Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

गुणस्तरीय शिक्षाका नाममा उपत्यका छिर्ने होडबाजीको अन्त्य कहिले ?

प्रभातफेरी अनलाइन ५२४ पटक पढिएको प्रकाशित मिति: २०८१ अषाढ २६, मंगलबार (१ साल अघि)
गुणस्तरीय शिक्षाका नाममा उपत्यका छिर्ने होडबाजीको अन्त्य कहिले ?

शिक्षासँग सरोकार राख्ने को, कहाँ, कति जिम्मेवार छौं, समीक्षा हुन आवश्यक छ

काभ्रे । समय सापेक्ष र गुणस्तरीय शिक्षाको लागि काभे्र अग्रपङ्क्तिमा रहेको तथ्य विभिन्न समयमा भएका शैक्षिक अनुसन्धानहरुले पुष्टि गरेको छ ।
विगतमा गुणस्तरीय शिक्षाको लागि ठुलो धनरासी खर्च गरेर विदेश धाउने परम्परालाई काभे्रले केही मात्रामा न्यूनिकरण गरेको यथार्थ हो । काभे्रली विद्यार्थीले जिल्लाको कुनै पनि स्थानमा गुणस्तरीय शिक्षा हासिल गर्ने उचित वातावरण बनेकोले आफूलाई पायक पर्ने स्थानमै घरकै ढिंडो रोटो खाएर शिक्षा लिने अवसर पाएका छन् । शिक्षाको लागि उर्वरा भूमिको रुपमा प्रख्यात काभ्रे राणाकालिन समयदेखि गणतन्त्रको स्थापनाकालसम्म आउँदा यी विद्यालयहरुको शिक्षा क्षेत्रमा राम्रो योगदान छ । पछिल्लो समय सामुदायिक विद्यालयले गुणस्तरीय आधुनिक शिक्षाको लागि राम्रो फड्को मारिरहेको अवस्थामा दक्षिण एशियामै परिचित तथा मुलुककै प्रतिष्ठित काठमाडौं विश्वविद्यालयदेखि विभिन्न प्राविधिक विद्यालय तथा स्कूल प्लसटुले शिक्षालाई माथि उठाउन टेवा दिइरहेका छन् । जिल्लाको दुर्गम क्षेत्रहरुमा समेत गुणस्तरीय उच्च शिक्षाको लागि लगातार अनवरत ढंगबाट लागिरहेका विभिन्न विद्यालयहरुको शिक्षामा ठुलो योगदान रहेको छ ।
हुन त जिल्लामा यो पटक पनि एसईई नतिजामा चित्त बुझ्दो परिणाम भने आएको देखिँदैन । तथापि पटक पटक उच्च परिणाम ल्याएका अनुभव जिल्लाका विद्यालयहरुसँग छ । अहिले एसईई पास गर्ने विद्यार्थी र उनीहरुका अभिभावकहरुलाई एकनासको चिन्ताले सताईरहेको छ । त्यो हो कहाँ पढ्ने र के पढ्ने भनेर ? धेरै अभिभावकले आफ्ना सन्तानले बिज्ञान लिएर पढोस् र डाक्टर वा इन्जिनीयर बनोस् भन्ने चाहना राखेका हुन्छन् । आफ्ना छोराछोरिको चाहना र क्षमता के मा छ त्यसमा खासै ध्यान अभिभावकले अहिलेको समयमा पनि दिएको देखिएन । विद्यार्थीहरु पनि साथीले फलानो प्लसटुमा फलानो बिषय पढ्न लायो भनेर लहलहैमा लाग्ने गरेको देखिन्छ । यहाँनेर विद्यार्थी र अभिभावक दुवैले ध्यान दिन जरुरी छ ।
विद्यार्थीहरुले आफ्नो रुची के छ र भविष्यमा आफु के बन्ने भन्ने कुरा पहिले नै तय गर्न जरुरी थियो । अभिभावकले पनि आफ्नो सन्तानको रुची र क्षमतामा ध्यान दिनसक्नु आजको आवश्यकताभित्र पर्दछ । समाजले के भन्छ भन्दा पनि छोराछोरीले कुन बिषय पढ्न सक्छन र कुन क्षेत्रमा राम्रो दख्खल राख्न सक्छन भन्ने कुरा महत्वपूर्ण विषय भएता पनि पछिल्लो आँकडालाई हेर्दा यसतर्फ विद्यार्थी अभिभावकले चासो दिएको पाइएन ।
