Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २०, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

प्रचण्डलाई जनमुक्ति सेनाका कमाण्डरको पत्र

प्रभातफेरी अनलाइन ४०२ पटक पढिएको प्रकाशित मिति: २०८२ कार्तिक २२, शुक्रबार (५ महिना अघि)
प्रचण्डलाई जनमुक्ति सेनाका कमाण्डरको पत्र

आदरणिय कमरेड अध्यक्ष (प्रचण्ड)ज्यू,
लाल सलाम!
सु-स्वास्थ्य एवं दीर्घायुको कामना व्यक्त गर्दछु।
आम नेपालि सर्वहारा – श्रमजीवी तथा शोषित – उत्पीडित जनताको मुक्तिको लागि २०५२ साल फागुन १ गतेबाट नेपालमा महान जनयुद्दको संखघोश गर्ने पार्टीको नेता हजुर हो। तपाईलाई सलाम छ, अपार सम्मान छ।
नेपालकाे ईतिहासमा कसैले पनि गर्न नसकेको र अब भुल्न पनि कसैले नसक्ने योगदान त्यहि जनयुद्दको आँधीहुरीका बेला हजुरकाे नेतृत्वमा उच्चस्तरीय तत्कालीन माओवादी नेता, कार्यकर्ता र आम जनताको अग्रसरतामा जुन राजनीतिक जागरण वस्ती वस्तीमा पुग्यो त्यो एैतिहासिक उपलिब्धी हो। २३८वर्ष हुकुमी शासन गरेको सामन्ती राजतन्त्र समाप्त भयो, जनताहरूले ठुला वडाको दमन र अत्याचारका बिरुद्द आवाज उठाउन सक्ने अवस्था आयो। दविएका वर्ग, जाती, लिङ्ग र समुदायहरूले सापेक्षित रुपमा भए पनि राज्यको कानुन निर्माण गर्ने तहमा पुगे। पछिल्लो भाद्र २३/२४ काे जेन्जी विद्रोहको आधार समेत दस बर्से माओवादी शसस्त्र युद्दले तयार पारेको हो। तथापि, यसको नेतृत्व, राजनीतिक दिशा तथा कार्यक्रमको अभावमा फुक्काफाल अवस्थामा परिणामत: भौतारिएको देख्नु परेको छ। दुःखद कुरा, जेन्जिँ विद्रोहको आवरणमा देशद्रोहीहरुले हाम्रो राष्ट्रिय सम्पदालाई जलाउने मौका पाए , दुःखको कुरा हो। म अहिले यो गम्भीर विषयतिर प्रवेश गरिन्।
आदरणिय कमरेड अध्यक्ष, म विकल्प। हजुरकाे नेतृत्वमा चलेको दस बर्से जनयुद्दको एउटा कमाण्डर। मलाई चिन्नुहुन्छ, भन्नेमा म ढुक्क छु। मलाई याद छ, डोटीको घन्टेश्वर तल गैह्ररा मा मेरो कमाण्डमा गरिएको सफल गाडी एम्बुसबाट प्राप्त समय सूचक यन्त्र (घडी) अध्यक्षलाई युद्द मैदानको चिनो हुनेछ भनेर तत्कालीन ब्युरो इन्चार्ज आदरणिय कमरेड प्रभाकर रहेको क्षेत्र सेति महाकालीबाट तत्कालीन ब्रिगेड कमिसार क.उत्तमदाई हुँदा कमाण्डर कमरेड विविधको हातबाट हेड क्वार्टरलाई सम्झदा गौरब लाग्दथ्यो। युद्ध सामग्री कब्जा गर्दा सँगै आएको त्याे घडी सायद पाउनु भयो कि! विडम्बना यतिबेला विविध दाईले जेलमा कष्टकर जीवन कटाउँदै हुनुहुन्छ। दोश्रो पटकको खारा मोर्चाको तयारीका क्रममा र समीक्षामा हजुरकाे उपस्थितिमा हामिले गरेको प्रतिबद्धता अनी कारबाहीको लेखाजोखा, हाम्रो आक्रोस र आशुलाई अवस्य याद गर्नु भएको होला। खारा मोर्चाको शिक्षा र अनुभवले सिङ्गो माओवादी युद्धलाई फरक ढंगले अघि बढ्न वाध्य बनाएको थियो। जसको फिल्ड कमिसार कमरेड विप्लव हुनुहुन्थ्यो, कमाण्डर कमरेड पासाङ्ग र सह कमाण्डर कमरेड प्रभाकर रहनु भएको थियो। दुर्भाग्य आज यि चारजना युद्धका सारथि चार दिशातिर फर्कदै हुनुहुन्छ। त्यसैले पनि म यो खुला पत्र हजुरकाे नाममा लेख्दै छु।
कमरेड, हाम्राे विगत प्रति गौरब छ र स्मृतिमा रहेका ती पार्टी स्कुलिङका कक्षाहरू अजम्बरी छन्। यति धेरै कुरा छन् कि ती कुराहरू यहाँ लामो दस्तावेज बनाएर पस्कन साध्य र मन दुवै छैन । तर, केहि मेरा सुझाव सल्लाह चाहिं अबस्य पढिदिनु होला।
१- युद्धको चरणमा सात डिभिजन जनमुक्ति सेनाको फर्मेशन तयार गर्न सक्ने र व्यवस्थित परिचालन गर्ने तागत भएको तपाईं सर्वोच्च कमाण्डर कमरेड शान्ति प्रक्रिया पछि नराम्राे सँग चुक्नु भयो, त्यो दुर्भाग्यपूर्ण भएको छ। के यो कुरा महसुस गर्न सक्नु हुन्छ?
* हजुरकाे नेतृत्वमा र आदेशमा ज्यान फालेर लागेका हामी सयौं योद्दाहरूकाे जीवनको यथार्थ कुरा कहिल्यै बुझ्नु पर्छ भनेर यो बिचमा (सरकारमा रहँदा समेत) सोच्न जरुरी ठान्नु भयो कि भएन?
* म घाईते कमाण्डर हूँ। मेरो बाबा माओवादीमा नेता हुनुहुन्न । म हजुरलाई सबथोक मान्दथे तर म जस्ता टुहुरा बनेका सयौ योद्धाहरूको रगत, आँशु र पसिनाको मूल्य कहिल्यैँ बुझ्नु पर्छ भनेर सोच्नु भयो कि भएन?
* म घरको कान्छो छोरा हो। खान नपुगेर युद्दमा हिँडेको मान्छे होइन। आमाको काखमा खेलिरहेको विद्यार्थी थिए, किताबको झोला पर फालेर बन्दुक बोकेर क्रान्तिको बलीबेदिमा हाँसी हाँसी होमिए। मेरै पीडामा तड़पिएकी ममतामयी आमाको मृत्युमा शोक सम्म मनाइने मौका पाएको छैन कमरेड। बुढो घर छ गाउँमा ढल्दै गरेको प्रत्यक्ष रूपमा देख्दै छु। टेकासो राख्ने काठ किन्ने पैसा छैन। यो जीवन हजुरले बनाई दिएको होइन र?
* राजनीतिक यात्रामा थुप्रै उतार चढाव बेहोरेको छु र विचलित पनि भएको छु। बैद्य नेतृत्वको माओवादी भए, विप्लव भए हुँला। अहिले पनि धेरैं योद्धाहरू हुनुहुन्छ तर, के हामी तपाईंको सन्तान होइनौं र? सबै युद्धका शहीद, घाईते अपाङ्ग, संपूर्ण जनमुक्ति सेना हजुरकाे सन्तान र सान होइनन् र ?
* मैले लेख्दै छु हजुरकाे नाममा खुला पत्र। हिजो १९ वर्षको छँदा युद्ध संवाददाता थिए कमाण्डर पासाङ्ग संग। युद्धका , महान् शहीदका, घाईते अपाङ्ग भएका सहयात्रि कमरेडहरूको बारेमा संभव अनुभूति लेखेको छु।आज हजुरलाई अनुरोध र गुनासो लेख्दै छु। हजुरले मेरो कुरा मनन गर्न सक्नु हुन्छ तर हजुरलाई भ्रममा राख्न खोज्ने साथीहरुले मलाई गाली गलौज गर्न सक्ने अवस्था छ। यो कुरा बुझेको छु र एकलै यो हिम्मत जुटाउँदै छु।
* अहिले पार्टीको एकताको पहल भनेर केहि उस्तै कथित नेताहरूको टाउको जोड्ने योजना रहेको कुरा सार्वजनिक भएको छ।
* के माओवादी जनयुद्ध र बलिदानीपुर्ण माओवादी बिचार, राजनीति र आदर्शलाई माकुने लगायतकाहरुले निसर्त स्वीकार गरे? होईन भने हजुरले गर्न खोजेको एकताले आफ्नो समग्र नेता ज्यूहरू, आम माओवादी कार्याकर्ता र जनताहरूको सहमति कसरी प्राप्त होला? विचार त गर्नु भएको होला, आफ्नै परिवार मिलाउन नसक्दा त कति गाह्रो छ अरूलाई लिएर मिल्छौं भन्नु भरपर्दो कुरा लाग्दैन। सायद कमै टिकाउ होला, सुझाव छ।
* अध्यक्ष कमरेड – हामिलाई घरवार विहिन बनाउनु भयो। हामिलाई माओवादी बनाएर अर्को तिर लाग्नु भयो। हामिलाई शहीद बनाउनु भयो। हामिलाई घाईते अपाङ्ग बनाउनु भयो। हामिलाई बेसहारा बनाउनु भयो। हामिलाई अलग बनाउनु भयो।.. लगायतका गुनासो गर्ने अधिकार सुरक्षीत छ कि छैन हामिलाई। कृपया, विना पूर्वाग्रह आफ्नो सन्तानको आवाजलाई सम्बोधन गर्ने कोशिस गर्नु हुनेछ।
लाल सलाम सहित,
उही हजुरको प्रिय कमाण्डर :
विजय के.सी.(विकल्प)
रोल्पा

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
विचार सम्बन्धि थप
  • प्रविधि, पुस्ता र शक्ति-सन्तुलन: बदलिँदो हाम्रो सामाजिक सम्बन्ध र चरित्र

    प्रविधि, पुस्ता र शक्ति-सन्तुलन: बदलिँदो हाम्रो सामाजिक सम्बन्ध र चरित्र

  • Post Thumbnail

    भाषा जोगिनु भनेको इतिहास जोगिनु हो

  • Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

  • Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख १६ गते बुधबार

    २०८३ साल वैशाख १६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0