Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ ६, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको LY२६/२७‘क्याबिनेट अफिसर्स स्कुलिङ’ गोदावरीमा सम्पन्न

प्रभातफेरी अनलाइन १३२ पटक पढिएको प्रकाशित मिति: २०८३ जेष्ठ ५, मंगलबार (१६ घण्टा अघि)
लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको LY२६/२७‘क्याबिनेट अफिसर्स स्कुलिङ’ गोदावरीमा सम्पन्न

ललितपुर / लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालको आयोजनामा तीन दिने “डिष्ट्रिक्ट क्याबिनेट अफिसर्स स्कुलिङ कार्यक्रम २०२६/०२७” ललितपुरको गोदावरीस्थित होटल भ्यु भृकुटीमा भव्यताका साथ सम्पन्न भएको छ। जेठ २ गतेदेखि सुरु भएको उक्त विशेष प्रशिक्षण कार्यक्रम जेठ ४ गते भब्य समारोहका बीच समापन भएको जानकारी डिष्ट्रिक्ट गभर्नर लायन पार्वती खरेल पाण्डेले दिनुभएको छ ।

२५/२६का गभर्नर लायन पार्वती खरेल पाण्डेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन पुर्ब इन्टरनेशनल डाइरेक्टर लायन सन्जय खेतानले गर्नुभएको थियो। कार्यक्रममा इन्टरनेशनल डाइरेक्टर इन्डोर्सी लायन राजन लम्साल विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो भने विभिन्न पुर्व डिष्ट्रिक्ट गभर्नरहरूको समेत गरिमामय उपस्थिति रहेको थियो।

​तीन दिनसम्म सञ्चालन भएको उक्त आवासिय स्कुलिङ कार्यक्रममा लायन्सको उद्देश्य, सामाजिक सेवामा लायन्सको भूमिका, नेतृत्व विकास तथा व्यावहारिक जीवन उपयोगी विषयहरूमा सघन प्रशिक्षण एवं अन्तरक्रिया गरिएको थियो।

​कार्यक्रममा प्रख्यात उत्प्रेरक तथा विज्ञहरूले सहजीकरण गर्नुभएको थियो, जसमा मोटिभेटर स्पिकर मन्नासी अग्रवाल, पीडीजी लायन डी.के. ढुङ्गाना, मोटिभेटर स्पिकर रामजी अधिकारी, लायन राजन लम्साल, लायन चन्द्र कुमार केसी, लायन राम बहादुर बस्सेल लगायत वक्ताहरु हुनुहुन्थ्यो।

​कार्यक्रम संयोजक एवं लायन्स वर्ष २०२६/०२७ का दोस्रो उपाध्यक्ष लायन बिष्णु प्रसाद भण्डारीका अनुसार उक्त महत्वपूर्ण प्रशिक्षणमा क्याबिनेटका २सय१६ जना पदाधिकारीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

यो बर्षको नारा “Caring By Sharing” को सङ्कल्पका साथ सुरुभएको स्कुलिङ्ग कार्यक्रममा सन् २०२६/०२७ का लागि निर्वाचित डिष्ट्रिक्ट गभर्नर लायन सूर्यकुमार केसीले प्रशिक्षणमा सहभागी सम्पूर्ण पदाधिकारीहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो। त्यस क्रममा उहाँले आफ्नो आगामी कार्यकालमा “Caring By Sharing” (बाँडेर हेरचाह गर्ने) भन्ने मूल नारा (स्लोगन) लाई प्राथमिकताका साथ अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

 

​कार्यक्रमको सञ्चालन वर्ष २०२६/०२७ का लागि मनोनीत सचिव लायन अनुजकुमार श्रेष्ठले गर्नुभएको थियो भने समापन समारोहका अवसरमा ईमिडेट पुर्व इन्टरनेशनल डाइरेक्टर लायन बालकृष्ण बुर्लाकोटीले सहभागी पदाधिकारीहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो।

सोही अवसरमा ​आगामी जेठ ९ गते चित्लाङमा चौथो क्याबिनेट बैठक हुने जानकारी दिदै डिष्ट्रिक्ट ३२५ आई नेपालको चौथो क्याबिनेट बैठक आगामी २०८३ जेठ ९ गते मकवानपुरको ऐतिहासिक एवं पर्यटकीय स्थल चित्लाङमा आयोजना हुन गइरहेको जानकारी समेत दिइएको थियो ।

​लायन्सको नेटवर्क: हाल नेपालभर लायन्सका १५ वटा डिष्ट्रिक्ट, २३सय भन्दा बढी क्लब र हजारौँ सदस्यहरू सामाजिक सेवामा सक्रिय रहेका अभियन्ता भएको स्मरण गराउदै ती मध्य डिष्ट्रिक्ट ३२५ आईमा मात्रै ५ हजारभन्दा बढी लायन्स अभियन्ता सदस्यहरू आबद्ध रहेका स्कुलिङ्ग आयोजक समितिले जानकारी दिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • पोल गाडेकोमा पैसा मग्यो बनले

    पोल गाडेकोमा पैसा मग्यो बनले

  • आश्रम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

    आश्रम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

  • पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

  • रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ ६ गते बुधबार

    २०८३ साल जेठ ६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पोल गाडेकोमा पैसा मग्यो बनले

    पोल गाडेकोमा पैसा मग्यो बनले

    आश्रम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

    आश्रम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

    लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको LY२६/२७‘क्याबिनेट अफिसर्स स्कुलिङ’ गोदावरीमा सम्पन्न

    लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको LY२६/२७‘क्याबिनेट अफिसर्स स्कुलिङ’ गोदावरीमा सम्पन्न

    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0