Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ११, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

थारु साँस्कृतिक पार्कमा पुर्वाधार

प्रभातफेरी अनलाइन ५८ पटक पढिएको प्रकाशित मिति: २०८२ पौष २, बुधबार (३ महिना अघि)
थारु साँस्कृतिक पार्कमा पुर्वाधार

नवलपरासी/ स्थानियको सक्रियतामा शुरु भएको जिल्लाको सरावल २ मनरी स्थित थारु साँस्कृति पार्कमा पुर्वाधार थपिदै गएको छ । संघिय सरकारको लागनी भएर उक्त थारु साँस्कृतक पार्कमा थारु एकेडेमी सहितको दुई वटा भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो ।

स्थानियबासीसँगै सरावल गाउपालिकाले समेत पार्क ब्यवस्थित गराउन लगानी गर्न थाले पछि संघिय सरकारबाट समेत बजेट लगानी भएर अहिले दुई वटा भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको गाउपालिकाले जनाएको थियो ।शुरुमा चरन क्षेत्र रहेको उतm स्थानमा स्थानियबासी वृक्षारोपण गरेका थिए, अहिले त्यही वृक्षारोपण क्षेत्र पार्कमा परिणत हुन थालेकोले स्थानियबासी उत्साही पनि बन्दै गएका छन् । पार्कमा पुर्वाधार बन्दै छ, गाउपालिकाका अध्यक्ष सुखाडी चौधरीले भने, पुर्वाधार विकासका लागि लगानी हुन थाले पछि मुर्तरुप पाउने भएको छ ।

पार्क ब्यवस्थानमा स्थानिय सक्रिय भए पछि अहिले संघिय सरकारले समेत लगानी गर्न थाले पछि पार्कले स्वरुप पाउने उनको भनाई थियो ।पार्कमा स्थानियले माग गरे अनुसारको काम हुन थाले पछि उत्साही पनि भएको स्थानिय सञ्जय मौर्यले बताए । थारु साँस्कृतिक पार्कले आन्तरिक तथा बाह््य पर्यटक आउने र पर्यटन प्रवद्र्धन हुनुका साथै स्थानिय गाँउले पनि पहिचान पाउने उनको भनाई थियो । स्थानियबासीले थारु सांंस्कृतिक पार्क बनाउनु पर्ने माग भए अनुसार दुई बर्ष पहिला सरावल गाउपालिकाले नै पार्क ब्यवस्थित गर्न १० लाख लगानी गरिदिएको थियो, उनले भने, दुई बर्ष देखी सोही पार्कमा खिचडी अर्थात माघे संक्रान्तिको अवसरमा थारु साँस्कृतिक महोत्सव पनि भई रहेका छन् ।

पार्क ब्यवस्थित बनाउन गाउपालिकाले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत गराई दिएको गाउपालिका अध्यक्ष चौधरीले बताए । डिपिआर सहित संघिय सरकारसँग माग गरेर अनुसार सोही क्षेत्रका संघिय साँसद ध्रुव बहादुर प्रधानले बजेट विनियोजनमा समेत सहयोग गरेको उनले बताए । पार्कमा दुई खण्डमा काम भई रहेको छ । ६५ लाख बराबारको एउटा संरचना निर्माण हुदैछ, उनले भने, ४५ लाख बराबरका आर्को पुर्वाधार निर्माण हुदैछ,जुन अन्तिम चरणमा पुगेको उनले देखाए । यस्ले पार्क ब्यवस्थापनले तिब्रता पाएको अध्यक्ष चौधरीको भनाई थियो । पार्कमा पुग्नका लागि स्थानिय घोलमा पुलको निर्माण समेत सम्पन्न भई सकेको छ । पार्क स्थल तारजालीले बार लगाउने कार्य पनि भई रहेको छ ।