विद्यार्थीको रुची र क्षमता साहित्यमा छ भने उसलाई बिज्ञान वा व्यवस्थापन संकाय पढ्न दवाव दिनु ठिक हैन । यसले गर्दा विद्यार्थीमा अनावश्यक मानसिक दवाव पर्छ र उसले कुनै विषय वा क्षेत्रमा राम्रो गर्न सक्दैन । उसलाई उसको चाहनाअनुसार विषय नै पढ्न दिनु पर्छ । यदि उसलाई डक्टर पढ्न सक्छु भन्ने लाग्छ भने मात्र बिज्ञान विषयतिर लगाउनु राम्रो हुन्थ्यो । अभिभावक, साथी र समाजको डर वा लाजले आफ्नो अरुची र बिषय लिएर पढ्ने र पछि असफल हुनेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । यसले विद्यार्थीको समय र अभिभावकको लामो प्रतिक्षा र पैसाको वर्वादी मात्र हुन्छ । विद्यार्थीहरुले पनि आफ्नो इच्छा र रुची बारे अभिभावकलाई राम्रोसंग भन्ने र उचित सरसल्लाह लिने गर्नु पर्दथ्यो । समग्र काभ्रेको शिक्षा क्षेत्रमा विश्लेषण गर्दा माथि अपेक्षा गरिएका विषयवस्तुहरु पाइएन ।
काभ्रेका धेरै अभिभावकहरुले राम्रो पढाई आफ्ना सन्तानहरुलाई हुने आशाले काभ्रेभन्दा बाहिर अध्ययनका लागि उपत्यकातिर पठाउने होडबाजीलाई अहिले पनि निरन्तर दिएको देखियो । हुनेखानेले त पठाउन सक्लान् तर कतिपयले ऋण काडेर भएपनि होडबाजी संस्कारलाई पछ्याउने गरेको पाइयो । यहाँनेर बुझ्नुपर्ने कुरा के छ भने महँगो ठाउँमा पढाउँदैमा छोराछोरिले गुणस्तरीय शिक्षा पाउँछन् भन्ने ग्यारेन्टी छैन । एसईई पछि प्लस टु पढ्ने बेला केटाकेटीहरु बरालिने र बिग्रने डर पनि धेरै हुन्छ । त्यसैले अभिभावकले आफ्ना सन्तान बाहिर पढ्न पठाउँदा सकभर शुभचिन्तक र गुणस्तरीय शिक्षा प्राप्त हुने ठाउँमा राख्दा राम्रो हुन्छ । अर्को मुख्य कुरा जिल्लामा रहेका प्लसटु र प्लसटुहरुको प्रस्तुती हेर्दा अब साँगा भञ्ज्याङ्ग काट्नुपर्ने स्थिति छैन । बिडम्बना ! उपत्यका छिर्ने होडबाजी रोक्न सकिएन । यसमा शिक्षासँग सरोकार राख्ने को, कहाँ, कति जिम्मेवार छौं, समीक्षा हुन आवश्यक छ ।
अहिलेका विद्यार्थी र अविभावकको मुख्य समस्या भनेको गुणस्तरी शिक्षा दिने प्लसटु पढाउने विद्यालय र विषयको छनौट हो । धेरै अभिभावकले आफ्ना सन्तानलाई बिज्ञान वा व्यवस्थापन नै पढ भनेर दबाब दिने गर्छन । आफ्ना सन्तानको रुचीमा ध्यान दिएर बिषयको छनौट गर्दा राम्रो हुन्छ । विद्यार्थीहरुले पनि आफ्नो परिवारको आर्थिक अवस्थालाई ध्यान दिएर बिषय र प्लसटुको छनौट गर्नु जरुरी छ । घरमा बसेर नजिकको प्लसटुमा पढ्नुको मजा नै अर्कै हुन्छ । परिवारको माया र घरको खानपिनबाट टाढा हुनु परेन भने पनि विद्यार्थीको ध्यान पढाईमा जान्छ । यो कुरामा विद्यार्थी र अभिभावकले ध्यान दिनु पर्छ । प्लसटुको छनौट गर्दा पनि ठुला भवन र तडकभडक भन्दा पनि व्यवस्थापन र दक्ष शिक्षकमा ध्यान दिन सक्नु पर्छ । बिषयगत योग्यता पुगेका शिक्षक छन् कि छैनन् वा अरु कर्मचारीहरु कस्ता छन् भन्ने कुरामा ध्यान दिन सके मात्र विद्यार्थीको पढाई राम्रो हुन सक्छ ।
