउन जाँदा आनन्द लाग्छ । जीवन फगत यात्रा न हो ।
तपाईं खाली खुट्टामा हिंडे पनि÷साइकलमा यात्रा गरे पनि÷कार नै चढेर गुडे पनि÷हावामा हवाइजहाज भएर उडे पनि÷यात्रामा मित्रता साँच्न नजानेपछि÷तपाईं जहाँ पुगे पनि अप्ठ्यारो मात्र हुन्छ । मित्रता रोज्नु नै सफलताको बाटो खोज्नु हो÷स्वच्छता भावनामा राखेपछि तपाईंलाई घाटा हुँदैन÷वचनमा माधुर्यता भएपछि तपाईं डराउनु पर्दैन । प्रिय मित्र ! ÷तपाईंहरुको यात्रामा÷सुगमता खुलोस्÷तपाईंहरुको ¥यालीमा÷मित्रता थपिंदै जाओस् ।
सारांसमा मलाई भन्न मन लाग्यो÷जीवन फगत् यात्रा न हो !” यति बोलेपछि रिबन काटेर उद्घाटन गरियो । साइकलहरु पुरानो बजारतिर मोडियो । भारती र म पनि घरतर्फ लम्कियौं ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |