Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

साहित्यिक पत्रकारिताका एक अब्बल खम्बा मोहन दुवाल

प्रभातफेरी अनलाइन ४५३ पटक पढिएको प्रकाशित मिति: २०८१ अषाढ १९, मंगलबार (१ साल अघि)
साहित्यिक पत्रकारिताका एक अब्बल खम्बा मोहन दुवाल

वसन्त श्रेष्ठ

अहिले म जतिखेर यी हरफहरु कोरिरहेछु यो लेखका नायक अर्थात मोहन दुवाल पूर्वाञ्चलको पहाडी जिल्ला पाँचथरको सदरमुकाम फिदीम बजारमा छन । “समथिंग राष्ट्रिय पुरस्कार २०७८” ग्रहण गर्न र साहित्यिक महोत्सवमा भाग लिन । म जन्मेको तेह्रथुमको म्याङ्ग्लुङ्ग बजारको छकलि टारको डाँडा बाट फिदीम बजार टड्कारो देखिन्छ । मलाई खुशी लाग्यो मेरो घर छेउ सम्म त पुग्नु भएछ ।
केहि समय अघिमात्र मोहन दुवालले “दशरथ चन्द स्मृति पुरस्कार” प्राप्त गरेका थिए ।
उच्च अध्ययनको लागि सत्ताई सालमा काठमाण्डौ आए देखि प्रसस्त सुनिएको नाम हो – मोहन दुवाल ।
मेरो जीवनको उर्वर समयमा धेरै सुनिएको र सम्मानित व्यक्तित्व मोहन दुवाल लाई मैले अस्सी सालमा मात्र प्रत्यक्ष भेट गर्न पाएँ । सन्दर्भ थियो “रुक्मणीराज सिवाकोटी स्मारक कोष” द्वारा मलाई प्रदान गरिएको सम्मान पत्र आयोजना गरिएको कार्यक्रममा । एउटा आदरणीय व्यक्तित्व जसलाई मैले धेरै बर्ष देखि भेट्न चाहेको व्यक्तित्वलाई सामुन्ने देख्दा अति नै आल्हादित भएको थिएँ । त्यसको केहि दिन पश्चात मोहन दुवालसँग नेपाली साहित्यको बिकासको बिगत, बर्तमान र भबिश्य बारेमा अन्तरंग छलफल गर्न म सफल भएँ ।