सक्षम र सम्पन्न उच्च माविहरु छाडेर साँगा भञ्ज्याङ्ग काटेर जान नपरेपनि हाल जिल्लामा रहेका विभिन्न शैक्षिक संस्थाहरुमा अस्वभाविक हर्कतहरु पनि नदेखिएका भने होइनन् । यो कुरा अभिभावकले बुझनु जरुरी थियो । समुदायमा रहेका शैक्षिक संस्थाहरुमा समय सापेक्ष शिक्षा छ वा देखावटी मात्र हो, समय समयमा व्यवहारिक लगायतका विषयमा विषय विशेषज्ञबाट काउन्सिलिङ कक्षाहरु हुन्छ कि हुँदैन, पिउने पानी धारो तथा युभी प्रोटेक्टेड छ कि छैन, शौचालय रनिङ वाटरयुक्त छ कि छैन, इ लाइव्रेरी, पर्याप्त कम्प्युटर छ वा छैन ? कक्षा ११ मा मात्र छात्रवृत्ति दिने र १२ मा अन्त कतै जाँदैनन् भन्ने बुझेर कक्षा १२ मा छात्रवृत्ति नदिने प्लस टुहरुको लामै ताँती अझै पनि छ । यी यावत कुराहरु बुझेर मात्र आफ्ना पाइला अगाडि बढाउन सकेको भए उत्तम हुने थियो । आलिशान भवन वा विज्ञापन राम्रा हुँदैमा शिक्षामा गुणस्तर हुन्छ भन्ने छैन । यसतर्फ हामी अभिभावक र विद्यार्थीले सूक्ष्म अध्ययन गर्न आवश्यक छ ।
अझै पनि जिल्लामा रहेका नेपालीको आयस्तरसँग मेल खाने सामुदायिक विद्यालयहरुले गुणस्तरीय शिक्षा प्रदान गर्नमा अब्बल सावित भएको तथ्य त्यस विद्यालयहरुबाट आएको परिणामले पुष्टि गरेको छ । सामुदायिक विद्यालयप्रति समाजमा परेको नकारात्मक सोचको अन्त्य गर्न जरुरी छ । त्यसका लागि अभिभावकले समयसँगै आफूलाई रुपान्तरण गर्न आवश्यक छ । सामुदायिक विद्यालयप्रति अभिभावक र विद्यार्थीको आकर्षक गन्तव्य बनाउन जरुरी छ । तब मात्र मुलुकको शिक्षा क्षेत्रको आवश्यकता परिपूर्ति गर्ने विश्वास शिक्षासँग सरोकार राख्ने विज्ञहरुले बताइरहेका छन् ।
यता जिल्लामा कुन–कुन विद्यालयमा के–के विषयको अध्यापन गराइन्छ भनी शैक्षिक अवस्थाबारे सरोकारवाला निकाय जिल्ला शिक्षा समन्वय इकाई काभ्रेमा पटक–पटक सम्पर्क गर्दा पनि सूचना दिन आलटाल गरेर पन्छाउने काम हुनुले जिल्लाको शिक्षामा सकारात्मक अपेक्षा राख्नु अर्थहिन सावित भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

  • काभ्रे क्षेत्र नम्बर २ का उम्मेदवार बसुन्धरा हुमागाई : समाजवादी यात्रामार्फत् समृद्धिको संकल्प

    काभ्रे क्षेत्र नम्बर २ का उम्मेदवार बसुन्धरा हुमागाई : समाजवादी यात्रामार्फत् समृद्धिको संकल्प

  • देशभरका पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता

    देशभरका पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता

  • लुम्बिनी प्रदेशमा नेकपाका प्रचण्ड सहित हेभिवेट नेता उम्मेदवार

    लुम्बिनी प्रदेशमा नेकपाका प्रचण्ड सहित हेभिवेट नेता उम्मेदवार

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0