मोहन दुवाल, वरिष्ठ साहित्यकार
भाषा, साहित्य, कला, संस्कृति, धर्म, समाजसेवा, बालप्रतिभा, उपेक्षित वर्ग र अन्य संरक्षण गर्नुपर्ने वर्गको परिचय गराउँदै र उनीहरुको सम्मान र उनीहरुसँग हातेमालो गर्दै कृयाशील हुँदै आएको ‘चेतना’ प्रतिष्ठान’ बाट विराटनगरमा साहित्यिक विमर्श र सम्मानको कार्यक्रम गर्दै आएको पनि २० सौं वर्ष भइसकेको छ । यस प्रतिष्ठानको नेतृत्व गङ्गा सुवेदीले गर्दै आउनुभएको छ । निकै प्रभावशाली ढङ्गले प्रतिष्ठानले गति र मति पाइसकेको छ । ‘चेतना सन्देश’ त्रैमासिक रुपमा प्रकाशित हुँदै आउनु, वर्षमा एकपल्ट नियमित वार्षिक कार्यक्रमका अवसरमा प्रतिभाहरु सम्मानित हुँदै जानु ‘चेतना’ को परम्परा नै भइसकेको देखिन्छ । चार वर्ष अगाडि यस प्रतिष्ठानले सक्रिय साहित्यिक पत्रकारका रुपमा मेरो पनि सम्मान भइसकेको हो ।
यस वर्षको कार्यक्रममा माघ २५ गते नै विराटनगरमा भारतीसँग आइपुग्न गङ्गाजीले अनुरोध गर्नुभएको र संस्थाका मानार्थ सदस्यका रुपमा बसिदिन अनुरोध गर्दै आउनुभएकोले उक्त कार्यक्रममा जाने हाम्रो मन दृढ भयो । धेरैपटक विराटनगर पुगिसकेको भएर पनि आत्मीयता जोडेर आउन अनुरोध भएकोले आफ्नै संस्था सम्झिएर जनमतका हामीहरु यतातर्फ जाने भयौं । यही महिनाको माघ १७ गतेदेखि १९ गतेसम्ममा तानसेन र बुटवल गाडीमार्फत् पुगेर परिवारसहित फर्केका हौं । विराटनगरमा त भारती र म मात्र पुग्ने भएकाले हवाइजहाजमार्फत् हावामा उड्ने योजना बनायौं ।
विराटनगर पुग्न र विराटनगरबाट फर्किन हवाई टिकट मिलाईदिने कार्य भाई विधान जोशीले गरिदिनु भयो । जानका लागि १ः४५ र फर्किनका लागि ४ः२० को समय बुद्ध एअरले व्यवस्थापन गरिदिएकोेले माघ २५ गते १२ः५० सम्ममा हवाइमैदानमा पुग्ने व्यवस्थापन मिलाइयो । र हामी कान्छीछोरी सरु र नाति इथरसँग भएर ठीक समयमा हवाइमैदानमा पुग्यौं । छोरीसँग विदावारी र साना नातीसँग ढाँट कुरा गरेर हामीहरु भित्र छि¥यौं । हामी हतारिएर बनेपादेखि ‘बुद्ध एअर’ खोज्दै भित्र छि¥यौं । तर समयमा परिचालन हुन नसक्नु यहाँको नियति नै भइसकेको छ जुन दुःखलाग्दो छ । भन्दाभन्दै, गर्दागर्दै ब्यागेजको धुनमा बस्दा–बस्दै जति नै ढिलो भएजस्तो नलागे पनि एक घण्टा त ढिला हुँदारहेछन् । आज पनि त्यही भोगियो । हवाइजहाजका एअर होस्टेज बहिनीहरुले करबरले गर्ने ‘नमस्कार’ आदान–प्रदान गरेजस्तो गर्दै हामीहरु हाम्रा सिटहरु खोज्न थाल्यौं । जहाँ पनि नेपालीपन देखिंदो छ । हवाइजहाज कुरिरहँदा कुरुवाहरुका लागि छुट्याइएका मेचहरुमा मालसामान राखिदिने, लामो मेचमा तमतन्न सुतिदिने, स–साना भाई–बहिनीहरुका लागि पनि मेच कब्जा गरिबस्ने, जेष्ठ नागरिक र अपाङ्ग बिरामीहरुलाई सिटहरु नछोडी दिने राम्रा भनौं कि नराम्रा बानीहरु नेपालीहरुको जन्मसिद्ध अधिकारजस्तो भयो — आज एअरपोर्टमा पनि हामीहरु भोगिरहेका छौं ।
४ः०० बजेमात्र हामी पुग्यौं विराटनगरमा । चेतना संरक्षण प्रतिष्ठानका अध्यक्ष तथा सिर्जनाकर्मी बहिनी गङ्गा सुवेदी एअरपोर्टबाहिर आफ्नो गाडी लिएर हामीलाई स्वागत गर्न आइपुग्नुभयो । ४ वर्ष अगाडि यसै प्रतिष्ठानको कार्यक्रममा विराटनगरमा पुग्दा भएजस्तै स्वागत यस वर्षमा पनि एअरपोर्टमा त्यसैगरी सौहार्दतापूर्ण वातावरणमा स्वागत गर्न आउनुभयो । सकृयता उल्लेख गर्न लायकमात्र होइन अनुकरणीय छ । ठूलो हुनु छैन, काम र सिर्जनामा विश्वास राख्नुहुन्छ भने जोसुकैले सफलता पाउँछन् । गङ्गाजीले विराटनगरमा रहनुभई सधैं साहित्य, कला–संस्कृति र मानवीय सेवा गर्ने प्रण लिनुभयो त्यसैले उहाँ गङ्गाजीजस्तै बहन सिक्नुभयो । विराटनगरका लागि साहित्यिक र मानवीय कर्मका लागि गङ्गा सुवेदीजी कञ्चन पानीकै स्रोतजस्तै ‘गङ्गाजल’ बन्न सकून – सफलता मिलून् । ४ः२० मा हामीलाई रोडशेष चोक नजिकको व्यवस्थित होटेल ‘स्वागतम्’मा पु¥याई दिनुभयो । भारती र म ३०१ कोठामा पुग्न होटेलका सहयोगीसँग भएर लिफ्ट चढेर तेस्रो तल्लामा पुग्यौं । कार्ड देखाएर कोठा खोलिदिनु भयो र तरिका सिकाइ दिनुभयो । केहीक्षण भारती र म कोठामा रम्यौं । जाडो पनि छैन गर्मी पनि चढिसकेको छैन मात्र हौइन ठीकैको मौसम पो भोगियो । लाम्खुट्टे त छैन तर पनि ‘बत्ति’ बालिराखेका छन् । ढुक्क भयौं – लाम्खुट्टेहरु पनि छैनन् । घुम्ने महिना पो रहेछन् माघ, अस्ति मात्र यही माघ महिनामा पाल्पामा यस्तै खालका ‘मौसम’ भोगेर आएको सम्झना भयो ।
५ः०० बजेतिर निस्कने भयौं र कोठा थुनेर हामीहरु निस्क्यौं । कोठा नम्वर ३०३ मा चूडामणि बन्धुसर बस्नुभएको होला भन्ने अनुमान गरेर मैले ढोका ढक्ढक्याएको देखेर भारतीले ढोका होइन त्यो त भन्दै थियो । तर मेरो अनुमान सही निस्क्यो । चूडामणि बन्धुसर एक्लै कोठामा के गर्ने, के गर्ने सोच बनाएर उभिरहनुभएकोले भलाकुसारीपछि घुम्न जाने प्रस्ताव राख्यौं । उहाँले सहर्ष स्वीकार्नु भयो र हामीसँग हिँड्न थाल्नुभयो । रोडशेष चोकको पूर्वतिरको बाटो समाएर हामी हिँड्यौं । चिया खाने कुरा भयो; एउटा सानो होटेलभित्र पुगेर समोसा खान थाल्यौं । मधेशमा पुरी, समोसा, गुलिया रोटीहरु खानु नै मीठो सम्झेर खाने गर्छन् र हामीले पनि चाख्यौं । भाषा, साहित्यका केही कुरा र मनमा लागेका केही कुराहरु एक–अर्कामा पोख्दै विराटनगरका सडकहरुमा घुम्न थाल्यौं । राज्यले साहित्य, कला, संस्कृतिमा जति हुनुपर्ने सहयोग नभएको भन्ने कुरामा हामीबिचमा सहमति भयो । प्राध्यापनमा जीवन बिताइसक्नुभएका, साहित्यमा भाषा खिँच्न, पोख्न र स्पर्श गर्न÷गराउन जानेका भाषाविद्÷विशिष्ट साहित्यकार चूडामणि बन्धुसँग भद्रता एक–अर्काबीच विचार साटासाट गर्दै विराटनगर एक चक्कर लगायौं । ६ः०० बजेतिर आयोजकहरुले लिन आउँछु भनेकोले हामीहरु होटेलतर्फ नै फक्र्यौ ।
