
डेढ महिना देखी कार्यालय प्रमुख विहिन
प्रभातफेरी अनलाइन ४१ पटक पढिएको प्रकाशित मिति: २०८२ पौष २३, बुधबार (३ हफ्ता अघि)
नवलपरासी/ जिल्ला स्थित कृषि ज्ञान केन्द्रको बर्षेनी घट्दै आएको बजेटसँगै अहिले डेढ महिना देखी कार्यालय प्रमुख विहिन बनेको छ । लुम्बिनी प्रदेश सरकारले निरन्तर बजेट कटौती गर्दै जाने र अहिले कार्यालयमा प्राविधिक सहित कार्यालय सञ्चालनका लागि डेढ महिना देखी प्रमुख विहिन बनाउने कार्यले कृषि र कृषक प्रति अनुदार बन्दै गएको आरोप स्थानियले लगाउन थालेका हुन् ।
मंसिर पहिलो साता देखी नै कार्यालय प्रमुख विहिन बनेको छ । कार्यालयका कुनै कर्मचारीलाई कायमुकायम बनाई आर्थिक सहितको अधिकार पनि मन्त्रालयले प्रदान गरेको छैन् । कृषकको अभिभावकिय भुमिका गर्ने ज्ञान केन्द्रमा प्रमुख नहुदा केन्द्र आफै अभिभावक विहिन देखिएको छ । कृषकको सेवा तँ परै जाओस,कार्यालयका कनिष्ट कर्मचारीहरुले दुई महिना देखी तलब सुविधा पनि पाउन सकेका छैनन् । खिचडी मनाउने बेला आई सक्यो,एक कर्मचारीले भने,अहिलेसम्म प्रमुख कोही आएका छैनन्,भएकै कर्मचारीलाई जिम्मेवारी पनि तोकिएको छैन्,नयाँ आउने प्रमुखले केही दिन अवस्था बुझ्न नै समय लाग्छ,कसरी पाईन्छ ? तलब सुविधा उनले गुनासो गरेका थिए ।
कार्यालयमा रहेका प्रमुख डा.रविन्द्र नाथ चौबेको अनिवार्य अवकास भएर गए देखी केन्द्र प्रमुख विहिन रहेको कार्यालयका सुचना अधिकारी उमाशंकर पौडेलले बताए । डेढ महिना भई सक्यो,उनले भने,कार्यालय निमित्तको भरमा चलेको छ । यसमा आउने किसानलाई प्राविधिक ज्ञान मात्रै दिन सकिएको छ । खटनपटनमा पनि समस्या नै छ,उनले भने,अध्ययन,अवलोकन,भ्रमण,अनुगमन जस्ता कार्य हुन सकेको छैन् । उनका अनुसार प्रमुख नहुदा काम गर्न असहज तँ भई नै हाल्छ,यसबारे कृषि मन्त्रालय र निर्देशनालय दुबैलाई थाहा छ,धेरै कुरा हामीले भन्न मिल्दैन्,समस्या तँ धेरै छ । केन्द्रको बर्षेनी कृषि बजेट कटौतीले सेवालाई प्रभावकारी बनाउन नसकिएको ज्ञान केन्द्रका प्राविधिकहरुले बताएको बेला केन्द्र प्रमुख विहिन हुदा सरकार बेखर बन्नु प्रदेश सरकारको किसान प्रति कतिको गम्भिर छ ? स्थानिय राधेश्याम सिँह सैथवारले बताए ।
स्थानिय र संघले पनि कृषकका लागि बजेट नबनाईदिदा ज्ञान केन्द्रमा प्राविधिकहरु भए पनि कृषकलाई कृषि सेचतना,तालिम,गोष्ठि,अध्ययन भ्रमण प्रयोगात्मक सिकाई गराउनुका साथै नयाँ नयाँ प्राविधिक अभ्यास समेत गराउन सकिएको छैन् ।बजेटमा वृद्धि गर्नका लागि जिल्ला स्थित जनप्रतिनिधिहरुले पहल गर्न सकेका छैनन । कार्यालयको तथ्याँक अनुसार चालु आर्थिक बर्षको ज्ञान केन्द्रका लागि ४ करोड ४ लाख ७८ हजार मात्र रहेको छ । जुन बजेट गत बर्षको भन्दा पनि घटेर आएको छ, देखिन्छ ।
केन्द्र स्थापनाकाल देखीकै बजेट हेर्ने हो, भने विगत पाँच बर्षको कृषि ज्ञान केन्द्रका लागि बजेट प्रवाह पहिलो बर्ष(०७७÷०७८) मा १६ करोड ६९ लाख,दोश्रो बर्ष (०७८÷०७९) १२ करोड ६२ लाख,तेश्रो बर्ष (०७९÷०८०) ८ करोड ७६ लाख,चौथो बर्ष (०८०÷०८१) ५ करोड ८३ लाख र अहिलेको पाँचौ बर्ष (०८१÷०८२) मा ४ करोड ६२ लाखमा बजेट झरेको थियो । जुन बेला १२ अर्बको राष्ट्रिय बजेट थियो,त्यो बेला कृषि बजेट डेढ १६ करोड बढि आउने र अहिले १९ अर्ब बढिको राष्ट्रिय बजेट सरकारले ल्याउदा बजेट घटेर ४ करोड ४ लाखमा झर्नु के कारण होला ? किसानले आफुले जिताएका नेता र साँसदसँग प्रश्न गर्नु पर्ने हो ।
प्राविधिक तर्फ पनि जिल्लाको घरधुरी र जनसँख्याको अनुपातमा प्रति १ हजार ४ सय १२ घरधुरीमा एक जना कृषि प्राविधिकहरु रहेको अवस्था छ ।सरकारले नीति कार्यक्रममा कृषि क्षेत्र प्राथमिकता देखाउने तर बजेट र जनशतिm कमजोर बनाउदै कृषि क्षेत्रलाई उपेक्षा गरिदै आएको तथ्याँकले नै प्रष्टयाउने गरेको छ । सरकारले कृषि र कृषकलाई प्रोत्साहित गर्न नसक्दा अहिले युवाहरु विदेशिने बाध्यता देखिदै गएको छ । यसले तराईका जिल्लामा पनि खेतीपाती बाँझो हुने अवस्था सृजना हुदै गएको तथ्याँकले नै देखाएको छ । जिल्लाका जग्गाको तथ्याँक विवरण अनुसार जिल्ला भित्र अहिले ३९ हजार ४ सय ७ हेक्टर खेतीयोग्य जमिन रहेको छ । तर खेती गरिएको जमिन ३७ हजार १ सय २२ हेक्टर देखाइएको छ । यसरी कुल खेती नभएर बाँझो अवस्थामा २ हजार २ सय ८५ हेक्टर जमिनमा खेती नगरिएको अवस्थाले बाँझो नै छ ।
सबै भन्दा बढि खेतीयोग्य जग्गा रामग्राम नगरपालिकामा ७ हजार ९ सय ६ हेक्टर रहेको छ,जस्मा ७ हजार ८ सय ७५ हेक्टर जग्गामा खेती गरिएको र ३१ हेक्टर जमिन बाँझो छ । क्रमशःवर्दघाट नगरपालिकामा खेतीयोग्य जग्गा ६ हजार ७२ हेक्टर रहेकोमा ५ हजार ४ सय ७६ हेक्टरमा खेती गरिएको र ५ सय ९६ हेक्टर बाँझो छ । सुनवल नगरपालिकामा ४ हजार ९ सय ३४ हेक्टर खतीयोग्य जग्गा रहेकोमा ४ हजार ९ सयमा खेती भई रहेको र ३४ हेक्टर बाँझो छ । सरावल गाउपालिकामा ५ हजार ५ सय ४९ हेक्टर खेतीयोग्य जमिनमा ५ हजार ३ सय ४२ हेक्टरमा खेती भई रहेको र २ सय ७ हेक्टर बाँझो छ ।
प्रतापपुर गाउपालिकामा ५ हजार ९ सय ७८ हेक्टर खेतीयोग्य जमिनमा ५ हजार ८ सय ७ हेक्टरमा खेती भएको र १ सय ७१ हेक्टर बाँझो अवस्थामा देखिन्छ । त्यसै गरि सुस्ता गाउपालिकामा ५हजार १ सय ९७ हेक्टर खेतीयोग्य जमिन रहेको र ४ हजार ५ सय ९५ हेक्टरमा खेती भई रहेको र ६ सय २ हेक्टर बाँझो अवस्था देखाउछ । पाल्ह्ीनन्दन गाउपालिकाको कुल ३ हजार ७ सय ७१ हेक्टर खेतीयोग्य जमिन रहेको र ३ हजार १ सय २७ हेक्टरमा खेती भएको तथा ६ सय ४४ हेक्टर जग्गा बाँझो देखाइएको छ । सिचाईको आधारमा कुल २० हजार २ सय ८ हेक्टर सिचिँत क्षेत्रफल छ । जुन कुल जग्गाको ५१.२८ प्रसिसत जग्गामा मात्र सिचाई पुगेको छ ।









प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
| संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
| सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |