Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

बालमैत्रीका तीन वर्ष अनुकरणीय रहे, काँचो माटोलाई आकार दिन सहज छैनः उपप्रमुख बञ्जारा

प्रभातफेरी अनलाइन ५५५ पटक पढिएको प्रकाशित मिति: २०८१ अषाढ १९, मंगलबार (१ साल अघि)
बालमैत्रीका तीन वर्ष अनुकरणीय रहे, काँचो माटोलाई आकार दिन सहज छैनः उपप्रमुख बञ्जारा

पनौती । बालबालिकाको क्षेत्रमा नगरको महत्वपूर्ण हिस्सा जोडिएको छ । जसको फल मिठो बन्दै गएको छ । बालमैत्री नगर र वडाको अवलोकनमा सयौंको आकर्षण बढिरहेको परिवेशमा ४ नं. वडा यथार्थमै अनुकरणीय बनेको पनौती नगरपालिकाका उपप्रमुख गीता बञ्जाराले खुलासा गर्नुभएको छ ।
मंगलबार पनौतीमा आयोजित बालमैत्रीका तेस्रो वार्षिकोत्सवलाई सम्बोधन गर्ने क्रममा बालबालिकामा भएको लगानीको उपलब्धीका बारेमा मूल्यांकन हुन जरुरी छ । त्यसतर्फ पनि नगरपालिका सचेत भएको छ भन्नुहुँदै आजसम्म जुन उपलब्धी बालमैत्रीको क्षेत्रमा प्राप्त गरेका छौं, त्यो नगर वडा एक्लैको प्रयासले मात्र भएको होइन । यहाँ सबै राजनीतिकर्मी, सञ्चारकर्मी, शुभचिन्तकहरुको उतिकै महत्वपूर्ण भूमिका छ । त्यसैले बालमैत्री वडा निर्माणमा महत्वपूर्ण योगदान गर्नुहुने सबै शिक्षक, बालबालिका, अभिभावक, स्थानीय तह र तप्का प्रेरणाका पात्र हुनुहुन्छ । उहाँहरुप्रति नगरपालिका आभारी छ । यो अभियानलाई निरन्तरता दिन यहाँहरुको सबैको निरन्तर सहयोगको खाँचो रहने समेत उपप्रमुख बञ्जाराले खुलासा गर्नुभएको छ ।
सम्बोधनकै क्रममा उपप्रमुख बञ्जाराको थप कथन छ– रचनात्मक कार्यक्रमले यो समाज निर्माणको आधार बन्छ । आजका बालबालिका भनेका काँचो माटो हुन्, त्यहाँ आकारको खाँचो हुन्छ । आकार दिन त्यति सजिलो छैन । फेरी आज जुन उपलब्धी हासिल भएको छ, त्यसको सम्मान हामी सबैले गर्नुपर्छ । कुनै पनि चिजको परिवर्तन त्यहाँ पस्कने कार्यक्रमले महत्वपूर्ण अर्थ राख्दछ । आज बालमैत्रीका तीन वर्ष पार गरिरहँदा जुन उपलब्धी हासिल भएको छ । त्यसका पछाडि यो विधामा खटिने जिम्मेवार कर्मचारीको महत्वपूर्ण योगदान रहनेमा दुईमत छैन । जसको श्रेय ललिताजीमा जाने ठोकुवा समेत उपप्रमुख बञ्जाराले सम्बोधनका क्रममा व्यक्त गर्नुभएको छ ।
कार्यक्रममा पनौती नगरपालिका वडा नं. ४ का अध्यक्ष दिपक दाहालको कथन छ– बालमैत्री वडा घोषणा पश्चात् स्थायित्व दिनका लागि जुन किसिमको चुनौतीहरु आएका छन्, ति चुनौतीहरुसँग सामना गर्ने साहस स्थानीयस्तरबाट प्राप्त हुनु नै हाम्रो लागि प्रेरणा बनेको छ । जसका लागि नगरपालिकाले हृदय खोलेर यो अभियानमा साथ दिएको छ । जुन समग्र स्थानीय तहमध्येको अनुकरणीय कार्यका रुपमा लिन सक्छौं । आज जति पनि बालबालिको क्षेत्रमा काम भएका छन्, ति सबैको पछाडि सम्पूर्ण अभिभावक, विद्यार्थी