हामीहरुलाई ६ः३० तिर लिन आउनुभयो र याक्सा होटेलमा पु¥याई दिनुभयो । उक्त होटेलको एउटा कोठामा हामीहरु जम्मा भयौं । गङ्गा सुवेदीजीका श्रीमान दिनेश, छोराहरु दिपेश र दिवस, दुईटी बुहारीहरु, नातिनीहरु सबै–सबै परिवारजन उपस्थित छन् । सम्मानित हुनुहुनेहरुमा डा. चूडामणि बन्धु, सन्तोष पन्त, इन्दिरा राना मगर, डा. रामजी राम र आवास ढकाल उपस्थित रहेको छ । कोष संस्थापकहरुमा सरला चापागाईं, हरिभक्त सिटौला, अञ्जु कार्की, दीनबन्धु गोयल, बेनी कटेल, गोपाल मुन्दडा, अञ्जु सुवेदीहरु उपस्थित थिए । प्रतिष्ठानका सचिव, सदस्य बाबुराम श्रेष्ठ ‘वर्षा’ र हामी पनि सहभागी थियौं । सबैको एकअर्कामा परिचय हुनु, आफूलाई लागेका कुराहरु स्पष्ट राख्नु नै यस अन्तरक्रिया कार्यक्रमको उद्देश्य रहेछ । यस अन्तरक्रिया कार्यक्रमले दाताको कदर गर्ने, सम्मानित प्रतिभाहरुलाई नजिकैले चिन्ने, प्रतिष्ठानले आमन्त्रण गरेका अतिथिहरुलाई परिचय गराइदिने, प्रतिष्ठानका सदस्यहरुले सक्रियता देखाइदिने र नेतृत्वकारी व्यक्तिका परिवारलाई पनि समाजमा देखाइदिने खालको यस भेटघाट कार्यक्रम निकै रोचक र प्रेरणाप्रद रह्यो । विस्तारै खाना खाँदै, परिचय गर्दै र सबैको परिचय गराउने यस कार्यक्रम राम्रो लाग्यो । कार्यक्रम सिध्याएर कोठामा पु¥याइदिंदा रातको १०ः३० नाघिसकेको छ — तर पनि यस भेटघाट रमाइलो र उत्साहप्रद रह्यो ।
बिहान ८ः०० बजे नै भारती र म तयारी भएर काउन्टर अगाडि पुग्दा त्यहीँ अगाडि सोफाहरु राखेको ठाउँमा प्रतिनिधिसभाका उप–सभामुख तथा समाजसेवी इन्दिरा राना मगर एक्लै बसिरहनु भएको भेटियो । भारती र म उहाँसँगै बस्यौं । करिव १ घण्टाभन्दा बेसी नै सँगै रहेर साहित्यकार पारिजातजीको सम्झना ग¥यौं । सुकन्या, निर्मल लामाका कुराहरु पनि धक फुकाएर चर्चा–परिचर्चा ग¥यौं । बन्दीहरुका बालबालिकाहरुको सेवा गर्ने अवसर पारिजातजीबाट प्राप्त भएको र उक्त संस्थाको सेवामा निरन्तर लागिरहन पाएकोमा उहाँले आफूलाई धन्य सम्झिनुभयो । समाजसेवाभन्दा बढी सुख पद, धनबाट प्राप्त नहुने रहेछ भनी आफ्नो समाजसेवा गर्दाका अनुभूतिहरु निर्भीक भएर उहाँले पोख्नुभयो । उप–सभामुखका रुपमा होइन मलाई समाजसेवीका रुपमा हेरिदिनुहोला भनी उहाँले बरोबर आफ्नो भावना पोख्नुभयो । र मैले मन–मनमा मन पराएर धन्य भन्यौं । कुराकानीको सिलसिलामा उहाँले आफैंसँग प्रश्न राख्दै मार्मिक कुरा पनि आश्चर्य मान्दै यसरी पोख्नुभयो – मैले करिव चौहत्तर हजार रकम बुझ्छु तर मैले कति पनि रकम बचाउन सक्दिनँ । तर धेरैजसोले अल्याक कमाएर धनी बन्छन्, त्यो कसरी सम्भव भएको होला ! प्रतिउत्तर नै नपाइने प्रश्न गरेर आफूलाई स्पष्ट गर्न खोज्दाका उहाँका चेहरा निकै कञ्चन मात्र होइन हेरिरहूँजस्तो लाग्यो । यो देशको वातावरण कस्तो घिनलाग्दो – यस खालका कञ्चन मान्छेलाई षड्यन्त्रमा पारेर बदनाम गर्न खोज्नु कति कलुषित राजनीति !? इन्दिराजीले गर्नुभएका निःस्वार्थ सेवाका अनगिन्ति घटना–प्रसङ्गहरु, सेवा–मर्महरु नजिकै बसेर सुन्न पायौं । खुसी लाग्यो, यस्तै महान चरित्रलाई ‘चेतना’ ले समाजसेवीका रुपमा सम्मान गर्ने अवसर प्राप्त गरी निर्णय र मूल्याङ्कन ग¥यो । त्यस मूल्याङ्कनलाई मेरो पनि सलाम छ । कुराकानीपछि आयोजकहरुले अनुरोध गरेअनुसार खाना खान गयौं ।
माघ २६ गते । आज १०ः०० बज नै कार्यक्रम गर्ने भनिएको हो । तर सम्भव हुने छाँटकाँट देखिएन । १०ः३० तिर हामीहरु कार्यक्रम हुने ठाउँ राधाकृष्ण पार्टी प्यालेशमा पुग्यौं । कार्यक्रम सुरु हुँदा १२ः०० नाघिसकेको छ । कार्यक्रम गर्दा भनेको समयमा निम्तालुहरु आइनपुग्ने, आयोजकहरुले पनि मिलाउँदा–मिलाउँदैमा मिलाउन नसकिने यी आदि खालका सोच र वातावरणले गर्दा समयमा कार्यक्रम गर्नु नै गा¥हो हुँदोरहेछ । मञ्चका अगाडि राखेका मेचहरुमा अध्यक्ष गङ्गा सुवेदी, प्रमुख अतिथि प्रा. बाबुराम तिम्सिना, विशेष अतिथि मोहन दुवाल र सम्मानितहरु थिए । पछाडि राखेका मेचहरुमा कोषका संस्थापकहरु र अन्य अतिथिहरु रहने व्यवस्था मिलाइएको थियो । करिव ४ घण्टा नै चल्यो ‘कार्यक्रम’ । बोल्ने वक्ताहरुले — “साहित्यले उज्यालो देखाउँछ । साहित्यले प्रगति गर्न र गराउन साथ दिन्छ । साहित्य भनेको राष्ट्रिय चेतना वितरण गर्ने सशक्त माध्यम हो । साहित्यले समन्वय गराउँछ । साहित्य समाज, देश र जनताका लागि नै सिर्जना गर्नुपर्छ ।” भन्ने सन्देशहरुका साथ “जीवन भनेको हरेक चुनौतिको कृयाकलाप हो । ‘आमा’ भनेको सुन्दर बिम्ब हो ।” को धारणा राख्नेहरु पनि सम्मानित भएको यस कार्यक्रममा अध्यक्ष गङ्गाजीले भन्नुभयो — “२०६१ साउन ११ मा ‘चेतना संरक्षण प्रतिष्ठान नेपाल’ को स्थापना भयो । यस प्रतिष्ठानले सबै किसिमका व्यक्ति जो मानवीय संवेदना बोकेर हिँडेका छन् उनीहरुलाई बाटो देखाउने र समेट्ने प्रयास भएको छ । सबैलाई बिनापूर्वाग्रह समेट्ने हाम्रो प्रयास रहिरहने छ । अर्को वर्षदेखि २००००१ (दुईलाख एक रुपिँया) को ‘चेतना विशेष पुरस्कार’ पनि स्थापना हुने छ ।” आठैजना सम्मानितहरु र उपस्थित सबै दाताहरुले पनि क्रमशः मन्तव्य व्यक्त गरेकोले नै कार्यक्रम लामो र उपस्थित स्रोताहरुका लागि अत्यासलाग्दो भएजस्तो भयो । “चेतनाले यस क्षेत्रमा सिर्जनाको ज्योति बालेको छ, महिलाको नेतृत्व र सक्रियतामा यति ठूलो काम हुनु भनेको विराटनगरले पनि गौरव गर्ने काम भएकोमा बधाई दिन र सहयोग गर्न कञ्जुस्याई गर्नु हुन्न । साहित्यको ज्योति बाल्नु भनेको अँध्यारोमा उज्यालो छर्किदिनु हो । राजनीतिले विभाजित गरिदिएको मनस्थितिलाई साहित्यले जोड्ने प्रयत्न गर्छन् ।” भन्दै मेरो अनुभव सुनाइयो । कार्यक्रम सिध्याएर जलपान खाँदा ५ः०० नाघिसकेको छ । कार्यक्रमपछि गाडीले हामीहरुलाई कोठातिर पु¥याइदिए र हामीसँगै मोटरमा आउनुहुने हाँस्यकलाकार सन्तोष पन्त हामीसँग विदावारी हुँदै एअरपोर्टतर्फ लाग्नुभयो । कोठामा झोलाहरु र कार्यक्रममा प्राप्त भएका पुस्तकहरु थन्क्याइदिएर हामीहरु बाहिर निस्क्यौं ।
एक चक्कर टेम्पुमा घुम्ने रहर भयो । एउटा टेम्पु रोक्न दियौं । करिव १ घण्टा विराटनगर बजार घुम्ने हाम्रो रहर टेम्पु ड्राइबरलाई सुनायौं । रु.५००।– मा मोलमोलाई मिल्यो । भारती र म विराटनगर घुम्न टेम्पोमा चढ्यौं । इलामतिरको ड्राइबरसाहेब मिलनसार नै रहेछन् । सबै ठाउँमा रहेका मलहरु, ठूला–ठूला होटेलहरु, सबैजसो कार्यालयहरु, बाटो र चोकका नामहरु, कुनै–कुनै गल्लीहरु पु¥याएर विराटनगर महानगरपालिकाका सुन्दर व्यापारिक ठाउँहरु घुमाउने काम गरे । करिव १ घण्टा घुमाइसकेपछि ‘स्वागतम्’ को ढोकाछेउ टेम्पुले पु¥याई दिए । रकम दिंदै होटेलमा छि¥यौं । बेलुकी रोटी नै खाने भएकोले काउण्टरमा सूचना ग¥यौं — ८ः०० बजेतिर रोटी ल्याई पु¥याइ दियो । दुवैले रोटी खायौं र केहीक्षण पछि नै हामी निदायौं ।
भोलिपल्ट माघ २७ गते आइतबार । अलि चाँडै जाने र भेडेटारमा नै खाना खाने भनेकोले हामी त्यसैको धुनमा गङ्गाजीलाई पर्खिबस्यौं । ९ः०० बजे पनि आइनसकेकोले रोटीहरु खाएर जाने हाम्रो मत्तो मिलेअनुसार अर्डर भयो । नास्ता खान नपाउँदै मोटरले लिन आयो । भनिसकेको खाना छोडेर नजाने भनेर ड्राइभरसाहेवलाई केहीक्षण पर्खायौं । नास्ता तयार भयो — हामीले खायौं । मोटर चढेर गङ्गाजीकै घरतर्फ लाग्यौं । घरैमा खाना खाएर मात्र जाने छोरा–बुहारीहरुसँग कुरा मिलाइएकोले हामीलाई घरैमा खाना खान डाक्न पठाइएको रहेछ । कान्छाछोरा दिवस र गङ्गाजीसँग गोलो टेबुलमा रमेर मीठो खाना भारती र मैले सँगै ठेबुलमा बसेर खायौं । चेतना प्रतिष्ठान र जनमतबीचमा आत्मिय सम्बन्ध बढ्दै गएको छ, जनमत र चेतनाको सम्बन्ध पनि कस्सिंदै गएको देखिन्छ । राम्रो काम–कुरोको दुवैका तर्फबाट बधाई, सम्मान र मायापीर्ति जोडिंदै गएको र दुवैकातर्फ एक–अर्कामा समन्वय भएर विशाल–प्रेम बाँधिन गएजस्तो भएको छ । चेतनाका म मानार्थ सदस्य भएजस्तै भारती आजीवन सदस्य भएका छन् । यसैगरी