Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १५, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

केएमसीको अनुकरणीय योगदान, १२ सयले लिए सेवा

प्रभातफेरी अनलाइन ५७२ पटक पढिएको प्रकाशित मिति: २०८० फागुन २, बुधबार (२ साल अघि)
केएमसीको अनुकरणीय योगदान, १२ सयले लिए सेवा

शिविरका नाममा कर्मकाण्डी गर्नेहरुका लागि यो शिविर दर्शनढुंगा सावित भएको छः प्राज्ञ ढकाल

काभ्रे । काठमाडौ मेडिकल कलेज तथा शिक्षण अस्पताल सिनामंगल, काठमाडौंको प्राविधिक सहयोगमा श्री सञ्जीवनी नमूना माध्यमिक विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावक गरी एकैदिन १ हजार २ सय भन्दा बढी सेवाग्राहीहरुले सेवा लिएका छन् ।
शिविरको शुभारम्भ प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको स्वास्थ्य परिक्षण गरेर गरिएको छ । उक्त अवसरमा धुलिखेल नगरका नगर प्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठ, उपप्रमुख निराजन जंगमले समेत स्वास्थ्य परीक्षण गर्नुभएको छ ।
धुलिखेल कल्याणकारी सेवा समाज धुलिखेल, काभ्रे, धुलिखेल नगरपालिका तथा श्री सञ्जीवनी नमूना माध्यमिक विद्यालय, सम्बाहिका महिला पत्रकार समूह र काठमाडौं मेडिकल कलेज सिनामंगलसँगको सहकार्यमा सोमबार श्री सञ्जीवनी नमूना माध्यमिक विद्यालयको प्रांगणमा स्थानीयवासीहरुको लागि बृहत्तर रूपमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।
स्वास्थ्य सेवा लिएर आफ्नो स्वास्थ्य सुनिश्चित गरौं भन्ने मूल नाराका साथ आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा नाक, कान, घाँटी, आँखा, दाँत, छाला, हाडजोर्नी, नशा, बालरोग, स्त्रीरोग, जनरल फिजिसियन सम्बन्धी जाँच तथा साधारण शल्यक्रिया र चिकित्सकको परामर्श अनुसार ल्याब सेवा समेत प्रदान गरिएको थियो ।
शिविरमा उपस्थित अधिकांश बिरामीले एकै थलोमा यति धेरै सेवा निःशुल्क रुपमा उपलब्ध गराएकोमा आयोजकप्रति खुशी व्यक्त गरेका छन् । शिविरका बारेमा विद्यालयका व्यवस्थापन समिति सदस्य प्रल्हाद शर्मा हुमागाईंसँग प्रतिक्रिया माग्दा स्वास्थ्य शिविरहरु त धेरै भोगियो तर केएमसीको प्राविधिक सहयोगमा आजको यो शिविर मेरा लागि अविस्मरणीय बनेको छ । आउट रिच क्लिनिकहरु सञ्चालन गर्ने क्रममा आशा छ, केएमसीले श्री सञ्जीवनी नमूना माध्यमिक विद्यालयलाई निरन्तर सम्झिने वातावरण बनाएको महसुस गरेको छु । त्यसैगरी विद्यालयका प्राचार्य लोकेन्द्र ढकालको पनि झण्डै उस्तै–उस्तै अभिव्यक्ति पस्कँदै मेरो शैक्षिक यात्रामा केएमसीले मन जितेको आजको शिविरबाट पुष्टि भएको छ । पछिल्लो समय सेवाका नाममा कर्मकाण्डी गरेर हिँड्नेहरुका लागि आजको स्वास्थ्य शिविर दर्शनढुंगा सावित भएको छ ।
त्यसैगरी काठमाडौं मेडिकल कलेज तथा शिक्षण अस्पतालका पब्लिक रिलेशन अफिसर सहकुल बस्नेतको प्रतिक्रिया थियो– वर्षभरि हामी दर्जनौं शिविरहरु सामाजिक दायित्व अन्तर्गत सञ्चालन गर्दै आएका छौं । यात्रामा कति तीता, कति मिठा आरोह, अवरोहहरु पनि भोगियो । तर आज श्री सञ्जीवनी नमूना माविको प्रांगणमा हराजौंलाई सेवा दिइरहँदा विद्यालय परिवारबाट पाएको यो न्यानो माया हाम्रा लागि जीवन्त प्रेरणाका स्रोतका रुपमा सँगाल्ने छौं । यस्तै किसिमको साथ र सहयोग आगामी दिनहरुमा पनि हामीबीच हुने वातावरण सिर्जना भएको छ । यसलाई दिगो बनाइराख्ने दायित्व हामी दुवै पक्षको हो । त्यसैले केएमसीले उपत्यका बाहिर सेवा प्रदान गर्ने योजना बनिरहँदा यो सञ्जीवनी नमूना माध्यमिक विद्यालय सधैं अग्रपंक्तिमा रहने विश्वास दिलाउन चाहन्छु भन्न पछि पर्नु भएन अफिसर बस्नेत ।
त्यसैगरी स्वास्थ्य शिविरको व्यवस्थापनमा अनुकरणीय भूमिका निर्वाह गर्ने धुलिखेल कल्याणकारी सेवा समाज काभ्रेका सचिव एवं वरिष्ठ सञ्चारकर्मी भगवती तिमल्सिनाको प्रतिक्रिया छ, आफूले शिक्षाको कखरा प्राप्त गरेको विद्यालयमा सामाजिक दायित्व अन्तर्गत सहकार्य गरेर स्वास्थ्य सेवा पु¥याउन पाउनु मेरा लागि गौरवको विषय हो । आफ्नो जन्म नै सामाजिक सेवाको लागि भएको भन्न समेत पछि नपर्ने तिमल्सिनाले सामाजिक दायित्व निर्वाह गर्दा आइपर्ने अड्चनहरुका बारेमा डटेर सामाना गर्ने हिम्मत राखियो भने समाज रुपान्तरणका लागि चलेका पाइलाहरुले कोसेढुंगा सावित गर्न सहजै सक्ने जिकिर गर्नुभएको छ ।
शिविरमा सहभागी चिकित्सक, स्वास्थ्यकर्मी, स्वयमसेवक लगायत सहयोगी संघसंस्थाहरुलाई धुलिखेल कल्याकारी सेवा समाजका अध्यक्ष गायत्री रमण घिमिरेले कदर पत्रद्धारा सम्मान गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

  • काभ्रे/काभ्रे क्षेत्र नम्बर २ को निर्वाचन जहिल्यै रोचक हुने गर्छ

    काभ्रे/काभ्रे क्षेत्र नम्बर २ को निर्वाचन जहिल्यै रोचक हुने गर्छ

  • नेकपाका युवा संगठनद्वारा निर्वाचनमा ‘एक बुथ, २० युथ’ अभियान सञ्चालन

    नेकपाका युवा संगठनद्वारा निर्वाचनमा ‘एक बुथ, २० युथ’ अभियान सञ्चालन

  • जेष्ठ नागरिक सम्बन्धी बसुन्धराको प्रतिबद्धता : जेष्ठ नागरिकलाई सम्मानजनक, सुरक्षित र आत्मनिर्भर जीवनको सुनिश्चितताका लागि पहल गरिने

    जेष्ठ नागरिक सम्बन्धी बसुन्धराको प्रतिबद्धता : जेष्ठ नागरिकलाई सम्मानजनक, सुरक्षित र आत्मनिर्भर जीवनको सुनिश्चितताका लागि पहल गरिने

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    बालेन सरकारले गरेको निर्णयले आशा पलायो उपाध्यक्ष :तिमल्सिना

    Post Thumbnail

    घाम उज्यालोको प्रतीक मात्र होइन सकारात्मक ऊर्जाको प्रतीक पनि हो

    Post Thumbnail

    संघीय संरचना अनुसार नेपाल रेडक्रस सोसाइटी बिकेन्द्रीकृत ढांचामा गएको छ ।

    Post Thumbnail

    नेत्ता प्रचण्डको सपना साकारको पहिलो खुड्किला नै संघीय संसदमा देखियो

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0