शान्त, शालीन, भद्र र मिलनसार स्वभाव र सरल र सहज व्यक्तित्वका धनी । निरन्तरताको पर्याय । चेतनाका सम्बाहक । प्रगतिवादी चिन्तनका अध्येता । प्रगतिउन्मुख समाजको निर्माणका एक अडिग र दरिलो खम्बा । साहित्यिक पत्रकारीता क्षेत्रका एक अविरल पथ प्रदर्शक । यी र यस्तै अनि थुप्रै विशेषणका प्रतिनिधि हुन साहित्यकार तथा साहित्यिक पत्रकार मोहन दुवाल ।
मैले बिक्रम सम्वत २०२६ सालमा तेह्रथुम म्याङ्ग्लुङ्ग बजारको श्री सिंह बाहिनी हाईस्कुल बाट एसएलसी पास गरे पछि उच्च अध्ययनको सिलसिलामा काठमाण्डौको त्रिचन्द्र कलेजमा आईएससी अध्ययन शुरु गर्न थालें । लेखनमा रुचि र साहित्य अध्ययन गर्ने बानीले गर्दा मेरो सम्पादनमा साहित्यिक पत्रिका “पूर्वेली धुन” प्रकाशित भयो संवत २०२९ सालमा काठमान्डौ बाट । त्यसै ताका बिराटनगर बाट “प्रकाश”, धरान बाट “छायाँ”, चितवन बाट “लालु पाते”, धुलिखेल बाट वेदना, काठमान्डौ बाट संकल्प र बनेपा बाट “बिगुल” आदि प्रगतिशील सामयिक साहित्यिक पत्रिकाहरुको प्रकाशित हुन्थे । सोहि प्रेरणाबाट मैले पनि काठमान्डौ बाट “पूर्वेली धुन” सामयिक साहित्यिक पत्रिका प्रकाशन गरेको थिएँ । सोहि कारण बाट नै मैले मोहन दुवाल संग भेट्ने ठुलो ईच्छा राखेको थिएँ ।
साहित्यकार तथा साहित्यिक पत्रकार मोहन दुवालमा साहित्यिक जुजुप्सा सानै देखि नै रहेको देखिन्छ । उनले दश कक्षा उत्तीर्ण गर्दा नै नेवारी भाषामा एउटा कवितासंग्रह प्रकाशन गरेका थिए । यो संवत् २०२३ सालको कुरा हो । सो पुस्तकमा जनकवि दुर्गालाल श्रेष्ठले भूमिका लेख्नुको साथै दुवालको कवित्वको प्रशंसा त्यसैबेला गरेका थिए ।
बिक्रम संवत २०२७ सालमा मोहन दुवालको सम्पादनमा प्रकाशित “बिगुल” को आयु सिर्फ दुई बर्षको मात्र रह्यो । विसं २०२९ सालमा “बिगुल” को करीब हजार कपि प्रेस बाट जफत मात्र भएन पत्रिका प्रकाशन माथि नै बन्देज गरिदिए तत्कालिन सरकारले । बिगुल पत्रिका जफत भएको सो अंकमा साहित्यकार शक्ति लम्साल को विचारोत्तेजक लेख, राल्फाका गीतहरु र अन्य प्रगतिशील लेखहरुको संगालो प्रकाशित थियो ।
प्रगतिशील लेख लेख्ने मात्र होईन प्रकाशन गरेर आम जन मानसमा प्रचार प्रसार पनि गर्ने उनको मुख्य ध्येयले दिल बरदान र सुवास श्रेष्ठलाई “बेदना” पत्रिका प्रकाशन गर्न उनले सुझाव दिएर सक्दो सहयोग पनि गरे ।
बिक्रम संवत २०३९ सालदेखि आफ्नै सम्पादनमा “जनमत” को सुरुवात गरे । “जनमत” संवत २०३९ साल सम्म पाक्षिक रह्यो भने २०४५ साल देखि आज पर्यन्त मासिक पत्रिकाका रुपमा प्रकाशन भै रहेको छ । आज सम्म जनमतको ३२१ अङ्क प्रकाशित भै सकेको छ । जनमतको आजीवन सदस्य संख्या सत्र सय जति छन् भने नेपालको ६२ जिल्लामा जनमत हरेक अङ्क उपलब्ध भै रहेको देखिन्छ ।
काभ्रे बहुमुखी क्याम्पसमा “सामुदायिक जनमत वाङ्मय पुस्तकालय नेपाल” को स्थापना गर्ने तयारीमा जुटेका छन मोहन दुवाल । साहित्य, कला अनि संस्कृतिका विविध वाङ्ग्मयका पुस्तकहरु करिव १२००० पुस्तक संकलन गर्नुको साथै बिभिन्न अन्य भाषा भाषिकाका पुस्तकहरु पनि समावेस गर्ने उनको योजना छ ।
उनले आजसम्म ४२२ जना साहित्यकारका जीवनी लेखिसकेका छन् । पचहत्तर जना महिला साहित्यकारका लेख, अन्तर्वार्ता को पुस्तक “अक्षर बिम्बमा लेखिकाहरु” महत्वपूर्ण ग्रन्थ प्रकाशन गरिसकेका छन् । यसैगरी यसअगावै ५०० जना लेखकहरुको हस्ताक्षर मार्फत्को परिचयसङ्ग्रह ‘अक्षरभित्रकः स्रष्टाहरु’ पुस्तक प्रकाशन गर्न करिव दश बर्ष लागेको बताउँछन । विसं १९८६ सालमा प्रकाशित शहिद शुक्रराज शास्त्रीले लेखेको “स्वर्गको दरवार” पुस्तकको “जनमत” प्रकाशन बाट मोहन दुवालले पुनः प्रकाशन गरेर देश–विदेशमा फिँजाएका छन् ।
बिगत पाँचदशकदेखि सक्रिय रुपमा साहित्यिक पत्रकारितामा लागेको मोहन दुवाल यो सफलताको सम्पूर्ण श्रेय आफ्नो आत्मबल, संकल्प र श्रीमतीको साथ, सहयोग र मायालाई नै आधारका रुपमा आत्मसात गर्छन् ।
राजनीति, शिक्षण सेवा र सामाजिक सेवामा पनि सक्रिय भई निरन्तर आजपर्यन्तसम्म पनि लागिरहेका मोहन दुवालले एक हजार बढी कविता प्रकाशित गरिसकेका छन् । उनी सस्तो लोकप्रियताको र साहित्यमा भइरहेको गुटबन्दीको बिरुद्धमा उभिरहने संकल्प राख्ने गर्छन् ।
मोहन दुवालले हालको देशको राजनीतिप्रति असन्तुष्टी जनाउनुहुँदै प्रज्ञा प्रतिष्ठानको प्राज्ञ नबन्ने प्रण पनि गरेको देखिन्छ । पंचायती कालमा किरण, सुदिप, प्रतिमा, शरद बनेपा आदि बिभिन्न छद्मनामबाट लेख–रचना र समाचार प्रकाशन गरेको अनुभव पनि सुनाउने गर्छन् ।
नेपाल समाचारपत्रको साहित्यिक पृष्ठको संयोजक भई करिव सात बर्ष साहित्य–पृष्ठको यिनले सम्पादन गरेका छन् ।
साहित्यकार तथा साहित्यिक पत्रकार मोहन दुवाल आफ्नो आजको प्रौढ उमेरमा पनि नेपाली साहित्य र सामाजिक जागरणको क्षेत्रमा उत्तिकै सक्रिय, जागरुक र नितान्त कटिबद्धताका साथ निरन्तर लागिरहेका छन ।
यहि छोटो लेखमार्फत् उनको साहित्यिक सक्रियता र सामाजिक जागरण अभियानमा सफलता मिलोस् यहि शुभ–कामना व्यक्त गर्दछु । भर्जिनिया, अमेरिका

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
लेख सम्बन्धि थप
  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • मार्साबको आधा घण्टा

    मार्साबको आधा घण्टा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0