गङ्गाजी र दिनेश सुवेदी दुवैजना जनमत मासिकका मानार्थ संरक्षक हुनुभएका छन् । यसरी साहित्यिक स्पर्श बनेपाले विराटनगरसँग, विराटनगरले बनेपासँग साट्न पाउँदा हामी दुवैपक्ष एक अर्कामा गौरान्वित भएका छौं । विराटनगरसँग ‘चेतना’ भएर ‘जनमत’ गाँसिन पुगेको छ — हामीलाई त गौरव नै लाग्यो । गङ्गाजीको घरमा खाना खायौं – आत्मीयता जोड्न पाउँदा हामी खुसी भयौं ।
११ः०० नाघिसक्यो ‘भेडेटार’ जानु नै कल्याण सम्झेर हामीहरु मोटरमा बस्यौं । गङ्गाजीका कान्छाछोराले हाँकेको गाडीमा बसेर इटहरीको व्यस्त बजार नियाल्दै, धरानको पुरानो अनुहार देख्दै १२ः३० तिर नै हामी भेडेटारको प्राकृतिक डाँडामा पुग्यौं । सुनसरी र धनकुटाकै सीमानामा नै ‘भेडेटार’ रहेछन् । शङ्खपार्कमा उभिएर फोटाहरु खिँच्यौं, डाँडाबाट बान्की परेर घुमेका बाटाहरु नियाल्यौं, सिरसिर बताससँग प्रेममय वातावरणमा चिनजान ग¥यौं र एउटा लिम्बुको होटेलमा छिरेर हामीहरुले कोक र सुपहरु पियौं । एकजना लिम्बु अनुहारका मित्रले ‘भर्खरै आउनुभएको हो ?’ भनि सोधे । चिनेका मित्रजस्तो पो देखियो । तर होइन रहेछ, उनी त खाँटी व्यापारी ! लिम्बुहरुको डाँडोमा रम्दै ‘नेवार’ को मुहारलाई लिम्बुको अनुहारमा बदल्न सफल एकजना व्यापारी । भेडेटारको हावापानी पचाइसकेका यिनी व्यापारीले लिम्बुनी नै विवाहवारी गरी यतै रम्न सफल बनिसकेका चतुर व्यक्ति । यस्तै चतु¥याईंका कुराहरु गरेर त्यहाँ आउनुहुने ठूलाबडा, नाम चलेका व्यक्तिहरुको पनि नाम भनेर हामीलाई चकित तुल्याए । व्यापारमा अपार नगरी चल्दैन भन्छन् उनी । कुरा सुन्दै जाँदा दिक्क त लागेन तर हामीसँग समय नभएकोले भेडेटारलाई छोड्नुप¥यो र नमस्ते भन्दै हाम्रो गाडी तलतिर झरे ।
धरानमा पुगेर विमल पुस्तकालय हेर्ने रहरमात्र होइन पुस्तकालयका सर्जक पूर्णबहादुर गुरुङलाई भेट्न पाए हुन्छ भन्ने कुरा राखें । गङ्गाजीसँग फोन नम्वर रहेछ; सम्पर्क गर्नुभयो । बुद्धचोकनेरै रहेछ ‘विमल पुस्तकालय’ । १९ वर्षका उमेरमा नै मोटर दुर्घटनामा दिवंगत हुनुभएका छोरा विमललाई सम्झेर ब्रिटिस आर्मीमा सेवारत लाहुरे पूर्णबहादुरले छोराको स्मृतिमा पुस्तकालयमात्र बनाएनन् । राष्ट्रियस्तरको कविगोष्ठीको आयोजना वर्षभरिमा प्रकाशित प्राप्त भएका कृतिहरुमध्ये छानिएका कृतिलाई रु.२०००००।– (दुई लाख) सम्म नगद दिएर सम्मानित गर्ने परम्परा सुरु गरेको देखिन्छ । बुद्धचोकनेर उहाँ उभिरहनुभएको देखियो; भेट भयो । २८ वर्ष २६ दिन अगाडि म विमल पुस्तकालयमा पुगेको ‘शब्द–चित्रमा कवि विमल गुरुङ’ स्मृति ग्रन्थमा यसरी पोखिएको रहेछ अनुभूति — “कवि विमल गुरुङको सम्झनामा उहाँका बुबा–बुमा पूर्णबहादुर गुरुङ्ग र सरस्वती गुरुङ्गको त्याग–भावनाको सदासयतामा स्थापित विमल पुस्तकालय, धरानले धरानकै निमित्त महत्वपूर्ण गरिमा छोडेको छ । यस्तै सङ्कल्पले नै मान्छेलाई महान बनाउँछ । समाजलाई दिने कुरामा हामी पछिलाग्नु हुँदैन — तपाईंहरुको भावना र उद्देश्य सफलिभूत होस् — म प्रगतिको कामना गर्दछु ।” त्यसैबेलाको विमल स्मृति पुस्तकालयप्रतिको मेरो भावना स्मृतिग्रन्थमा देख्न पाइयो–खुसी लाग्यो । दुवै तल्लामा राखिएका दराजभित्रका पुस्तकहरु नियालियो । तलको तल्लामा रहेको सभाकक्ष पनि हे¥यौं । विमलको प्रतिमा अगाडि उभिएर फोटाहरु खिँच्यौं । पूर्णजीले मायाले ल्याइदिएको चिया र बिस्कुटहरु चाख्यौं । मनमा धेरै कुराहरु पोख्नु थियो, धेरै कुराहरु गर्नु थियो तर गर्न पाएनौं । २ः०० नाघिसकेको छ — विराटनगरको एअरपोर्टमा ३ः०० बजेतिर पुग्नु छ त्यसैले हामीहरु धरानलाई नियाल्दै, विमलको मुहार मनमा राख्दै, विमलका बुबा पूर्णबहादुरले स्थापना गरेको विमल स्मृति पुस्तकालयलाई मनमा राख्दै धरानलाई विदा गर्दै हामीहरु गाडीमार्फत् कुद्यौं ।
एकनासले गाडी गुडिरह्यो । धरानलाई गाडीभित्रबाट नै नियाल्न बाध्य भयौं । धरानमा थुप्रै मेरा मित्रहरु छन् जसमध्ये कृष्णप्रसाद श्रेष्ठ (वि.ए.) र बद्री पालिखे बिर्सन नमिल्ने जनमतका पनि सहयोगीहरु हुन् जो स्मृतिमा र सिर्जनामा मात्र बाँचेका छन् । यी आदि कुराहरु मनमा मोटर सँगसँगै कुदेको कुद्यै ग¥यौं । हवाइक्षेत्रमा दिवस सुवेदीले ३ः१५ मा गाडी ल्याई पु¥याइदिनु भयो । गङ्गाजी र दिवसजीलाई विदा भन्दै हामी छुट्यौं । विराटनगरको माया मनमा साँचेर ल्यायौं । धरानमा पुगेर गतिलो र महत्वपूर्ण सिर्जनात्मक बिम्ब विमल पुस्तकालय आँखा र मनमा राखी ल्यायौं र धनकुटासँग जोडिएको भेडेटारका प्राकृतिक दृष्यहरु हेर्दै धन्य भयौं ।
विराटनगर एअरपोर्टमा थुप्रै यात्रुहरु हवाइजहाजको प्रतिक्षामा छन् । नेपालका हवाई सेवाहरु ठीक समयमा नउड्नु नेपालकै विशेषता हो । आज पनि यही पीडा भोगिरहेका छौं । सबै यात्रुहरु हवाइजहाजको प्रतिक्षामा रहेजस्तै हामीहरु पनि हवाइजहाजकै प्रतिक्षामा छौं । काउण्टर खुलेका छैनन् । ४ः२० समयदिइएको हवाइजहाज बल्ल ६ः०० बजेतिर चौरमा देखा प¥यो । ६ः१५ मा बल्लतल्ल हवाइजहाज उड्यो । ३५ मिनेटमा काठमाडौं पुग्न लाग्छ भनेको हामी चढेको बुद्ध एअरको हवाइजहाज ७ः३० तिरमात्र बल्लतल्ल चउरमा ल्याईपु¥याए । ब्यागेज लिने समयसम्मको ख्याल गर्दा ८ः०० बजेतिर मात्र एअरपोर्टभित्रबाट बाहिर निस्कन पायौं । ८ः१५ मा गाडी भेटियो — सुवास लामाको गाडीले घरको चोकमा ९ः०० बजेतिर पु¥याइदियो । विराटनगर, धरान र भेडेटारलाई मनमा राख्दै घरको भरेङ चढ्यौं ।
०००
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |