Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सङ्घर्ष गर्न नथाकेका लेखकः गिरिजाप्रसाद जोशी

प्रभातफेरी अनलाइन १८९ पटक पढिएको प्रकाशित मिति: २०८१ माघ १०, बिहिबार (१ साल अघि)
सङ्घर्ष गर्न नथाकेका लेखकः गिरिजाप्रसाद जोशी

मोहन दुवाल, वरिष्ठ साहित्यकार
गिरिजाप्रसाद जोशी नेपालभाषा साहित्यमा एउटा व्याप्त नाम । सबैजसो विधामा सफल नेपालभाषाका लेखक । सङ्घर्षबाट उठेका, सङ्घर्ष मन पराउने एकजना सङ्घर्षशील व्यक्ति । देखेका कुरा लेख्छन् मुलाहिजा कसैलाई गर्न उनी जान्दैनन् त्यसैले त उनी मठाधीशहरुको लागि कोपभाजनको तारो बनिरहे । उनका सत्य कुरालाई असत्य बनाउन खोजे । उनको लेखनमा छाएको माधुर्यतालाई विषालुखालको वस्तु सम्झे । त्यसैले त गिरिजाप्रसादलाई कसैले ज्यानमाराको रुपमा, कसैले डाँकाकै बिम्बमा, कसैले आवाराकै प्रतीकमा फसाउन खोजे र त खराब सोच्नेहरुले लखेटिरहे ।
उनी धेरै बाँचेनन् तर धेरै लेख्न र धेरै गर्न भ्याए । साँखुको माटोमा उनीजस्तो मान्छे जन्मदैनन् मात्र होइन अरु सयौं वर्षमा पनि उनीजस्ता प्रतिभाशाली व्यक्ति जन्मिन गाह्रो छ । शालीनदीको ऐतिहासिकता साँचेर बाँचेको साँखु काठमाडौं नजिक रहेको अधिकांश नेवारहरु बसोवास गर्ने नगर हो । त्यहाँ सङ्कीर्णताका आफ्नै खालका डोबहरु छन् । त्यहाँ विकासका घामहरु नउदाउनुका आफ्नै कथा र व्यथाहरु छन् । त्यहाँ अज्ञानताका आफ्नै ढङ्गका सन्दर्भहरु छन् । तर पनि गिरिजाप्रसादजस्ता पहाडभन्दा ग¥हँुगो मान्छेले जन्म पाएका छन् । यस अर्थमा साँखुको नाम धन्य छ । गिरिजाप्रसाद साँखुमा नै जन्मेका साँखुमा नै हुर्केका एकजना कर्मशील, श्रमशील र लगनशील चेतनाका दृष्टिले पनि बलिया साहित्यकार हुन् ।
उनी एकजना शिक्षक । उनी पिपा । उनी खरिदार । उनी समाजसेवक । उनी लेखक । उनी योद्धा । उनलाई विभाजित गर्दै लगे उनी एकजना व्यक्ति तर धेरै–धेरै थोकमा विभाजित गर्न सकिने एकजना सक्रिय मान्छे । उनका आफ्नै कथाहरु छन्, उनले थुप्रै कथाहरु देखेका छन् त्यसैले त लेखे उनले धेरै कथाहरु उनी एकजना कथाकार । उपन्यासमा आफ्नै ढङ्गको विषय खोज्ने सिपालु यिनी उपन्यासकार । त्यसैले त भन्नुपर्छ – उनी एकजना सफल कथाकार तथा उपन्यासकार हुन् । कृतिगत चिरफार गर्न सक्षम समालोचक । आफ्नै खालको लय, ताल, छन्द मिलाएर राम्रो गीत बनाउन सफल गीतकार । छन्द र लयमा कविता कोर्न सफल कवि–कलाकारलाई पनि कला प्रदर्शन गर्न सक्ने कलाकार । आफ्नै गीतमा सङ्गीत भर्नसक्ने संगीतकार । गायक, निबन्धकार, नाटककार सबै–सबैमा व्याप्त रहेका लेखक–गिरिजाप्रसाद जोशी ।
वि.सं. १९९५ चैत्रमा जन्मेका गिरिजाको अवसान २०४४ सालमा अर्थात् ४९ वर्षको अल्पायुमा नै भएको देखिन्छ । यिनले समाज र देशका लागि धेरै परिश्रम गरे तर थोरैमात्र आफू र परिवारबारे सोचे । यिनी अभावमा बाँचे तर अभावसँग कहित्यै लत्रेनन् । खराबीले यिनलाई गुलामी गर्न खोजे तर कलुषिताभित्र बाँच्न रुचाएनन् । साँखुजस्तो सानो ठाउँ जहाँ चेतनाको मात्र होइन धेरै थोकको कमी छ यस्तै कमी देखेर यिनले त्यहाँ नाटक सिकाएर देखाउने मात्र होइन आफै खेलेर, आफैले लेखेर, गीत गाएर, समाजमा चेतना बाँड्न खोजिरहे । नेपालभाषाका कट्टर प्रचारक । नेपालभाषाका अनन्य लेखक । नेपालभाषाका लागि जस्तो दुःख खप्न परे पनि खप्न तयार एकजना निडर कार्यकर्ता । परिवारलाई अभाव दिएर गए तर राष्ट्रलाई भाषा र साहित्यका अनन्त कृतिहरु दिए । त्यसैले त यिनको महानता बखान गरेर साध्य छैन । साँखुजस्तो कुनोमा परेको अँध्यारो नगरीमा उनले सामाजिक चेतना ल्याउन, नाटक देखाएर, भाषा साहित्यको अनगिन्ती गोष्ठी सम्मेलन सञ्चालन गरेर, गीत–कविता सुनाएर, थरि–थरि भावनाका कथा–उपन्यासहरु सुनाएर एकजना इमानजमान भएका शिक्षक, एकजना कर्तव्यनिष्ट प्रधानाध्यापक भएर जीवनपर्यन्तसम्म सेवा पु¥याइरहे । यिनले पु¥याएका सेवाका पाटाहरु पनि अनगिन्ती छन् । यिनका अवसानले समाजलाई अपूरणीय क्षति पु¥याइदिएको छ । आफूले अनुभव गरी सिर्जना गरेको साहित्य नै महत्वपूर्ण हुन्छ भन्न रुचाउने गिरिजा जोशीका आँखा र दृष्टिमा साहित्य पनि खुकुरीजस्तै नै हो । फरक यति मात्र हो कि गरीबलाई चाहिने खुकुरी र साहूलाई चाहिने खुकुरी एक खालको हुँदैन भन्ने छ । यस्तै भावना बोकेर साहित्य लेखिरहने यिनले नेपालभाषा साहित्यमा करिब ७५ वटाभन्दा बढी पुस्तकहरु लेखेर गएका छन् । नेपालभाषाका पक्षपाती लेखक गिरिजाप्रसाद जोशीको परिभाषामा आफ्नो भाषा छोडी अर्काको भाषाको अनुयायी बन्नु अनैतिकता हो । जनताहरुलाई मातृभाषाबाट राजनैतिक शिक्षा नदिंदा क्रान्ति सफल हुँदैन भन्दै विचार अभिव्यक्ति पोख्दै आएका यिनी पूँजीवादी समाजमा इमान र परिश्रमको पुरस्कार भनेको दास जीवन हो । आफूले आफैलाई न्याय गर्न सकेन भन्ने अरुले गरेर दिएको न्याय खालि अन्याय नै हो । समाजलाई बुझ्न सफल, जनताका मनोवल खोज्न सक्रिय योद्धा–कवि गिरिजाका कल्पना शक्तिमा लुकेको यथार्थ दृष्टि र सशक्त उक्ति प्रभावशाली र प्रेरणाप्रद खालका छन् ।
