logo
२०८३ अषाढ २, मंगलबार |
📰
🔍

बारामा घरको छतबाट खसेर एक जनाको मृत्यु

प्रभातफेरी अनलाइन२६ पटक पढिएको प्रकाशित मिति: २०८३ अषाढ २, मंगलबार(८ घण्टा अघि)
बारामा घरको छतबाट खसेर एक जनाको मृत्यु

काठमाडौँ, बारामा घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा आज बिहान ५० वर्षीय सोभालाल चौधरीको मृत्यु भएको हो।

गएराति करिब १:३० बजे आफ्नै एकतले पक्की घरको छतबाट खसेर गम्भीर घाइते भएका चौधरीको टाउको र मुखमा गम्भीर चोट लागेको थियो।

घाइते अवस्थामा उनलाई कोल्हवीस्थित तामागढी अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि परवानीपुरस्थित एलएस न्यूरो अस्पताल लगिएको थियो। तर उपचारका क्रममा बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।