Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

यातायातको साधनमा प्रविधिको सदुपयोग गर्दै विकल्पका रूपमा हाइड्रोजन ग्यासको प्रयोग गर्न सरोकारवाला पक्षलाई आग्रह

प्रभातफेरी अनलाइन ५२१ पटक पढिएको प्रकाशित मिति: २०८० चैत्र २५, आईतबार (१ साल अघि)
यातायातको साधनमा प्रविधिको सदुपयोग गर्दै विकल्पका रूपमा हाइड्रोजन ग्यासको प्रयोग गर्न सरोकारवाला पक्षलाई आग्रह

काभ्रे । आज बिश्वलाइ बिज्ञानले उथलपुथल नै बनाइदिएको  छ ।  त्यसको बाछिटाले भेट्नु नौलो होइन भन्दा फरक पर्दैन ।  त्यसलाई पछ्याउनु काठमाडौ बिश्वबिद्धालयमा अध्ययनरत  बिद्यार्थिहरुले नमूनाका रुपमा  उदाहरण पेश गरेका छन् ।हरेक क्षेत्रमा प्रविधिको प्रवेशसँगै काम गर्ने तरिकाहरु पनि फेरिएका छन् । एउटाको विकल्प अर्को के हुन सक्छ भनेर खोजी पनि भइरहेका छन् । जसले कामको सिकाइलाई नयाँ अनुभव दिइरहेको छ भने छिटो, छरितो र सस्तो पनि हुने गरेका छन् । यस्तैमा काभ्रेको धुलिखेलमा अवस्थित काठमाडौं विश्वविद्यालयले एउटा ऐतिहासिक सफलता हात पारेको छ ।
लामो समयको अनुसन्धानबाट विश्वविद्यालयले हाइड्रोजनबाट गाडी चलाउने परीक्षणमा सफलता पाएको हो । तीन वर्षअघि सुरु भएको अनुसन्धान लामो समयको अन्तरालपछि हाइड्रोजनको महत्वबारे सन्देश पु¥याउन सफल त भयो तर, यसको स्पष्ट नीति नहुँदा भने प्रवद्र्धन गर्ने बिषयमा समस्या हुने देखिएको छ ।
विश्वविद्यालय अन्तर्गतको नेपाल हाइड्रोजन इनिसिएटिभ्सका प्रमुख विजयसिंह थापाका अनुसार नेपालमै पहिलो पटक हाइड्रोजनबाट चल्ने कारमा ग्रिन हाइड्रोजन रिफ्युलिङ गर्ने कार्य सुरु भएको हो । काठमाडौँ विश्वविद्यालयले काभ्रेको धुलिखेलस्थित आफ्नै परिसरमा स्थापना गरेको रिफ्युलिङ स्टेशनको परीक्षण सफल भएपछि कारमा रिफ्युलिङ गर्न सुरु गरिएको छ । काठमाडौँ विश्वविद्यालयले दैनिक ३० देखि ३५ वटा गाडीलाई प्रत्येक दिन रिफ्युल गर्न सक्ने ग्रिन हाइड्रोजन रिफ्युलिङ स्टेशन सञ्चालनमा ल्याउने तयारी गरेको छ ।
काठमाडौँ, पोखरा, विराटनगर, जनकपुर, वीरगंज जस्ता ठूला सहरहरूमा यस्ता स्टेशन संचालनमा ल्याउने र ठूला सवारी तथा मालबाहक साधनमा हाइड्रोजन प्रयोग गर्ने विषयमा अझ अध्ययनलाई अघि बढाउने विद्यालयको योजना छ ।
<span;>विश्वविद्यालयको यो कार्यको यतिबेला सबैतिर प्रशंसा भइरहेको छ । नयाँ आविष्कारको लागि काठमाडौं विश्वविद्यालयका अनुसन्धानकर्तालाई चैत १९ गते बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरुले धन्यवाद पनि दिएका छन् ।
माओवादी केन्द्रका सांसद जनार्दन शर्मा, लोसपाका सांसद रामप्रकाश चौधरी र नेपाली कांग्रेसका सांसद प्रदीप पौडेललगायतले जलविद्युत र पानी प्रशोधनबाट उत्पादित ग्रीन हाइड्रोजनबाट सवारी गुडाउने परीक्षण नेपालका लागि आवश्यक नै भएको सांसदहरुले बताएका छन् । विश्वविद्यालयमा स्थापना गरिएको रिफिलिङ स्टेसनबाट उत्पादित हाइड्रोजन इन्धन कारमा राखेर परीक्षण सफल हुनु खुसीको कुरा रहेको उनीहरुको भनाइ थियो । भारत, दक्षिण कोरिया, जापान, अमेरिका लगायतका विकशित मुलुकमा सफलता पाइसकेको हाइड्रोजन इन्धन नेपालमा समेत सफल परीक्षण हुनु सुखद हो तर, यसलाई सरकारले आवश्यक नीति बनाएर अगाडि बढाउनु पर्नेमा सांसदहरुले जोड दिएका छन् ।
हाइड्रोजन इन्धन प्रयोगमा ल्याउन सकिएमा पेट्रोल र डिजेल आवश्यक पर्ने सवारीलाई विस्थापित गर्न सकिने दाबी विश्वविद्यालयको छ । यतिबेला इन्धनको विकल्पमा बजारमा विद्युतीय गाडीहरू भित्रिरहेका छन् । पेट्रोलबाट चल्ने गाडीको विकल्प विद्युतीय गाडी बनेपनि डिजेलबाट चल्ने गाडी र कारखानाहरू सञ्चालनका लागि आवश्यक वैकल्पिक ऊर्जाको रुपमा हाइड्रोजन देखा परेको रहेको छ । यसलाई विस्तार गर्न भने सरकारले आवश्यक नीति बनाइ यथाशिघ्र कार्यान्वयन गर्नु पर्ने देखिन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0