बी.ए., बी.एड. सम्म उत्तीर्ण गरेका गिरिजाले २०१३ सालतिर एस.एल.सी.सम्म पढ्दै गर्दा, काम नपाउँदा पिपाको जागिरसम्म खाएको देखिन्छ । टक्सारमा खरिदार हुँदै २०१७ सालतिर यातायात संघतिर नोकरी गरेर हेटौंडामा केही वर्ष यिनले नोकरी गरेको देखिन्छ । हेटौंडामा जागिर छँदा पनि यिनले आफ्नो मातृभाषाको प्रचार गर्न पछि परेनन् । पछि यिनी शिक्षक भए । जीवनका धेरै लामो क्षणहरुमा शिक्षणसेवा गरेर बिताएका यिनले भाग्योदय मा.वि., साँखुमा प्राइमरी स्कुलछँदादेखि सेवा पु¥याएको पाइन्छ । साहित्यकार गिरिजाले शिक्षणसेवा पु¥याएको विद्यालयहरुमा आनन्दकुटी बोर्डिङ्ग स्कुल, बालकुमारी मा.वि., शान्ति मन्दिरहरु पनि हुन् । २०२५ सालपछि साँखुस्थित भाग्योदय मा.वि.मा शिक्षक भई गएपछि जीवनभरी शिक्षण सेवामा आफूलाई समर्पित गरेको देखिन्छ । करिब १३ वर्ष २०३८ सालसम्म यसै स्कुलमा अङ्ग्रेजी, नेपालभाषाका शिक्षक भई सेवा पु¥याएका यिनी कहिले षड्यन्त्रमा परेर, कहिले कसैका वक्रदृष्टिमा परेर, कहिले प्रशासनिक मारमा फसेर भद्रवासस्थित आदर्श मा.वि.मा पनि पढाउन पुगे । त्यसपछि बाङ्गाटिङ्गा मोडलहरु पार गर्दै चुगाउँमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयमा वि.सं. २०४० देखि प्रधानाध्यापक भई सेवा गरेको देखिन्छ । प्र.अ.मा सेवारत छँदाछँदै फोक्सोको क्यान्सर भएर २०४४ सालमा यिनको देहावसान भयो ।
एकजना स्वाभिमानी शिक्षक जो एकजना समाजका पथप्रदर्शक लेखक पनि हुन् । एकजना इमानमा बाँचेर स्वाभिमानमा रमाएर र कटु यथार्थभित्रका सत्य ओकलेर जान सफल एकजना प्रतिवद्ध साहित्यकार हुन् – गिरिजाप्रसाद जोशी ।
कुञ्ज र यचु दुइजना छोराहरु र दुइटी छोरीहरु छोडेर गएका यिनी २०१७ सालदेखि जीवनमा मायाका माया पाएर आफूलाई समर्थवान बनाएका हुन् । सोझी माया जीवनमा साथ पाएर नै यिनले भाषा साहित्यलगायत समाजको सेवा गर्ने मौका पाएको सन्दर्भ बिर्सन गाह्रो छ । वि.सं. २०१३ सालदेखि नै लेखन क्षेत्रमा लागेका यिनले २०१३ सालमा नै त्रिचन्द्र कलेजमा भएको साहित्य सम्मेलनमा कवितामा प्रथम भई कवि बनेर प्रसिद्धि कमाएका हुन् । २०१८ सालमा चिराग पुस्तकालयको संस्थापनमा भूमिका खेलेका यिनले २०३२ सालतिर जयवली क्लब खोलेर सामाजिक चेतना, शिक्षा बाँड्न लागेका देखिन्छन् । त्यसताका नै साँखुमा हस्तलिखित पत्रपत्रिकाहरु प्रकाशन गर्न दिएर आफ्नो साहित्यिक अभियान चलाइरहेका कवि जोशीको सक्रियतामा गथु रजिष्टर्ड भएको पत्रिका प्रकाशन भएको हो । आफू कार्यरत भाग्योदय स्कूलमा पनि यिनको सक्रियतामा थुप्रै कार्यहरु भएको देखिन्छ ।
साँखुको माटोमा चेतनाका राँकाहरु बाल्न यिनले पुस्तकालयको स्थापना, पत्रपत्रिकाको प्रकाशन, नाटक प्रदर्शन, साहित्य गोष्ठीका आयोजना, वादविवाद र वक्तृत्वकला प्रदर्शन गराउन र गर्न सक्रिय रुपले लागिरहे । शिक्षणसेवा मार्फत् भोलिका कर्णधारहरुलाई सत्–निष्ठाका कुराहरु सिकाइरहे । तर तथाकथित् पञ्च नेताहरुले उनका सिर्जनाहरु, सामाजिक कार्यहरु र शिक्षण क्रियाकलापहरु पटक्कै मन पराएनन् । यिनीलाई स्कुलबाट लखेट्न खोजे, यिनलाई समाजबाट तिरस्कृत गर्न अभियान चलाए र तर पनि गिरिजालाई यिनीहरुले गिराउन सकेनन् । यिनका विरुद्ध गुण्डाहरु लगाए तर गुण्डाहरु पराजित भई दिए । यिनी साँच्चैकै समाजका योद्धा हुन् । अर्थात् अन्यायका विरुद्ध लड्न खोज्ने चेतनशील बिम्ब हुन् । यिनी कुनै पनि पार्टीमा लागेका त देखिँंदैनन् तर यिनी जनताका पक्षधरतामा आफूलाई समर्पित तुल्याउँदै आएका एकजना जनताका पार्टीका सिपाही हुन् । यिनले कतै शोषित पीडित जनताको विपक्षमा आवाज दिएका छैनन् । उनी नेपालका शोषित पीडित जनताकै पक्षमा लेख्ने प्रगतिशील, क्रान्तिकारी लेखक हुन् । उनी देश, समाज र भाषा–साहित्यबारे निरन्तर चिन्तित कवि हुन् । नेपालभाषा साहित्य क्षेत्रमा सधै चम्किरहने नाम बनेका छन् – गिरिजाप्रसाद जोशी । जस्तो खालको समस्यासँग पनि नडराउने डटिरहने एउटा अविचल साधनाका तपस्वी स्रष्टा भएका छन् गिरिजाप्रसाद जोशी । उनका साहित्यमा क्रान्ति छ, जनताका जीजिविषाहरु छन् । जीवनलाई बोल्न लगाउने कवि गिरिजाको चाहनाअनुसार उनका धेरैजसो कविताहरुमा जीवनका क्रमहरु जीवन्त ढङ्गले सक्रिय र क्रियाशील छन् । म उनलाई उनकै कवितामार्फत् सम्झिरहेछु ः
क्रान्ति मि खः, तर ज्यान दु वइके  
स्वइत पुइगु खः, स्यूम्ह व खः
क्रान्ति मलः, तर ज्यान दु वइके
स्वइत कय्गु खः, स्यूम्ह व खः ।
गिरिजाको सिर्जना नेपालभाषा साहित्यिक क्षेत्रमा सधैं अजर र अमर रहने छन् ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
साहित्य सम्बन्धि थप
  • बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

  • नेपाल स्रष्टा समाजले गर्याे बृहद आत्मपरक निबन्ध गोष्ठी

    नेपाल स्रष्टा समाजले गर्याे बृहद आत्मपरक निबन्ध गोष्ठी

  • एउटा फेरि चोर पहरेदार छान्दै छौ

    एउटा फेरि चोर पहरेदार छान्दै छौ

  • डा.योगीको निबन्धकृति चेतना यात्रा लोकार्पण

    डा.योगीको निबन्धकृति चेतना यात्रा लोकार्पण

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0