Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

काभ्रे क्षेत्र नम्बर २ का उम्मेदवार बसुन्धरा हुमागाई : समाजवादी यात्रामार्फत् समृद्धिको संकल्प

प्रभातफेरी अनलाइन ९२ पटक पढिएको प्रकाशित मिति: २०८२ माघ १२, आईतबार (१ हफ्ता अघि)
काभ्रे क्षेत्र नम्बर २ का उम्मेदवार बसुन्धरा हुमागाई : समाजवादी यात्रामार्फत् समृद्धिको संकल्प

काभ्रेपलाञ्चोक/ काभ्रे क्षेत्र नम्बर २ बाट नेपाली कम्युनिस्ट पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार बसुन्धरा हुमागाई न्याय, समानता र परिवर्तनका पक्षधर नेताका रूपमा परिचित हुनुहुन्छ।


बुवा नारायण हुमागाई र आमा पुष्पमाया हुमागाईको कोखबाट वि.सं. २०२७ साल मंसिर २८ गते काभ्रे जिल्लाको तत्कालीन भुमिडाँडा गाविसमा जन्मनु भएका हुमागाई सानैदेखि सामाजिक न्याय र परिवर्तनकारी विचारधारामा क्रियाशील रहँदै आउनु भएको हो।
२६ वर्षकै उमेरमा गाविस अध्यक्ष बनेर नेतृत्वको सुरुवात गर्नु भएका हुमागाई सामाजिक क्रियाकलाप, समानतामूलक समाज निर्माण र जनमुखी विकासका अभियन्ता रहँदै आउनु भएको छ। केही समय शिक्षण पेशामा समेत संलग्न रहनु भएका उहाँ बागमती प्रदेशका सफल कृषि तथा पशुपन्छी विकास मन्त्रीका रूपमा चिनिनु हुन्छ।
मन्त्रीका रूपमा १३ महिनाको कार्यकालमा उहाँले उल्लेखनीय उपलब्धि हासिल गर्नुभएको बताइन्छ। सो अवधिमा कृषि तथा पशुपन्छी क्षेत्रसँग सम्बन्धित कार्यविधि ८ बाट बढाएर १४ वटा पुर्‍याइएको, समग्र बागमती प्रदेशका लागि ५५ बुँदे कृषि विकास मार्गचित्र तयार गरिएको र कृषि ऐन तथा पोलिसी विकास बोर्ड ल्याउने तयारी अन्तिम चरणमा पुगेको थियो। तर २०७९ सालकाे नवनिर्वाचित संसदका कारण ती ऐनहरू कार्यान्वयनमा आउन नसकेको उहाँको भनाइ छ।
त्यसैगरी प्रदेशभित्र रासायनिक मल उत्पादन गर्ने कारखाना स्थापनाका लागि सम्भाव्यता अध्ययन, किसानका लागि घुम्ती कोषमार्फत ऋण, उत्पादनका आधारमा अनुदान तथा क्षतिपूर्ति, कृषि बीमा र दुग्ध उत्पादक किसानलाई प्रतिलिटर पाँच रुपैयाँ अनुदान दिने कार्यक्रमको सुरुवात समेत उहाँकै कार्यकालमा भएको थियो।
भौतिक पूर्वाधारतर्फ उहाँको कार्यकालमा जिल्लाभित्र ८–१० वटा ठूला सडक र पक्की पुल निर्माण भएका थिए भने सिंचाइ र खानेपानीका दर्जनौँ योजना कार्यान्वयन भएका छन्। काभ्रेका १३ वटै पालिकामा डिपिआर तयार भई अर्बौँ रुपैयाँ बराबरका विकास योजना पाइपलाइनमा रहेको उहाँले बताउनु भयो।
उत्पादनको गुणस्तर र बजारीकरणलाई प्राथमिकता दिन सके स्वदेशमै दश हजारभन्दा बढी युवालाई रोजगारी सिर्जना गर्न सकिने उहाँको दाबी छ।
काभ्रेको विकासका मुख्य चुनौतीबारे बोल्दै हुमागाईले संघ, प्रदेश र स्थानीय तहबीच आवश्यक समन्वय नहुँदा योजनाबद्ध विकास प्रभावित भएको बताउनु भयो। कार्य विभाजन स्पष्ट नहुँदा एउटै योजनामा दोहोरो खर्च हुने अवस्था सिर्जना भएको भन्दै उहाँले तीनै तहका सरकारबीच सहकार्य र पारदर्शिता अपरिहार्य रहेको उल्लेख गर्नुभयो।
समग्रमा समाजवादी व्यवस्थातर्फको यात्रा बिना मुलुकको रूपान्तरण सम्भव नहुने उहाँको निष्कर्ष छ। “जबसम्म समाजवादको तहसम्म पुगिँदैन, तबसम्म समाजवादी विचार र सिद्धान्तले पूर्ण न्याय पाउँदैन,” उहाँले भन्नुभयो, “समाजवादी यात्रामार्फत् नै देशलाई समृद्धि र रूपान्तरणको बाटोमा लैजान सकिन्छ।”
हाल बसुन्धरा हुमागाई काभ्रे क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका रूपमा चुनावी मैदानमा हुनुहुन्छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

  • देशभरका पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता

    देशभरका पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता

  • लुम्बिनी प्रदेशमा नेकपाका प्रचण्ड सहित हेभिवेट नेता उम्मेदवार

    लुम्बिनी प्रदेशमा नेकपाका प्रचण्ड सहित हेभिवेट नेता उम्मेदवार

  • सुदूरपश्चिममा ‘नेकपा’ले क्लिन स्विप गर्ने

    सुदूरपश्चिममा ‘नेकपा’ले क्लिन स्विप गर्ने

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0