
प्रभातफेरी अनलाइन २४ पटक पढिएको प्रकाशित मिति: २०८२ माघ ५, आईतबार (२ हफ्ता अघि)
काठमाडौ / – भीम रावलको आगमन र प्रचण्डको नेतृत्वले १६ वटै क्षेत्रमा ‘क्लिन स्वीप’ गर्ने सम्भावना बढेको राजनैतिक वृत्तमा चर्चा छ ।
आगामी प्रतिनिधि सभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को पक्षमा अभूतपूर्व जनलहर सिर्जना भएको छ। नेकपा एमालेका प्रभावशाली नेता भीम रावलको नेतृत्वमा हजारौँ अनुभवी नेता तथा कार्यकर्ताहरू नेकपामा समाहित भएसँगै सुदूरपश्चिम अब पूर्ण रूपमा ‘तारामय’ बन्ने निश्चित देखिएको छ।
पार्टी सम्योजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को दूरदर्शी र गतिशील नेतृत्वले देशलाई निकास दिने विश्वासका साथ सुदूरपश्चिमका जनता अहिले नेकपाको झण्डामुनि गोलबद्ध भएका छन्। प्रचण्डको राजनीतिक सुझबुझ र भीम रावलजस्ता राष्ट्रवादी नेताको साथले सुदूरपश्चिमका १६ वटै निर्वाचन क्षेत्रमा नेकपाले ‘क्लिन स्वीप’ गर्ने दाबी पार्टी पंक्तिले गरेको छ। एमालेको ठुलो हिस्सा नेकपामा समाहित हुनुले पनि यहाँ विपक्षीहरूको राजनीतिक अस्तित्व संकटमा परेको विश्लेषण गर्न थालिएको छ।
नेकपाका हेभिवेट उम्मेदवारहरूको अन्तिम सूची:
अछाम:
क्षेत्र नं. १: भीम रावल
क्षेत्र नं. २: शरदसिंह भण्डारी
कञ्चनपुर:
क्षेत्र नं. १: बिना मगर
क्षेत्र नं. २: लालबहादुर खड्का
क्षेत्र नं. ३: मानबहादुर सुनार
कैलाली:
क्षेत्र नं. १: रामलाल डगौरा
क्षेत्र नं. २: राजेन्द्र साउँद
क्षेत्र नं. ३: वीरमान चौधरी
क्षेत्र नं. ४: हरि चौधरी
क्षेत्र नं. ५: प्रेम आले
अन्य प्रमुख उम्मेदवारहरू:
डोटी: त्रिलोचन भट्ट
डडेल्धुरा: मानसिंह माल
दार्चुला: लक्ष्मणदत्त जोशी
बझाङ: मीनबहादुर कुँवर
बाजुरा: प्रकाश शाह
बैतडी: परमानन्द भट्ट
देशको स्वाधीनता, सुदूरपश्चिमको समृद्धि र स्थिर सरकारका लागि ‘नेकपा’ नै आजको निर्विकल्प शक्ति हो। विकासका संवाहक प्रचण्ड र राष्ट्रवादका पहरेदार भीम रावलको यो ऐतिहासिक सहकार्यलाई अनुमोदन गर्ने सुनौलो अवसर आएको छ।









प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
| संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
| सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |