प्रभातफेरी अनलाइन० पाठक संख्याप्रकाशित मिति: २०८३ अषाढ २, मंगलबार(२४ सेकेण्ड अघि)
काठमाडौँ, अमेरिकास्थित इनोभेन्चर्स एआई इंकले आफ्नो पूर्ण एआई अपरेटिङ सिस्टम ‘स्प्रिङबेस एआई’ नेपालमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ। विश्वभरका व्यवसायिक संस्था र प्रोफेसनलहरूले प्रयोग गर्दै आएको यो प्लेटफर्म अब नेपाली प्रयोगकर्ताका लागि पनि उपलब्ध भएको कम्पनीले जनाएको छ।
स्प्रिङबेस एआईले कम्पनीको ज्ञान, कागजात र बैठकका विवरणलाई रिपोर्ट, परियोजना योजना, प्रस्ताव, ड्यासबोर्ड तथा स्वचालित कार्यप्रवाहमा रूपान्तरण गर्न सहयोग गर्ने बताइएको छ। कम्पनीका अनुसार यसले एआई उपकरणहरूबीच समन्वय गर्दै लक्ष्यअनुसार कार्य योजना र नतिजा प्रदान गर्ने एकीकृत समाधान उपलब्ध गराउँछ।
नेपालमा यो सेवा प्रतिमहिना रु १,४९९ (करसहित) मा उपलब्ध हुनेछ भने माइन्ड स्न्याकले स्थानीय साझेदारका रूपमा तालिम, कार्यान्वयन र प्राविधिक सहयोग प्रदान गर्नेछ।