Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

माच

प्रभातफेरी अनलाइन ४२७ पटक पढिएको प्रकाशित मिति: २०८० फागुन ९, बुधबार (१ साल अघि)
माच

लेखकः प्राज्ञ लोकेन्द्र ढकाल

नेपाली किसानहरुको महत्वपूर्ण वस्तुभाउको खाद्यान्नको रुपमा रहेको घाँसे बालीलाई समेटेर शैलीबद्ध ढंगसँग तयार भएको आलेख समय सापेक्षित हुनुका साथै युवापिढिंहरुका लागि प्रेरणाको स्रोतका रुपमा माचलाई पाठकसामु लेखकको अनुमतिले पस्केका छौं ।

बिचरा ! श्राद्ध गरिदिन आउने पुरोहितलाई के दोष ? वेद, शास्त्र, पुराण पढ्नेले त तत्त्वज्ञान पाएका हुँदैनन् र मुक्तिको उपाय बताउन सक्तैनन् भनेको छ शास्त्रले । वेद होइन, भेद बुभनुपर्छ तत्त्वज्ञानप्राप्तिले मात्र मुक्ति मिल्दछ । यथा –
न वेदाध्ययनान्मुक्तिर्न शास्त्रपठनादपि । ज्ञानादेव हि कैवल्यं नान्यथा विनताज्मज ।।
गरुडपुराण, १६ ः ८७
यो कुरो कसले बुझाउने समाजलाई ? समाजले बुझ्न, जान्न पाउनुपर्दछ । अहिलेको समय जागनीको अर्थात् जागृतिको हो । सत्रौं शताब्दीदेखि नै विश्वमा ज्ञानको उदय भएको छ । जागनीको लहर आएको छ । पूर्वीय ग्रन्थ वेद, पश्चिमा ग्रन्थ कतेवले खोजी गरिरहेको ज्ञान पूरा गर्न तारतमज्ञान आइसकेको छ । शास्त्र त हेर्नुपर्यो नि ! यथा
क्यामत आइ रे साथजी क्यामत आइ ।
वेद कतेव पुकारत आगम सो क्यौन न देखो मेरे भाइ ।।
किरन्तन, १०४ ः १
गरुडपुराणले देखाएको दुइटा बाटा आत्माले देह छोडेपछि अथवा भनौं मृत्युपछि आत्मा जाने बाटा दुइटा छन् – भक्तिमार्ग अर्थात् देवमार्ग र अर्को यममार्ग । यथा –
किरन्तन, १०४ ः १
भक्तिमार्गो बहुविधः कथितो भवता मम । तथा च कथिता देव भक्तानाम् गतिरुत्तमा ।। अधुना श्रोतुमिच्छामि यममार्ग भयङ्करम् । त्वद्भक्तिविमुखानां च तत्रैव गमनं श्रुतम् ।।
– गरुडपुराण, १ः९–१०
यी को–को कता जाने बाटाहरू हुन् ? ज्ञानी, तत्त्वज्ञान बुझेको, आत्मा र शरीरमा फरक देख्ने मानिस देवमार्गबाट परमगति प्राप्त गर्दछन् अर्थात् परमधाम पुग्दछन् । पापी, दुष्ट, समाजविरोधी, भ्रष्टाचारी, दुष्कर्मी, अत्याचारी मानिसहरू यातना भोग्दै यममार्गबाट यमलोक जान्छन् । यथा –
ये नरा ज्ञानशिलास्य ते यान्ति परमां गतिम् । पपशिला नरा यान्ति दुःखेन यमयातनाम् ।।
गरुडपुराण, १ ः १७
ज्ञानी, सत्पुरुषलाई पिण्ड दिनुपर्दैन । उनीहरूलाई यमदूतले लाने होइन । शरीर छोडेपछि आत्मा सिधै परमगति प्राप्त गर्दछ । तर पापी, अत्याचारीहरूलाई लिन यमदूतहरू आउँछन् र यातना दिदै यममार्गबाट लान्छन् । यमदूतले समाजका पापी, दुष्ट अत्याचारीलाई सजाय दिदै यमलोक लैजान शरीर चाहिने भएकाले त्यो शरीर बनाउन १० दिनसम्म पिण्ड दिनुपरेको हो, सज्जनका लागि होइन । आफ्ना दूतहरूलाई यो कुरा सम्झाएर नै पठाएको हुन्छ – पापी, दुर्जन, दुष्टहरूलाई मात्र यमलोक ल्याउ, अरूलाई होइन भनेर । सज्जनलाई पिण्ड दिँदा फटाहा रहेछ भनेर चिनाएको भएन र ?
’सरस्वतीपूजाको दिन नै प्रेमदिवस’ शीर्षकमा सरस्वतीपूजाको दिन ५ पर्वको समागम पञ्चोत्सवको दिन परेको तथ्य प्रकाशमा नआएको बरू उल्टै हिन्दूपर्व, संस्कार, कर्म लोप हुँदै गएको तर्फ ध्यानाकर्षण गराउने प्रयास गरेको छु । शास्त्रीय मत हेर्ने हो भने माघ शुक्ल पञ्चमीको दिन अर्थात् सरस्वतीपूजाको दिन पाँचवटा विशेष उत्सव परेको हुन्छ – १. सरस्वतीमाताको जन्म, २. भगवान् कामदेवको जन्म, ३ शिवपार्वतीको तिलकोत्सव अर्थात् प्रणयसूत्रमा बाँधिएको दिन (Engagement), ४. परमधामभित्र हुने अखण्ड प्रेमको अनुभूति दिलाउन द्वापरयुगमा यसै दिन राधा र कृष्णको यो धर्तीमा प्राकट्यको दिन, र ५. कामदेव र रतिको विवाह । यी पाँचवटा महत्त्वपूर्ण कार्यको संयोग परेको दिन माघ शुक्ल पञ्चमी अर्थात् सरस्वतीपूजाको दिन ।
यसरी नै यो ‘माच’ मा शब्दकलाका नायक हरि मञ्जुश्री, राष्ट्रिय व्यक्तित्व गुरुजी मङ्गलदास, सन्त समाजसेवी गोपीदास बाबाजी, विश्वधर्म समन्वयका अग्रणी दार्शनिक महामति प्राणनाथको जीवनी राखेको छु । साथै, शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित आफ्नै पुस्तक ’गोमाको फूलबारी’ को छोटकरी परिचयसमेत समावेश गरिएको छ ।
अन्त्यमा, पुस्तकमा आफ्नो महत्त्वपूर्ण भनाइ राखी शुभकामना दिनुहुने श्रीकृष्णप्रणामी धर्माचार्यद्वय जगद्गुरु अनन्तश्री विभूषित श्रीकृष्णमणिजी महाराज (श्री ५ नवतनपुरीधाम, जामनगर, गुजरात, भारत), अनन्तश्री विभूषित सूर्यनारायणदासजी महाराज (श्री ५ महामङ्गलपुरीधाम, सुरत, गुजरात, भारत), नेपाल प्रज्ञाप्रतिष्ठानका माननीय कुलपति गङ्गाप्रसाद उप्रेती, नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. यादवप्रकाश लामिछाने, काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापा, पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. डा. प्रेमनारायण अर्यालप्रति आभारी छु । प्रकाशनका लागि शब्दयात्रा प्रकाशन, भाषासम्पादन गरिदिने शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष शब्दकलाका नायक हरि मञ्जुश्री, पुस्तक प्रकाशनको आर्थिक भार बहन गरिदिनुहुने कुवेर एन्ड सन्स प्रा. लि. इटहरीका म्यानेजिङ डाइरेक्टर जे. पी. घिमिरेलाई विशेष साधुवाद दिन चाहन्छु । साथै, घरायसी काममा कुनै उल्झन नदिई पुस्तक लेखनमा तल्लीन रहन सहयोग गरिदने प्रिय भार्या रेणु ढकाललाई विशेष धन्यवाद दिन चाहन्छु । –लेखक

वेदव्यासलाई डार्बिनले चोरे !

विषय–प्रवेश ः
विज्ञानका अनुसार पृथ्वीको उत्पत्ति भएको साढे चार अर्ब वर्ष भयो । जीवको उत्पत्ति तीन अर्ब वर्ष भएको मानिन्छ । गरुडपुराणका अनुसार संसारमा नाना प्रकारका जीवको उत्पत्ति भइ नै रहेको हुन्छ र ती जीवहरू मरिराखेका पनि हुन्छन् ।
नानाविधशरीरस्था ह्यानन्ता जीवरासयः । जायन्ते च मृयन्ते च तेषामन्तो न विद्यते ।।
गरुडपुराण, १६ ः २
अहिले पृथ्वीमा धेरै प्रकारका बिरुवा र जनावरहरू पाइन्छन् । यिनीहरूको सृष्टि तीन प्रकारले भएको हुन्छ – महद् (Delusion – Asexual), मानसिक (Mental – Asexual) र मैथुनिक (Sexual)। (ब्रह्मनेत्र, पृष्ठ १२, सापकोटा) ।
यी जीवहरूलाई उनीहरूमा पाइने विशेषता, शारीरिक बनोट, खाना खाने प्रक्रिया, प्रजनन, क्रमविकास आदि समान र असमान गुणका आधारमा अरस्तु (ब्चष्कतयतभि) ले इस्वी सन् सुरु हुनुभन्दा ३५० वर्षपहिले अर्थात् आजभन्दा २,३७० वर्षअगाडिदेखि नै सजीवलाई जन्तु (Animal) र वनस्पति (Plant) गरी २ जगत्मा विभाजित गरिएको र यसको २,१०० वर्षपछि सन् १७५३ मा कारोलस लिनेअस (Carolous Linnaeus) ले विभिन्न समूह– उपसमूहमा वर्गीकरण गरी प्रत्येक प्राणी र वनस्पतिलाई वैज्ञानिक नामकरणसमेत राखेर अध्ययन–अनुसन्धान गर्न सजिलो पारिदिए (विज्ञान पाठ्यपुस्तक, पाविके, नेपाल सरकार) ।
विश्वका हरेक देशले आफ्ना विद्यालयमा यही सिकाए । बीसौं शताब्दी (१९६९) मा आएर आरएच ह्वाइटटेकरले पृथ्वीमा सजीवहरू २ प्रकारका मात्र होइन, विषाणु (Monera), जीवाणु (Proatistha), दुसी (Fungi), वनस्पति (Plantea) र प्राणी (Animalia) गरी ५ प्रकारका छन् भनेर पहिले गरिएको वर्गीकरणलाई चुनौती दिए ।

क्रमशः…

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
साहित्य सम्बन्धि थप
  • बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

  • नेपाल स्रष्टा समाजले गर्याे बृहद आत्मपरक निबन्ध गोष्ठी

    नेपाल स्रष्टा समाजले गर्याे बृहद आत्मपरक निबन्ध गोष्ठी

  • एउटा फेरि चोर पहरेदार छान्दै छौ

    एउटा फेरि चोर पहरेदार छान्दै छौ

  • डा.योगीको निबन्धकृति चेतना यात्रा लोकार्पण

    डा.योगीको निबन्धकृति चेतना यात्रा लोकार्पण

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0