भाइबहिनी, शिक्षकहरुको उतिकै योगदान छ । यो योगदानलाई निरन्तर जीवन्त दिन म वडा अध्यक्षको हैसियतमा सरोकारवाला सबैसँग आग्रह गर्दछु भन्नुहुँदै अध्यक्ष दाहाल थप्नुहुन्छ, भूगोलको हिसाबले नगरकै ठूलो वडाका रुपमा परिचित यस वडाको विकास निर्माण चुनौतीका रुपमा रहेको छ । यो चुनौतीसँग सामना गर्न नगरबाट न्यायसंगत रुपमा सम्बोधन हुने अपेक्षा समेत वडा अध्यक्ष दाहालले राख्नुभएको छ ।
कार्यक्रममा विभिन्न राजनीतिक प्रतिनिधि र सहजकर्ता ललिता पराजुलीले बालबालिकाका क्षेत्रमा वर्षभरि भएगरेका गतिविधि सम्बन्धी प्रतिवेदन वाचन गर्नुभएको छ भने तेस्रो वार्षिक सभालाई मनोरञ्जनात्मक रुपमा बाल समूहहरुले आफ्नो प्रतिभा प्रस्तुत गर्ने क्रममा विभिन्न नृत्यहरु प्रस्तुत गरेर कार्यक्रमलाई मनोरञ्जन दिएका थिए ।
पनौति नगरपालिका वडा नं ४ मा बालमैत्रीवडा घोषणाको तेस्रो बार्षिक उत्सब समारोह कार्यक्रम सभापति मित्रता वडा बाल संजाल अध्यक्ष पुरब बन्जारा प्रमुख अतिथी नगरकार्यपालिका सदस्य राधिका विश्वकर्मा, वडा सदस्यहरु, राजनैतिक दल, संघ संस्थाका प्रतिनीधीहरुको उपस्थिती रहेको थियो । जसमा टोल स्तरीय बाल समुह, विद्यालयस्तरिय बाल समुह तथा बालमैत्री सम्पर्क शिक्षकहरूलाई प्रशसा पत्र वितरण गरिएको थियो ।
जसमा प्रथम युनिक बाल समुह डिहीगाउँ, द्वितीय राइजिडं स्टार बाल समुह पशुपतिटोल, तृतीय मोर्डन बाल समुह बन्जारा टोल, प्रथम पेश युनाइटेड बाल समुह काभ्रे अग्रेजी सेकेन्डरी विद्यालय, द्वितीय अम्बिका बाल समुह अम्बिका बालबिकास आधारभुत विद्यालय, तृतीय बालोद्धार बाल समुह बालोध्दार माध्यमिक विद्यालय, तृतीय काभ्रे बाल समुह काभ्रे अग्रेजी माध्यमिक विद्यालय, तृतीय अरूण बाल समुह अरुणोदय आबासीय माध्यमिक विद्यालय र चौथो सामुदायिक बाल समुह सामुदायिक बोर्डिङ्ग स्कुल भएको थियो ।
बालमैत्री अभियानमा महत्वपूर्ण योगदान गर्नुहुने शिक्षक लगायत बालबालिकाहरुलाई सम्मान गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

  • काभ्रे/काभ्रे क्षेत्र नम्बर २ को निर्वाचन जहिल्यै रोचक हुने गर्छ

    काभ्रे/काभ्रे क्षेत्र नम्बर २ को निर्वाचन जहिल्यै रोचक हुने गर्छ

  • नेकपाका युवा संगठनद्वारा निर्वाचनमा ‘एक बुथ, २० युथ’ अभियान सञ्चालन

    नेकपाका युवा संगठनद्वारा निर्वाचनमा ‘एक बुथ, २० युथ’ अभियान सञ्चालन

  • जेष्ठ नागरिक सम्बन्धी बसुन्धराको प्रतिबद्धता : जेष्ठ नागरिकलाई सम्मानजनक, सुरक्षित र आत्मनिर्भर जीवनको सुनिश्चितताका लागि पहल गरिने

    जेष्ठ नागरिक सम्बन्धी बसुन्धराको प्रतिबद्धता : जेष्ठ नागरिकलाई सम्मानजनक, सुरक्षित र आत्मनिर्भर जीवनको सुनिश्चितताका लागि पहल गरिने

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0