logo
२०८३ अषाढ ३, बुधबार |
📰
🔍

असारको तेस्रो सातादेखि सुकुमवासीलाई लालपुर्जा वितरण गरिने

प्रभातफेरी अनलाइन६ पटक पढिएको प्रकाशित मिति: २०८३ अषाढ ३, बुधबार(८ घण्टा अघि)
असारको तेस्रो सातादेखि सुकुमवासीलाई लालपुर्जा वितरण गरिने

काठमाडौं । सरकारले असारको तेस्रो सातादेखि सुकुमवासीलाई लालपुर्जा वितरण सुरु गर्ने जनाएको छ।

प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले लालपुर्जा वितरणको तयारी पूरा भएको जानकारी दिइन्।

सांसद हर्क साम्पाङले सुकुमवासीलाई लालपुर्जा वितरणको अवस्था र काठमाडौंका सुकुमवासीहरूको व्यवस्थापनबारे प्रश्न उठाएका थिए। उनले होल्डिङ सेन्टरको व्यवस्थापन प्रभावकारी नभएको भन्दै सुकुमवासीलाई बसोबास गरिरहेको स्थानमै व्यवस्थापन गर्न सुझाव दिएका थिए।

जवाफमा मन्त्री रावलले सरकारले लालपुर्जा वितरणको प्रक्रिया अघि बढाइसकेको बताउँदै असारको तेस्रो सातादेखि वितरण कार्य सुरु हुने बताइन्।

सरकारले विगतमा भूमि आयोगमार्फत सुकुमवासी व्यवस्थापन गर्दै आएको भए पनि हाल भूमि सम्बन्धी समितिमार्फत उक्त कार्यलाई अगाडि बढाइरहेको जनाएको छ।