विगतमा वृक्षारोपण गर्दै अगाडी सरेका मनरीका थारु महिलाहरु पछि वृक्षारोपण भित्र रुख विरुवाको सजावट गर्दै पार्क निर्माणमा कृयाशिलता देखाएका थिए । गाँउका विभिन्न सांस्कृतिक समुहहरु पनि काम गर्दै आएका छन् । वृक्षारोपण गरेर सार्वजनिक जग्गाको संरक्षण गरिएको थियो,। जुन अहिले एक सुन्दर महमोहक पार्कमा रुपान्तरित गर्न स्थानिय थारु महिलाहरुको सक्रियसँगै सरकारी लगानी पनि हुन थालेकोले स्थानियलाई उत्साही बनाएको छ । पार्कको रुपमा विकसित गरि थारु

संस्कृतिको केन्द्र बनाउनमा तल्लिन थारु महिलाहरु निस्वार्थ भावले काम गर्दै आएका छन् ।
हुलाकी राजमार्ग देखी७ मिटर पश्चिम उत्तर भलुही खोला किनारमा निर्माणाधिन उक्त पार्क ब्यवस्थापन गर्दै आकर्षण थप्नमा लाग्ने गरेका छन् । थारु समुदायको संस्कृति र संस्कार झल्किने गरि थारु साँस्कृतिक पार्क निर्माणमा गाउपालिकाले चाँसो लिएर काम गर्दै आएको छ । थारु बाहुल्य रहेको सरावल गाउपालिकाले थारुको संस्कार र संस्कृति झल्किने गरि पार्कको निर्माणको लागि सम्भाब्यता अध्ययन गरि उतm स्थानलाई चयन गरेको गाउपालिका अध्यक्ष चौधरीले बताएका थिए ।सोही थारु सांस्कृतिक पार्क भित्रै थारु एकेडेमी सञ्चालन गर्नका लागि सोही क्षेत्रका सघिय साँसद तथा पुर्व मन्त्री प्रधानले चासो लिएका थिए । यति छोटो समयमै थारु साँस्कृति पार्कमा स्थानियको आकर्षण बढेको छ ।

पार्कलाई नै लक्षित गरि नजिकै स्थानिय नागेन्द्र चौधरीले आफ्नो निजी करिब १० कट्ठा जग्गामा रिसोर्ट समेत सञ्चालन गरेका छन् । थारुसँगसँगै अन्य समुदायले पनि थारुबारे अध्ययन अनुसंधान गर्न सकुन,नियमित मनोरन्जन,रमाईलो,शान्त मनोरम दृष्यावलोकन गर्न सकुन भनि उदेश्यले थारु साँस्कृतिक पार्कको परिकल्पना गरिए अनुसारका काम शुरु भई रहेका छन ।उनीहरुकै सहमतिमा सो वृक्षारोपण क्षेत्र नजिकै थारु साँस्कृतिक पार्कले स्वरुप पाउदै छ । करिब ८ विघा जग्गा भलुही खोला किनारमा रहेको छ । त्यसमा अधिकाँस भागमा वृक्षारोपण भएको छ । रुखहरु पनि हुर्कि सकेको छ । वरिपरि कुलो,खोला र जलासय समेत रहेको छ ।

यसले पनि पार्कका लागि आधा संरचना बनि बनाउन जस्तै रहेको छ । पार्क जोड्ने गरि पुल पनि निर्माण अन्तिम चरणमा पुगेको छ । जन्म देखी मृत्यु परान्तसम्मको संस्कार र संस्कृतिक झल्किने गरि पुर्वाधारहरु बनाईने छ । त्यस बाहेक पनि मिनि जु हुने गरि पनि सो क्षेत्रमा ब्यवस्थापन गर्न सकिन्छ । यसले नियमित रुपमा पार्क सञ्चालनका लागि सहज हुने छ । पार्क भित्रै मेला महोत्सव हुने गरि पार्कको ब्यवस्थानले आकर्षण थप्ने छ । जिल्ला भित्र कहिँ पनि थारु साँस्कृति पार्क नभएको हुदा यस प्रति जिल्ला भरिकै लागि आकर्षणको केन्द्र विन्दु हुने विश्वास गरिएको भनाई अध्यक्ष चौधरीको रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0