
प्रभातफेरी अनलाइन ६२ पटक पढिएको प्रकाशित मिति: २०८३ जेष्ठ १३, बुधबार (१८ घण्टा अघि)
काभ्रेपलाञ्चोक/ काभ्रे टेलरिङ्ग व्यावसायी संघको छैटौं साधारण सभा तथा तेस्रो अधिवेशनलाई सम्बोधन गर्न व्यावसायिक नगरी बनेपा आइपुग्नु भएका नेपाल टेलरिङ्ग व्यवसायी महासंघका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि सदिश श्रेष्ठले सरकारले ल्याएको ब्याबसायिक नितिलाई अक्षरसत कार्यान्वयन गर्नु पर्ने बताउनुभएको छ ।
हालै सरकारले एम.आर.पि.लाई कसरी कार्यान्वयन गर्न सकिन्छ भन्ने सवालमा प्रस्ट्याउदै प्रमुख अतिथि श्रेष्ठले हामीसङ्ग रहेको स्टक सामानमा मुल्य सुची राखेर कारोबार गर्न सक्यौं भने सरकारको पछिल्लो कदमलाई सघाउनुको साथै हाम्रो ब्याबसायलाई पनि मजबुत बनाउन सकिने बताउनु भएको छ । आज जुन अवस्था शृजना भएको छ त्यसैलाई आत्मसात गरेर जान सकौं भने हाम्रो ब्याबसायलाई स्थापित गर्न सक्ने बताउदै हामी आधुनिकरण तर्फ केन्द्रित हुन जरुरी भएको खुलासा गर्नु भएको छ ।
अब टेलरिङ्ग ब्याबसायको दायरा फराकिलो बनाउन पनि बताउनु भएको छ । किन कि २१औं शताब्दीका उपभोक्ता पर्खने पक्षमा छैनन् । तपाईंले तयार गर्ने समय सम्म पर्खन सक्न्ने अवस्थामा छैनन् त्यसैले तयारी पोशाकतर्फ आफ्नो ब्याबसाय अगाडि बढाउन आग्रह समेत श्रेष्ठले गर्नु भएको छ । हामी ब्याबसायीले समयअनुसार चल्न सिक्नु पर्यो । यी जिम्मेवारीलाई मुर्तरुप दिन महत्त्वपूर्ण भुमिका निर्वाचित समितिको काधँमा आएको समेत प्रमुख अतिथि श्रेष्ठले स्मरण गराउनु भएको छ ।

प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
| संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
| सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |