Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

असल किसानलाई एक लाख होइन, पाँच लाख अनुदान दिऊँः मन्त्री श्रेष्ठ

प्रभातफेरी अनलाइन ४८३ पटक पढिएको प्रकाशित मिति: २०८१ आश्विन १, मंगलबार (१ साल अघि)
असल किसानलाई एक लाख होइन, पाँच लाख अनुदान दिऊँः मन्त्री श्रेष्ठ

सन्दर्भः आ.व. २०८०।०८१ को समीक्षा तथा आ.व. ०८१।०८२ को वार्षिक कार्यक्रम सार्वजनिकीकरण

काभ्रे । जिल्लाका १८ वटा कार्यालय मध्ये कृषि विकास कार्यालय, पशु विकास कार्यालय, बागबानी विकास केन्द्र काभ्रेको संयुक्त रुपमा आयोजना गरिएको समीक्षा तथा वार्षिक योजना सार्वजनिकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेश कृषि तथा पशुपंक्षी विकास मन्त्री प्रकाश श्रेष्ठले असल किसानहरुलाई अनुदान नपुगेको जिकीर गर्दै आगामी आर्थिक वर्षसम्म अनुदान रकम ५ लाख पु¥याउने प्रतिबद्धता सम्बोधनका क्रममा व्यक्त गर्नुभएको छ ।


काभ्रे जिल्लामा कृषि तथा पशु पालनको प्रचुर सम्भावनाप्रति आफ्नो ध्यान केन्द्रित भएको स्मरण गर्दै दूग्ध उत्पादक किसानहरुका लागि दीर्घकालिन योजना बनिसकेको जानकारी गराउँदै दूग्ध सहकारी मार्फत् दूध उत्पादक किसानहरुका लागि आफ्नो कार्यकालमा दीर्घकालिन योजना कार्यान्वयनमा ल्याउने जानकारी दिनुभएको छ ।
त्यसैगरी किसानहरुले उत्पादन गर्ने कृषि उपजहरुको भण्डारणका लागि तयार भएका कोल्डस्टोरहरु सम्बन्धित पालिकामार्फत् कार्यान्वयनमा ल्याउन पहल गर्ने र नपुग कोल्डस्टोरहरु निर्माणका लागि प्रयत्न गर्ने जानकारी गराउनुभएको छ । बागमती प्रदेश सरकारले पूर्व मन्त्रीहरु चाल्नुभएको सकारात्मक कदमहरुको अनुशरण गर्दै त्यसलाई निरन्तरता दिने र कार्यान्वयनमा कहाँ, के, कति कारणले ढिलासुस्ती हुन गएको हो त्यसतर्फ आफू सचेत र चिन्तित रहेको स्मरण गराउँदै काभ्रेली किसानहरुका लागि आफ्नो मन्त्रालयको ढोका सदैव खुल्ला रहने जानकारी समेत सम्बोधनका क्रममा मन्त्री श्रेष्ठले खुलासा गर्नुभएको छ ।
मन्त्री श्रेष्ठको थप कथन छ– संघीय संरचना अनुसार आफू मातहतका निकायमा जनचाहनाअनुसार काम नभएको गुनासोप्रति लक्षित गर्दै सुकिला–मुकिला र झोलेहरुप्रति सेवा केन्द्रित हुनु यथार्थ किसानहरु उपेक्षित हुनु दुःखद पक्ष हो । अब आइन्दा यस किसिमका विभेदकारी गतिविधि सरोकारवाला कार्यालयहरुबाट हुनेछैन भन्ने जानकारी गराउँदै सम्बन्धित कार्यालयहरुलाई यस किसिमका गतिविधिबाट टाढा रहन समेत मन्त्री श्रेष्ठले निर्देशन दिनुभएको छ ।
समीक्षा तथा योजना सार्वजनिकरण कार्यक्रममा जे–जति किसानका गुनासाहरु आए, ति सबै यथार्थ रहेको हुँदा आगामी दिनमा यस किसिमका गुनासाहरु नआउने किसिमबाट स्थानीय सरकारसँग सहजीकरण गरेर कार्यक्रमहरु सञ्चालन गर्न सम्बन्धित कार्यालयहरुको ध्यानाकर्षण समेत मन्त्री श्रेष्ठले सम्बोधनका क्रममा गराउनुभएको छ ।
उक्त कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक कुमार गौतमले कृषि विकास, पशु सेवा कार्यालय र बागबानी विकास केन्द्रले मुलुकको परिवर्तित राजनीतिक संरचनाअनुसार जनतालाई सेवा दिन नसकेको यथार्थ हो । अझै पनि कर्मचारीतन्त्र परिमार्जित हुन सकिरहेको छैन । यो संगीण अवस्थामा जनतालाई परिवर्तनको अनुभूति गराउने किसिमको योजनाहरु यथार्थ श्रमजीवि किसानसम्म नपुग्नुमा कसको कमजोरी हो, त्यसप्रति हामी सबैले सूक्ष्म अध्ययन र समीक्षा गर्नु जरुरी छ । जिल्लामा रहेका जति पनि सेवादायी कार्यालयहरु छन्, ति कार्यालयहरुले स्थानीय सरकारसँग बाँझिने किसिमका योजनाहरु कार्यान्वयन गर्न खोज्नु संघीयताको मर्म विपरित हुनसक्ने निष्कर्ष दिँदै कृषि, पशु पालनको क्षेत्रमा जुन किसिमको अपेक्षा गरिएको छ, त्यहि अनुसार सहकार्य र सह–अस्तित्वको आधारमा सम्बन्धित किसानसम्म पुग्नका लागि मुलुकका तीनै तहका सरकारहरु गम्भीर भएर लाग्नुपर्ने धारणा राख्नुभएको छ ।
त्यसैगरी कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका उपप्रमुख रिमबहादुर तामाङले कृषि तथा पशुपंक्षीका क्षेत्रमा कागजी भोगाइले भुईंमान्छेसम्म सेवा नपुग्ने निचोड निकाल्दै टोपीको घेरा फाटेका र कुर्कुचा फुटेका किसानसँग नबसीकन बनेका योजनाहरुले यथार्थमै किसानको हित गर्दैन । जसको परिणाम समीक्षाका क्रममा स्वीकृत बजेटहरु कार्यान्वयन नहुनु, लक्षित उपलब्धी हासिल नहुनु यिनैका उदाहरण हुन् । जबसम्म भुईंमान्छेसँग बसेर योजना बन्दैन, तबसम्म यि योजनाहरु कागजी खोस्टाको रुपमा सावित भएरै जानेछन् । सिंहदरबारभित्र आलिशान कोठामा बनेका योजनाहरुले भुर्इंमान्छेको भावनाको प्रतिनिधित्व गर्दैन । यदि साँच्चै कृषि पेशा र कृषकप्रति लक्षित योजना ल्याउने हो भने प्रत्येक वडाबाट योजना बन्नुपर्छ । कृषि र पशुपंक्षीको क्षेत्रमा सूक्ष्म अध्ययन, अनुगमन आजको अपरिहार्य बनेको जबसम्म राज्यले यस विषयमा गम्भीरता देखाउँदैन तबसम्म नेपाली किसानहरुको उत्पादनप्रतिको अपेक्षा निराशाजन्य नै रहने उपप्रमुख तामाङले खुलासा गर्नुभएको छ ।
जिल्लाका १८ वटा कार्यालयमध्ये प्रत्यक्ष जनतासँग सरोकार राख्ने तीन वटा कार्यालयले नमूनायोग्य सामाजिक परिक्षण गरेर आफ्नो पारदर्शिता पेश गरेको अनुमति गराएको छ भन्दै बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य, पनौती नगरपालिकाका उपप्रमुख गिता बञ्जारा, पाँचखाल नगरपालिकाका उपप्रमुख सूर्यमाया दनुवार, भुम्लु गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर भुजेल, महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा, बेथानचोक गाउँपालिकाका उपाध्यक्ष तारा राना तिमल्सिना, खानीखोला गाउँपालिकाका उपाध्यक्ष दोर्जेमान जिम्बा, नेपाल पत्रकार महासंघका अध्यक्ष बद्रीराज तिमल्सिना लगायतले समीक्षा तथा वार्षिक योजना सार्वजनिकरण कार्यक्रमप्रति आ–आफ्नो भनाई राख्नुभएको छ ।
कार्यक्रममा कार्यालय प्रमुखहरु डा. गौरीमान श्रेष्ठले पशु सेवा कार्यालय, कुलप्रसाद दवाडीले कृषि विकास कार्यालय र विष्णु बोगटीले बागबानी विकास केन्द्र पाँचखालको समीक्षा तथा वार्षिक कार्यक्रमका बारेमा प्रस्तुती दिनुभएको छ । सम्बन्धित कार्यालय प्रमुखहरुको प्रस्तुतीप्रति जनप्रतिनिधि, किसान र सञ्चारकर्मीहरुले पूरक प्रश्नहरु राख्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

  • काभ्रे/काभ्रे क्षेत्र नम्बर २ को निर्वाचन जहिल्यै रोचक हुने गर्छ

    काभ्रे/काभ्रे क्षेत्र नम्बर २ को निर्वाचन जहिल्यै रोचक हुने गर्छ

  • नेकपाका युवा संगठनद्वारा निर्वाचनमा ‘एक बुथ, २० युथ’ अभियान सञ्चालन

    नेकपाका युवा संगठनद्वारा निर्वाचनमा ‘एक बुथ, २० युथ’ अभियान सञ्चालन

  • जेष्ठ नागरिक सम्बन्धी बसुन्धराको प्रतिबद्धता : जेष्ठ नागरिकलाई सम्मानजनक, सुरक्षित र आत्मनिर्भर जीवनको सुनिश्चितताका लागि पहल गरिने

    जेष्ठ नागरिक सम्बन्धी बसुन्धराको प्रतिबद्धता : जेष्ठ नागरिकलाई सम्मानजनक, सुरक्षित र आत्मनिर्भर जीवनको सुनिश्चितताका लागि पहल गरिने

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0