Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

माओवादी पहिचानका मुद्दा पेचिलो बन्यो

प्रभातफेरी अनलाइन ३२८ पटक पढिएको प्रकाशित मिति: २०८२ अषाढ ८, आईतबार (७ महिना अघि)
माओवादी पहिचानका मुद्दा पेचिलो बन्यो

कोशी प्रदेशमा ‘पहिचान’को मुद्दा पेचिलो बन्दै छ । कोशी प्रदेश नामकरणमा असन्तुष्ट बनेका समूहहरू गोलबन्द हुँदै छन् ।

पहिचानको आन्दोलनलाई राजनीतिक आन्दोलनका रूपमा अघि सार्ने नेकपा (माओवादी केन्द्र)ले कोशी नामकरणमा भने आफूहरूलाई धोका दिएको पहिचानवादीको आरोप छ । त्यो आरोप लगाउनेमा माओवादी केन्द्रकै सदस्यता लिएकाहरू समेत सक्रिय छन् ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल, धर्म निरपेक्षता, समावेशी र समानुपातिक व्यवस्था माओवादीकै एजेन्डाका रूपमा संविधानमा लिपिबद्ध छन् तर माओवादीले नै अघि सारेको पहिचानसहितको संघीयता अलिखित छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माण गर्न माओवादीको त्याग, तपस्या र बलिदान अकल्पनीय मानिन्छ । पहिचानको सवालमा माओवादी प्रस्ट हुँदा पनि धोकाको आरोप भिर्न बाध्य छ ।

देशका सात प्रदेशमध्ये पहिचानका आधारमा मधेस प्रदेश मात्र नामकरण छ । अन्य प्रदेशमा पनि नामकरण हुँदा पहिचानको माग भएका थिए तर त्यस्तो आवाज बुलन्द हुन सकेनन् । कारण, प्रदेशसभामा पहिचानविरोधी राजनीतिक शक्तिहरूको बाहुल्य थियो अर्थात् माओवादी अल्पमतमा थियो । मधेसमा मधेसवादी दलहरूको शक्ति भएकाले मधेस प्रदेश नामकरण दर्ज हुन सफल भयो अनि उसले माओवादीको साथ समेत पाएको थियो ।
माओवादी र पहिचानको मुद्दाको सम्बन्ध नङ र मासुजस्तै थियो र छ । जनयुद्धबाटै पहिचानसहितको संघीयता अभ्यास गरेको माओवादी अहिले पनि पहिचानकै पक्षमा प्रस्ट देखिन्छ । यस विषयमा बुझ्न इतिहास, विचारधारा र व्यवहारसँगै हालको राजनीतिक अवस्थाको गहिरो अध्ययन गर्नुपर्छ ।
जनयुद्धको मुख्य एजेन्डामध्ये एक थियो— जातीय, भाषिक, क्षेत्रीय, लैङ्गिक र वर्गीय विभेदको अन्त्य गर्नु । त्यसका लागि एकात्मक राज्य व्यवस्थाको नेतृत्व गर्ने राजतन्त्रको अन्त्य गर्नु अनिवार्य थियो, जो पूरा भएको छ तर त्यसका अवशेषहरू चलमलाउँदै छन् ।
माओवादी शान्ति प्रक्रियामा आएसँगै संसदीय राजनीतिमा ध्रुवीकरण देखापरे । पहिलो संविधानसभाको निर्वाचन २०६४ मा अहिलेका मुख्य दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)ले विभिन्न भाषा प्रयोग गरेर पहिचानसहितको राज्य पुनर्संरचनाको नारा लगाएका थिए । राज्य पुनर्संरचनामा पहिचानको मुद्दा चर्केकै कारण पहिलो संविधानसभा विघटन भयो । २०६४ मा माओवादी ठुलो दल थियो, जो पहिचानसहितको राज्य पुनर्संरचनाको पक्षमा थियो । एमाले र कांग्रेसमा पहिचानका मुद्दा चुनावी नारा मात्र थिए । उनीहरू पहिचानकै मुद्दाका नाममा संविधानसभा विघटन गर्न चाहान्थे, अन्त्यमा त्यही भयो ।
दोस्रो संविधानसभा (२०७०) को निर्वाचनपछि माओवादी कमजोर भयो, यद्यपि ऊ माओवादी पहिचानसहितको संघीयताको पक्षमा उभियो । एमाले–कांग्रेस भने बहुपहिचानको पक्षमा पुगे । अन्य साना दल पनि पहिचानकै पक्षमा थिए । पहिचानवादी शक्तिका रूपमा माओवादी र अन्य दलहरू खुम्चिए तर संविधान निर्माण गरेर गणतन्त्र संस्थागत गर्नुपर्ने बाध्यता माओवादीमा थियो
माओवादी र पहिचानको मुद्दाको सम्बन्ध नङ र मासुजस्तै थियो र छ । जनयुद्धबाटै पहिचानसहितको संघीयता अभ्यास गरेको माओवादी अहिले पनि पहिचानकै पक्षमा प्रस्ट देखिन्छ । यस विषयमा बुझ्न इतिहास, विचारधारा र व्यवहारसँगै हालको राजनीतिक अवस्थाको गहिरो अध्ययन गर्नुपर्छ ।
प्रदेशको नाम मात्र भए पनि पहिचानमा आधारित हुनुपर्ने आवाज उठेका थिए । प्रदेशको नामकरण गर्ने अधिकार प्रदेशसभालाई छ । त्यही प्रदेशसभामा माओवादीसहितका पहिचानवादी कमजोर छन् तर नाममै विरोध गरेर माओवादी बस्दा यता संघीयता नै खतरामा थियो, आज पनि छ । संघीयतालाई परिमार्जनसहित जनमुखी बनाउनुपर्ने अभियानमा माओवादी छ । त्यसका लागि माओवादी नेतृत्वले एक कदम अगाडि बढेर दुई कदम पछाडि फर्कनुपर्ने नीति लिएको छ । त्यही क्रममा प्रदेश १ को नाम कोशी प्रदेश बन्यो, यो एक बाध्यता थियो तर कतिपय पहिचानवादीले माओवादीलाई पहिचानविरोधी बिल्ला भिराए । माओवादी भने संघीयताको एजेन्डालाई संस्थागत गराउँदै अर्को अभ्यासमा लगेर पूरा गर्ने बाटोमा लम्किरहेको देखिन्छ ।
संस्थागत हुँदै पहिचानको मुद्दा
विभिन्न समुदायको सामाजिक, सांस्कृतिक, भाषिक, भौगोलिक, ऐतिहासिक तथा राजनीतिक विशिष्टताको मुद्दा पहिचान अन्तर्गत पर्छन् । कुनै पनि समुदायको मौलिक जीवनशैली, परम्परा, भाषा, धर्म र भूगोलसँग जोडिएको इतिहासलाई पहिचानले समेटेको हुन्छ ।

हाम्रो सन्दर्भमा हिजो एकात्मक राज्य व्यवस्थाका कारण विभिन्न समुदायको पहिचान मेटिने अवस्था थियो । हाम्रोजस्तो बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुकमा एक भाषी र धर्म विशेषले मात्रै राज्यका सबै तहमा प्रभुत्व जमाउँदा अन्य समुदाय उत्पीडनमा थिए । पहिचानकै आधारमा स

माओवादी शान्ति प्रक्रियामा आएसँगै संसदीय राजनीतिमा ध्रुवीकरण देखापरे । पहिलो संविधानसभाको निर्वाचन २०६४ मा अहिलेका मुख्य दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)ले विभिन्न भाषा प्रयोग गरेर पहिचानसहितको राज्य पुनर्संरचनाको नारा लगाएका थिए । राज्य पुनर्संरचनामा पहिचानको मुद्दा चर्केकै कारण पहिलो संविधानसभा विघटन भयो । २०६४ मा माओवादी ठुलो दल थियो, जो पहिचानसहितको राज्य पुनर्संरचनाको पक्षमा थियो । एमाले र कांग्रेसमा पहिचानका मुद्दा चुनावी नारा मात्र थिए । उनीहरू पहिचानकै मुद्दाका नाममा संविधानसभा विघटन गर्न चाहान्थे, अन्त्यमा त्यही भयो ।
दोस्रो संविधानसभा (२०७०) को निर्वाचनपछि माओवादी कमजोर भयो, यद्यपि ऊ माओवादी पहिचानसहितको संघीयताको पक्षमा उभियो । एमाले–कांग्रेस भने बहुपहिचानको पक्षमा पुगे । अन्य साना दल पनि पहिचानकै पक्षमा थिए । पहिचानवादी शक्तिका रूपमा माओवादी र अन्य दलहरू खुम्चिए तर संविधान निर्माण गरेर गणतन्त्र संस्थागत गर्नुपर्ने बाध्यता माओवादीमा थियो ।
माओवादी र पहिचानको मुद्दाको सम्बन्ध नङ र मासुजस्तै थियो र छ । जनयुद्धबाटै पहिचानसहितको संघीयता अभ्यास गरेको माओवादी अहिले पनि पहिचानकै पक्षमा प्रस्ट देखिन्छ । यस विषयमा बुझ्न इतिहास, विचारधारा र व्यवहारसँगै हालको राजनीतिक अवस्थाको गहिरो अध्ययन गर्नुपर्छ ।
प्रदेशको नाम मात्र भए पनि पहिचानमा आधारित हुनुपर्ने आवाज उठेका थिए । प्रदेशको नामकरण गर्ने अधिकार प्रदेशसभालाई छ । त्यही प्रदेशसभामा माओवादीसहितका पहिचानवादी कमजोर छन् तर नाममै विरोध गरेर माओवादी बस्दा यता संघीयता नै खतरामा थियो, आज पनि छ । संघीयतालाई परिमार्जनसहित जनमुखी बनाउनुपर्ने अभियानमा माओवादी छ । त्यसका लागि माओवादी नेतृत्वले एक कदम अगाडि बढेर दुई कदम पछाडि फर्कनुपर्ने नीति लिएको छ । त्यही क्रममा प्रदेश १ को नाम कोशी प्रदेश बन्यो, यो एक बाध्यता थियो तर कतिपय पहिचानवादीले माओवादीलाई पहिचानविरोधी बिल्ला भिराए । माओवादी भने संघीयताको एजेन्डालाई संस्थागत गराउँदै अर्को अभ्यासमा लगेर पूरा गर्ने बाटोमा लम्किरहेको देखिन्छ ।

संस्थागत हुँदै पहिचानको मुद्दा
विभिन्न समुदायको सामाजिक, सांस्कृतिक, भाषिक, भौगोलिक, ऐतिहासिक तथा राजनीतिक विशिष्टताको मुद्दा पहिचान अन्तर्गत पर्छन् । कुनै पनि समुदायको मौलिक जीवनशैली, परम्परा, भाषा, धर्म र भूगोलसँग जोडिएको इतिहासलाई पहिचानले समेटेको हुन्छ ।

हाम्रो सन्दर्भमा हिजो एकात्मक राज्य व्यवस्थाका कारण विभिन्न समुदायको पहिचान मेटिने अवस्था थियो । हाम्रोजस्तो बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुकमा एक भाषी र धर्म विशेषले मात्रै राज्यका सबै तहमा प्रभुत्व जमाउँदा अन्य समुदाय उत्पीडनमा थिए । पहिचानकै आधारमा सात प्रदेश बन्न नसके पनि अहिले संघीयताबाट पहिचानका सम्बन्धमा सानातिना अभ्यास जारी छन् । राजतन्त्र कालमा संकटमा परेका विभिन्न जातजाति तथा समुदायकोे भाषा, रीतिरिवाज तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन सुरु भएका छन् । ऐतिहासिक रूपमा उत्पीडनमा परेका वर्ग तथा समुदाय समावेशिता र आरक्षणको नीतिबाट राज्यको मूल धारमा आइरहेका छन् । यसले प्रस्ट पार्छ कि पहिचानको मुद्दा संस्थागत हुँदै छ ।

पहिचानको मुद्दालाई कमजोर बनाउन २०६४ यता बुर्जुवा वर्ग सक्रिय छन् । पहिचानको चर्को नारा दिएर माओवादीलाई विभाजनकारीको आरोप पनि लगाए, फलतः माओवादीले दोस्रो संविधानसभाको निर्वाचनमा पराजय भोग्नुपर्‍यो । त्यसको मार पहिचानवादीले अहिले पनि भोगिरहेका छन् । अन्य दलको कुरा छाडेर माओवादीमा मात्र हेर्दा हुन्छ, गैरजनजातिलाई ‘अन्ध’ जनजातिले पहिचानविरोधी देख्छन्, जुन प्रवृत्ति माओवादीभित्र मनोरोगका रूपमा विकास हुँदै गएको छ । यसले पहिचानको आन्दोलनलाई संकटमा पार्न सक्छ । अर्कोतिर हिन्दु दर्शनले प्रेरित अर्को समूहले रणनीतिक रूपमा पहिचानवादीलाई जातको नाम दिएर भ्रम छरिरहेको छ । पहिचानवादीका अगुवाहरू पहिचानका नाममा स्वार्थसिद्ध गरिरहेका छन् । यस्तै सुधारवादी नारा लगाउने राष्ट्रिय स्वतन्त्र पार्टी पहिचानको पक्ष वा विपक्षमा खुलेको देखिँदैन । आवश्यकता अनुसार बोलेको देखिन्छ, अर्थात् रास्वपाबाट पहिचानको मुद्दा खतरामा छ । यस्तो अवस्थामा पहिचानको मुद्दालाई स्थापित गर्न सच्चा पहिचानवादीहरु सुझबुझका साथ काम अघि बढ्नुपर्नेछ ।

कार्ल मार्क्र्स र फ्रेडरिक एंगेल्सले लेखेको ‘कम्युनिस्ट घोषणापत्र’ (१८४८) अनुसार समाजमा उत्पीडक र उत्पीडित वर्गबिच स्रोत र साधनका लागि निरन्तर संघर्ष भइरहन्छ । वर्ग संघर्षको सुरुवात निजी सम्पत्तिको उत्पत्तिसँगै भएको हो । तत्कालीन युरोपियन समाजको विभिन्न वर्ग समूहको अध्ययन गर्दै मार्क्र्स–एंगेल्सले मानव इतिहासमा मालिक र दास, सामन्त र भूदास, पुँजीपति (बुर्जुवा) र सर्वहारा वर्ग देखापर्ने र अन्ततः दुई स्वार्थ बोकेका वर्गबिच निर्णायक द्वन्द्व भएर मानव समाज साम्यवादतर्फ अघि बढ्ने वा त्यसतर्फको यात्राको सङ्क्रमणकालीन अवधि समाजवाद हुने भनेका छन् ।

मार्क्सवादी विचाराधारा मान्ने कम्युनिस्ट पार्टी हो माओवादी । मार्क्र्सवादको अन्तिम लक्ष्य स्वतन्त्र र समतामूलक समाज निर्माण गर्नु हो । दक्षिण एसियाली देश नेपाल र भारतमा फरक प्रकारको जातीय उत्पीडन छ । यहाँ जातीय र वर्गीय मुक्तिलाई एउटै सिक्काका दुईपाटाको रूपमा लिन सकिन्छ । तसर्थ वर्गहरूको बिचको विभेद र जातिहरू बिचको विभेदको अन्त्य गर्ने गरी माओवादी जनयुद्ध भएको थियो । यस सवालमा अहिले पनि माओवादी अन्य कम्युनिस्ट पार्टीभन्दा प्रस्ट देखिन्छ ।

नेपालमा वर्ग संघर्षको नाराले मात्रै दलित, मधेसी, जनजाति, महिलाको पीडा सम्बोधन गर्न सक्दैन । त्यसका लागि पहिचानको मुद्दासँगै आर्थिक, राजनीतिक र सामाजिक पक्ष हेरिनुपर्छ । वर्गीय र जातीय संघर्षलाई अलग–अलग होइन अन्तर्सम्बन्धित रूपमा बुझ्नुपर्छ । वर्गीय चेतनाले शोषणको जरासम्म पुर्‍याउँछ अनि पहिचानले त्यसको अनुभव, गहिराइ र सांस्कृतिक आयाम देखाउँछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

  • काभ्रे क्षेत्र नम्बर २ का उम्मेदवार बसुन्धरा हुमागाई : समाजवादी यात्रामार्फत् समृद्धिको संकल्प

    काभ्रे क्षेत्र नम्बर २ का उम्मेदवार बसुन्धरा हुमागाई : समाजवादी यात्रामार्फत् समृद्धिको संकल्प

  • देशभरका पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता

    देशभरका पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता

  • लुम्बिनी प्रदेशमा नेकपाका प्रचण्ड सहित हेभिवेट नेता उम्मेदवार

    लुम्बिनी प्रदेशमा नेकपाका प्रचण्ड सहित हेभिवेट नेता उम्मेदवार

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0