Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १३, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

हास्यव्यङ्ग्यका सुकीर्तिः भैरव अर्याल

प्रभातफेरी अनलाइन २१७ पटक पढिएको प्रकाशित मिति: २०८१ मंसिर ४, मंगलबार (१ साल अघि)
हास्यव्यङ्ग्यका सुकीर्तिः भैरव अर्याल

मोहन दुवाल, वरिष्ठ साहित्यकार
अपरिचित, अवतार भैया, आत्रेय, कुमुदिनी, खोलापारीको पुरेत बाजे, विष्णु शर्मा, बकम्फुसे शर्मा, इभरब पर्सात अर्जेल आदि थुप्रै नाम जुराएका तीर्थनाथ अर्याल नै त हुन् भैरवप्रसाद अर्याल अर्थात भैरव अर्याल । यिनी ४० वर्ष १४ दिनका हुँदा घर, समाज, देशसँग विरक्त हुँदै मध्यरातमा गोकर्णेश्वर महादेवको छेउको पहिरोबाट बागमतीमा २०३३ असोज १९ गते हाम फालेर आफूलाई बिसर्जन गर्न रुचाए अर्थात् यिनले अकल्पनीय मृत्यु रोजे । १९९३ असोज ५ गते कुपण्डोल, ललितपुरमा खेमकुमारी र होमनाथ अर्यालका छोराका रुपमा यिनको जन्म भयो । ३ छोरा र ३ छोरीका बुबा भई व्यवहारपथमा लागेका यिनको विवाह १३ वर्षको उमेरमै वि.सं. २००५ सालमा भएको थियो । २०१४ सालमा एस.एल.सी. उत्तीर्ण गरेका यिनले २०२६ सालमा त्रिविविबाट नेपाली विषयमा स्नातकोत्तर उत्तीर्ण गरेको देखिन्छ । पत्रकारिता यिनको जीविकोपार्जनको माध्यम बनेकै कारणले यिनले थ्ुप्रैै पत्रपत्रिकामा सम्पादन कार्यमा सक्रिय रहेर सहयोग गरेको देखिन्छ ।
निम्न मध्यमवर्गीय परिवारमा जन्मेका भैरवलाई पढ्नका लागि, व्यवहार चलाउनका लागि पनि निकै हम्मे हम्मे परेको पारिवारिक स्थिति भएकोले यिनी जागीरको खोजीमा लागे । पोखरामा २०११ सालतिर यिनी शिक्षकका रुपमा खटिएर गए । दुई वर्ष जति पोखरामा यिनी प्राइमरी शिक्षक भई बिताए । पछि काठमाडौंको पासिखेलस्थित इन्द्रायणी स्कुलमा २०१३ देखि २०१५ सालसम्म उसले पढाएको देखिन्छ । शिक्षण सेवाबाट जीवन गुजार्ने बाटो रोजेका यिनी २००९ सालदेखि नै नयाँ जीवन कविता प्रतिभा पत्रिकामा प्रकाशित गराएर देखापरेका यिनी २०१६ सालमा के के भयो ? गीतिकाव्य लिएर देखा परे । यिनका अन्य प्रकाशित कृतिहरुमा उपवन (कवितासङ्ग्रह २०१९), राष्ट्रिय आह्वान (लघ्ुकाव्य २०१८), काउकुती (हास्यव्यङ्ग्यसङ्ग्रह, २०१९), विरही राम (काव्य २०२०), जयभुँडी (हास्यव्यङ्ग्यसङ्ग्रह २०२२), गलबन्दी (हास्यव्यङ्ग्यसङ्ग्रह, २०२६), प्रवेशिका (निबन्धसङ्ग्रह, २०२७), इतिश्री (हास्यव्यङ्ग्यसङ्ग्रह, २०२८), नेपाली काव्यमा प्रकृति (समालोचना, २०३०), दश औतार (हास्यव्यङ्ग्यसङ्ग्रह, २०३४), भैरव अर्यालका हास्यव्यङ्ग्यहरु (२०५९), टेढो ऐना (२०६३), कारिन्दाको दिनचर्या (कविता सङ्ग्रह २०६८), भैरव अर्यालका समालोचना (२०६९) प्रकाशित छन् ।
परिश्रमी साधकका रुपमा ख्याती कमाएका यिनी कुनै पनि क्षेत्रमा लाग्दै गर्दा त्यस क्षेत्रभित्र यिनी इमान्दार देखिएका सुपात्र हुन् । लपनछपन नजानेका सिधा सोझा व्यक्ति भएकै कारणले यिनले कमाउन जानेनन्, जीविकोपार्जनका लागि मात्र पनि कष्टपूर्ण ढङ्गले व्यवहार चलाए । परिवारमा यिनले सुख सयल र ऐस आरामको वातावरण दिन सकेनन् । सायद, यस्तै पीडा र दुःख पनि यिनका लागि असह्य भयो । जहाँ–जहाँ पुगे त्यहाँ–त्यहाँ यिनले इमान्दारितापूर्वक सेवा गरे । शिक्षण सेवामा समर्पित छँदा आफूलाई इमान्दार, कर्मठ शिक्षकका रुपमा यिनले चिनाए । पत्रकारितामा पनि यिनले आफ्नो छवि र पहिचान गरिमामय ढङ्गले देखाउन सफल रहेको देखिन्छ । साहित्यिक पत्रिकाहरुमा रत्नश्री, रचनामा यिनले सम्पादनमा पु¥याइदिएका योगदानहरु अविष्मरणीय छन् । गोरखापत्रको शनिवाशरीय परिशिष्टांकमा पु¥याइएका सेवा उल्लेखयोग्य छन् । मधुपर्कमा पनि उप–सम्पादक भई यिनले सम्पादन कार्य गरेको देखिन्छ ।
“जीवन गति हो, तर सग्ल्याँटो र बिब्ल्याँटो दुवैतिर बग्न सक्छ” भनी जीवनदृष्टि पोखेर गएका यिनी जीवनका क्षणहरुमा जति सुशील ढङ्गले आफूलाई पेश गरे र आफ्नो लेखनमार्फत् जीवन–जगत्लाई बाटो देखाउन समर्पित रहे तर पनि व्यावहारिक कठिनाईबाट यिनी मुक्त हुन सकेनन् । धेरै गरे, धेरै लेखे र तर बाटोले पार पाउन नसक्दा यिनी जीवनपथबाट विचलित भएर आफूलाई ४० वर्षको उमेरमा नै जीवनसँग हार्न लगाए । थुप्रै महत्वपूर्ण ग्रन्थहरु पनि सम्पादन गरे । साझा प्रकाशनबाट प्रकाशित साझा कथाको २०२५ सालमा नै यिनले उत्कृष्ट ढङ्गले सम्पादन गरेको देखिन्छ । छ्याकन कवितासङ्ग्रहको पनि यिनले सम्पादन गरेको देखिन्छ । पत्रकारितामा कृयाशील छँदा नै यिनले बर्लिनबाट पत्रकारितामा डिप्लोमा गरेका हुन् । भारत, पाकिस्तान, जर्मनीमा पनि पत्रकारितामा अध्ययन गर्न पाएका यिनी सम्पादन कार्यमा सिद्धहस्त सम्पादक हुन् । प्रुफ रिडरबाट सम्पादकसम्म भई सेवा गर्न सफल यिनी साहित्य लेखनमा कविता, समालोचना, निबन्ध कलामा निपुण साहित्यकारका रुपमा सिद्धहस्त छन् । हास्यव्यङ्ग्य साहित्यमा यिनको लेखन उच्चकोटीको मात्र छैन यिनको लेखकीय सामथ्र्य तुलनायोग्य नै छैनन् । हालसम्म पनि हास्यव्यङ्ग्य निबन्ध विधाका यिनको उचाइमा पुगेका व्यक्तित्व खोज्नुपर्दा गाह्रो छ । त्यसैले भन्न सकिन्छ – यिनी हास्यव्यङ्ग्यमा आफ्नो सम्पूर्णता खर्चेर हास्यव्यङ्ग्य क्षेत्रका शिखर व्यक्तित्वका रुपमा आफ्नो पहिचान छोड्न सफल भैरव अर्याल विसङ्गतिको विरोधमा सक्रिय लेखन गर्दै आएका सफल हास्यव्यङ्ग्य निबन्धकार हुन् ।
कवितामा पनि यिनका हास्यव्यङ्ग्य मिश्रित वाणीहरु उल्लेख गर्न लायकका थुप्रै हरफहरु छन् । कुकुर स्वर्गे हुँदा कवितामा यिनी यसरी व्यङ्ग्य सिर्जना गर्छन् –‘भीमसेन स्तम्भमुनि गुँडुल्किएर ÷ स्वामी भक्तिको साधना गर्ने यो कुत्तो ÷ भीम मल्लको चिहान खोस्रेर ÷ बफादारीको बिगुल बजाउन खोज्ने यो खिच्चो ÷ साँच्चै कुकुर जस्ता निरीह थियो, दयनीय थियो । त्यसैले त पुण्यात्माहरुको शिकार भयो ÷ उद्दार समितिको कारले किचेर ÷ मेरो कुकुर स्वर्गे भयो ।’ अपच हुने नियम, क्षुद्र सामन्ती प्रथा, जाली–ठालु–कुटिल–रकमीहरुको थिचोमिचो र शोषण प्रथाका यिनी कट्टर विरोधी रहेको यिनको कवितापंक्तिहरुमा छरपष्ट छन् । यिनी कवितामा लेख्छन् –“भोका, नाङ्गा, श्रमिक, अबला न्यायका निम्ति रुन्छन् ÷ जाली, ठालू, कुटिल, रकमी नित्य निर्धा निचोर्छन् ÷ यो झाङ्गिदो चलन छिमली कानुनी राज्य रच्छ ÷ नेपाली हो ! अब छ कसिनू न्यायको द्वार खोल्न ।’ यति मात्र होइन ईश्वरको मूकदर्शिताप्रति पनि धावा बोल्दै यसरी कवितामा बोलेका छन् –‘चाहिन्न ईश्वर तेरो दुनियाँ ÷ मैले अर्कै सिर्जिसकेँ ÷ यो नमीठो विपनादेखि ÷अब म साँच्चै पन्छिसकेँ ।’
मूल्य र मान्यतामा पनि सशक्त ढङ्गले विचार सम्प्रेषण गर्दै आएका साहित्यकार भैरव अर्यालले पछिल्लो समयमा किन आफैसँग हारे, धेरै अनौठो प्रश्न छ । भीमसेन थापाले सेरिनुपर्ने यो देशमा, भीम मल्लजस्तो देशभक्तको श्रीमतीले सरापेर गएको देशमा भैरव अर्यालले पनि आफूलाई हार्न बाध्य हुँदै सुन्दरीजलको जलकुण्डभित्र आफूलाई डुबाउन भन्दा अघि अन्तिम रचनाका रुपमा यी पंक्तिहरु कुँदेर गएको देखिन्छ –‘ए नआओ कोही बोलाउन मलाई ÷ मभित्र आफ्नै कोलाहल छ ÷ निषेधै निषेधको कोठा बारी बसेको छु ÷ आफ्नै वियोग–वेदनाको हलाहल छ ।’ कोलाहल, वियोग–वेदनाको हलाहल पिउन किन बाध्य भए भैरव अर्याल ? हास्यव्यङ्ग्यका शाश्वत शिल्पी जस्ता सिर्जनाहरु अद्यावधि पनि नमूनायोग्य छन् । विचार शिल्प खारिएका छन् – किन भाग्न चाहे धरतीबाट ? यो खोजीको विषय हो, हास्यव्यङ्ग्य चेतनाका दिग्गज स्रष्टा भैरव अर्यालले आफूलाई किन दहभित्र हाम फाल्न दिएर सबैलाई रुवाउन खोजे ? यो प्रश्न सधैं गुञ्जिरहने छ ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
साहित्य सम्बन्धि थप
  • बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

  • नेपाल स्रष्टा समाजले गर्याे बृहद आत्मपरक निबन्ध गोष्ठी

    नेपाल स्रष्टा समाजले गर्याे बृहद आत्मपरक निबन्ध गोष्ठी

  • एउटा फेरि चोर पहरेदार छान्दै छौ

    एउटा फेरि चोर पहरेदार छान्दै छौ

  • डा.योगीको निबन्धकृति चेतना यात्रा लोकार्पण

    डा.योगीको निबन्धकृति चेतना यात्रा लोकार्पण

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    नेत्ता प्रचण्डको सपना साकारको पहिलो खुड्किला नै संघीय संसदमा देखियो

    Post Thumbnail

    भारतिय प्र.म.नरेन्द्र मोदिद्वारा बालेन्द्र शाहलाई बधाई

    Post Thumbnail

    कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ?

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0